Viber Community
Nop Ads

बिप्लवले आजै गरेको एउटै घोषणाले प्रचण्डको सपना भयो चकनाचुर, देशभरका माओवादीहरु बने निराश !

नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र)सँग तत्काल एकता सम्भव नभएको बताएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

prachanda, biplop

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र)सँग तत्काल एकता सम्भव नभएको बताएका छन् । बेनीमा बुधबार मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन सभालाई सम्बोधन गर्दै विप्लवले बाहिर हल्ला चले जस्तो माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको बताएका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

‘बाहिर हल्ला चलेको छ प्रचण्ड र विप्लव विचमा एकता हुँदै छ’, उनले भने, ‘एकता र सहकार्यको लागि नयाँ विचार, लक्ष्य र उद्देश्यका विषयमा छलफल हुनुर्छ ।’

उनले थपे, ‘एकता आवश्यक छ तर पद र स्वार्थको लागि मात्र होइन । जनतालाई केन्द्रमा राखेर सोच्न र पुराना नेताहरुले नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्त राखेका छौं ।’ सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले गुनासो व्यक्त गरे ।

तीन बुँदे सहमतिलाई लिएर भ्रामक हल्ला फैलाइएको भन्दै उनले भने, ‘उतिखेर बाहिर हल्ला चल्यो केपीसँग मिल्यो रे अब त गृहमन्त्री बन्ने रे ! व्यक्तिगत स्वार्थको लागि तीन बुँदे सहमति भएको होइन् ।’

‘म अहिले तपाईहरुको बीचमा इमानपूर्वक भन्छु दुई चार करोड रुपैयाँ पैसा र सात वटा मन्त्रालय पाइएको थियो’, उनले भने, ‘केपीजीले आफ्नो स्वार्थको लागि दर्जन बढी विद्येयक र अध्यादेश ल्याए, तर हाम्रा कमरेडहरुलाई जेलमा राखेर कानूनको बाधा छ भन्नुभयो ।’

उनले थपे, ‘अहिले प्रचण्ड र शेरबहादुरजीहरु पनि तीन बँुदे सहमति कार्यान्वयनबाट भाग्न खोजिरहनुभएको छ ।’ उनले वर्तमान सरकार भ्रष्टचारमा डुबेको आरोप लगाए । एनसेलविरुद्ध लड्न खोज्दा आफूहरुलाई प्रतिबन्ध लगाइएको दाबी गरे । उनले देशमा संसदीय व्यवस्था असफल भएको भन्दै नयाँ व्यवस्थाको लागि जनमतमा जानुपर्ने बताए । अदालतका न्यायाधीशहरुले संविधान हातमा लिएको आरोप लगाएका छन् ।

‘नेपालमा पूँजिपतिको संसदीय व्यवस्था असफल भइरसक्यो । जनताको व्यवस्था नभएपछि हरेक दिन संकटमा फस्दै जानु ,समस्यमा पर्नु अनिवार्य छ ’, उनले थपे, ‘दुई तिहाई हुँदा पनि सरकार ढल्यो, संसद ढल्यो, कानूनहरु पनि लथालिङ्ग छ । तपाइ हामीले हेर्दै छौं । अदालतमा कुटाकुट छ । त्यसैले यो व्यवस्था असफल भयो भनेका हौं ।’

उनले न्यायाधीशहरुले संविधान हातमा लिएको आरोप लगाए । उनले भने, ‘पहिले हामीलाई तपाइले कानून हातमा लिनुभयो भनेर प्रश्न सोध्ने न्यायाधीशहरुले अहिले संविधान हातमा लिएका छन् ।’

उनले नेपालमा मगर समुदायको ठूलो योगदान रहेको समेत उल्लेख गरे । ‘मगर जातिको इतिहास हजारौं वर्षको छ । क्रान्तिका लागि, देशको हरेक परिवर्तनका लागि र दोस्रो विश्व युद्धमा समेत मगर समुदायको ठूलो भूमिका छ’, उनले भने, ‘ विभिन्न कालखण्डमा शासकले खोसेको मगर जातिको पहिचान, अधिकार, भाषा र मगरात फिर्ता पाउनुपर्छ ।’

कार्यक्रममा नेकपा सचिवालय सदस्य सन्तोष बुढा मगरले देशको हरेक परिवर्तन र दोस्रो विश्वयुद्धमा समेत मगर समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । कार्यक्रममा उमा भुजेल, रामबहादुर बिक, अनेमसंघ क्रान्तिकारीका सचिव उसा घर्ति घिमिरे, म्याग्दी जिल्ला सेक्रेटरी शुशिला बिक लगायतले बोलेका थिए ।

तत्कालीन माओवादीले जनयुद्धमा बनाएको जमुक्ती सेना स्थापना तथा ८ मंसिर २०७१ सालमा नेकपा गठन भएको दिनको अवसर पारेर मोर्चाको सम्मेलन गरेका हुन् । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने संयोजक तथा पुर्व सांसद गमबहादुर श्रीस मगरले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।

केपी ओली : अहंकारी र घमन्डी नेता हुँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् ।

ट्रेन्डिङ समाचार

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

ओलीलाई टक्कर दिइरहेका भीम रावलमाथि गम्भीर षडयन्त्र, के होला अब ?

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलमाथि गम्भीर षडयन्त्र भएको खबर छ । ओलीलाई टक्कर दिइरहेका रावल प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् ।

रेनु दाहाल: “बाहिरबाट दुई हजार मानिस ल्याएर नाच्दैमा चितवनमा प्रचण्डलाई फरक पर्दैन”

नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले चितवनमा कसैले शक्ति प्रदर्शन गर्दैमा पार्टीका अध्यक्ष पुष्पकमल दा¥हाल प्रचण्डलाई केही फरक नपर्ने बताएकी छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search