Viber Community
Nop Ads

जलवायु अनुकूलन कार्यका लागि ३१ अर्ब ९२ करोड सहयोगको घोषणा

नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन रु ३१ अर्ब ९२ करोड सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल-युरोपेली संघ संयुक्त आयोगको १३औँ बैठक सम्पन्न भएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन रु ३१ अर्ब ९२ करोड सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल-युरोपेली संघ संयुक्त आयोगको १३औँ बैठक सम्पन्न भएको छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

बुधबार यहाँ सम्पन्न संयुक्त आयोगको बैठकमा हरित पुनरुत्थान कार्यक्रमअन्तर्गत युरोप समूह प्रयास ‘टिम युरोप इनिसिएटभ’मार्फत फिनल्यान्ड, फ्रान्स र जर्मनीले उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । यद्यपि उक्त सहयोगको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

हालै स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्ने दिशामा मद्दत गर्न तथा नेपाललाई सन् २०४५ सम्ममा शून्य कार्बनको स्थितिमा पुर्‍याउने महत्वाकाङ्क्षी दीर्घकालीन रणनीति कार्यान्वयनमा उक्त रकम उपयोग हुने बैठकमा सहभागी वन तथा वातावरण मन्त्रालयका एक अधिकारीले राससलाई बताए ।

नेपालले आफ्ना हवाई सेवा प्रदायक कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न युरोपेली सङ्घलाई गरेको अनुरोधको प्रत्युत्तरमा उसले नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको सकारात्मक विकास र प्रयासको सराहना गर्दै आवश्यक कानुन बनेपछि त्यस दिशामा सकारात्मक कदम चालिने आश्वासन दिएको छ । संघले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी दुई बेग्लै निकाय बनाउनुपर्नेमा जोड दिँदै आएको छ । बैठकमा नेपालले हवाई सुरक्षा सुधारका लागि भएका प्रयास तथा प्रस्तावित नयाँ उड्डयन कानूनबारे जानकारी दिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी दुई बेग्लै निकायका रुपमा स्थापित गर्न सरकारले विधेयक संसद्मा प्रस्तुत गरेको लामो समय भइसकेको छ । हवाई सुरक्षा सुधारका निम्ति सङ्घबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै नेपालले महामारीपछिको आर्थिक पुनरुत्थानमा टेवा पुर्‍याउने पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन उडान प्रतिबन्ध हट्नुपर्नेमा विशेष जोड दिएको ती अधिकारीले बताए ।

नेपालले दिगो पर्यटन, स्वच्छ ऊर्जा, दिगो वन व्यवस्थापन, जलवायु(उत्थानशील कृषि, जैविक विविधता संरक्षण, पर्यावरणमैत्री यातायात, दिगो शहरीकरण तथा देशको आर्थिक पुनरुत्थानलाई योगदान गर्ने जलवायु मैत्री विकास पहल प्रस्तुत गरेको र त्यसमा सघाउने प्रतिबद्धता सङ्घले व्यक्त गरेको बुधबार राति जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ ।

नेपाल सरकारको जलवायु मैत्री विकास प्रयासबाट सीप तालिम र शिक्षाको माध्यमबाट महिला र पिछडिएका समुदायहरूलाई सशक्तीकरण गर्न सामाजिक समावेशीकरणमा पनि ध्यान दिइने वास्तविकता सुृस्पष्ट रुपमा नेपालीपक्षले बैठकमा प्रस्तुत गरेको थियो ।

सन् २०२१ देखि २०२७ सम्मको बहुवर्षीय वित्तीय ढाँचामा संघले गर्ने विकास सहायतालाई यथाशीघ्र अन्तिम रूप दिने तथा समावेशी, हरित वृद्धि, मानव पूँजी विकास र सुशासन प्रवद्र्धनमा सङ्घले विशेष जोड दिँदै सन् २०२६ सम्ममा नेपाललाई अल्पविकसित देशबाट मध्यम आययुक्त मुलुकमा रुपान्तरण गर्ने नेपालको योजनको स्वागत गरेको छ । साथै उसले नेपालको हरित, लचिलो समावेशी विकासप्रति प्रतिबद्धता व्यक्त गर्दै नेपालको विकासका आकाङ्क्षाहरू पूरा गर्न सबै सम्भव सहयोग गर्न तयार बताएको छ ।

बैठकमा दुवै पक्षले द्विपक्षीय व्यापार सम्बन्धबारे गहन विचार आदानप्रदान गर्दै अल्पविकसित राष्ट्रबाट स्तरोन्नत भइ मध्यम आययुक्त मुलुकमा रुपान्तरण हुने नेपालको राष्ट्रिय अभिलाषालाई दृष्टिगत गरी त्यससम्बन्धी प्रक्रियामा सक्दो सहयोग गर्ने प्रतिबद्धता संघले दोहोर्‍याएको छ । संयुक्त आयोगले नेपालमा युरोपेली लगानी बैंकको ऋण प्रवाह एवं अन्य सहयोगको स्वागत गर्दै आगामी वर्षहरूमा जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका साथै सुधारिएको सम्पर्क सञ्जाल र नवीकरणीय ऊर्जामा केन्द्रित हुनुपर्नेमा संघले जोड दिएको छ ।

न्यून र मध्यम आय भएका देशका लागि कोभिड महामारीपछिका पुनरुत्थान गतिविधिमा भरथेग गर्न समूह २० अर्थात् जी ट्वेन्टी को वित्तीय सहयोग संयन्त्रको विस्तार हुनुपर्नेमा दुवै पक्षले सहमति जनउँदै महामारीका कारण लाभग्राही देशहरूमा जारी वित्तीय समस्यालाई दृष्टिगत गरी उक्त संयन्त्रमार्फत सहयोग परिचालन द्रुत गतिमा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाउन आह्वान गरेका छन् ।

दुवै पक्षले प्रभावकारी बहुपक्षीय सहयोग, विश्व स्वास्थ्य सङ्गठनलाई सुदृढ पार्ने र भविष्यका महामारीसँग जुध्न विश्वव्यापी क्षमतालाई बलियो बनाउनेमा जोड दिँदै खोपहरू सार्वजनिक उपभोगका वस्तु भएकाले तिनमा समान पहुँच सुनिश्चित गर्न आवश्यक भएकामा मतैक्यता प्रकट गरेका छन् ।

युरोपेली संघर नेपालबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० मा क्षेत्रीय सहयोगको महत्वबारे दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो भने नेपाल र संघले जलवायु परिवर्तन, मानवअधिकार, बहुपक्षीयता र सम्पर्क सञ्जाल विस्तारजस्ता विश्वव्यापी र क्षेत्रीय मुद्दाहरूमा सहयोग एवम् सहकार्यलाई थप सुदृढ गर्ने सहमति भएको छ ।

बैठकमा दुवै पक्षले लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन, सुशासन र मौलिक स्वतन्त्रताका साथै मानवअधिकारको प्रवद्र्धन र संरक्षणका लागि आफ्नो प्रतिबद्धता दोहोर्‍याएका थिए । गत वर्ष संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्मा नेपालको पुनःनिर्वाचन प्रक्रियामा संघले सहयोग गरेकामा नेपालले उसलाई धन्यवाद दिएको थियोभने यो वर्षको सुरुमा आफ्नो विश्वव्यापी आवधिक समीक्षालाई सफलतापूर्वक सम्पन्न गरेकामा संघले नेपालप्रति हार्दिक बधाई ज्ञापन गरेको थियो । आवधिक समीक्षाका क्रममा प्राप्त भएका उल्लेखनीय सङ्ख्याका सिफारिस स्वीकार गरेकामा नेपालको प्रशंसा भएको थियो । दुवै पक्षले मानवअधिकारको प्रवद्र्धन र संरक्षणका लागि नियमित वार्ता गर्न सहमति पनि जनाएका छन् । बैठकमा संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा परराष्ट्रमन्त्री डा नारायण खड्काले व्यक्त गरेको सङ्क्रमणकालीन न्यायप्रतिको प्रतिबद्धतालाई संघले स्वागत गरेको थियो ।

नेपाल र संघले प्रभावकारी बहुपक्षीयता र नियममा आधारित विश्व व्यवस्थालाई समर्थन गर्दै संयुक्त राष्ट्रसंघ, विश्व व्यापार सङ्गठन र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याए छन् भने उनीहरूले हालै ग्लासगोमा सम्पन्न जलवायु सम्मेलनका सिफारिसलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जलवायु परिवर्तनका प्रतिकूल प्रभावविरुद्ध लड्न कम स्रोतसाधन भएका देशहरूलाई सहयोग गर्ने आर्थिक प्रतिबद्धता पूरा गर्ने र जलवायु कार्यका लागि बलियो कदम चाल्ने विषयमा पनि दुवै पक्षबीच सहमति भएको छ ।

संघले नेपालको सामाजिक(राजनीतिक रूपान्तरणमा हासिल गरेका उपलब्धिहरुको प्रशंसा गर्दै प्रजातन्त्र र सुशासनको सुदृढीकरणका लागि नागरिक समाज र सञ्चारमाध्यमको महत्वपूणर् भूमिकामा जोड दिएको थियो भने उसले नेपाललाई राजनीतिक जीवन र नेपालको निणर्य प्रक्रियामा महिलाको सहभागिता बढाउन प्रोत्साहन गरेको थियो ।

बैठकमा कोभिड-१९ महामारी र महामारीपछिको पुनःप्राप्तिमा सहयोग, यो वर्षको ग्रीष्म ऋतुमा महामारीको विनाशकारी दोस्रो लहरसँग सङ्घर्ष गरिरहेको बेला जीवन बचाउने चिकित्सा सामग्री र उपकरणहरूको लागि तत्काल सहयोग पुर्‍याएकामा नेपालले युरोपेली संघप्रति कृतज्ञता व्यक्त गरेको थियो भने कोभ्याक्स सुविधाको लागि संघको महत्वपूणर् योगदानका लागि कृतज्ञता व्यक्त गरेको थियो ।

बैठकमा नेपालले आगामी चैतसम्ममा योग्य सबै नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने योजनाबारे बताउँदै कोभिड*१९ लाई नियन्त्रण गर्न सरकारले गरिरहेको प्रयासबारे जानकारी पनि गराएको थियो । नेपालले भूकम्पपछिको लचिलो पुनर्निर्माण र पुनःस्थापनामा संघको उदार सहयोगलाई स्वीकार गर्दै विपद् जोखिम न्यूनीकरण र हरित विकासमा गरेको साझेदारीप्रति आभार व्यक्त गरेको थियो ।

त्यसैगरी जनता-जनताबीचको सम्पर्क, संघ र नेपालबीच उच्च शिक्षामा जारी सहकार्यबारे बैठकमा छलफल हुनाका साथै साझेदारीका थप क्षेत्र पहिल्याउनेमा पनि जोड दिइएको थियो । इरास्मस मुन्डस संयुक्त स्नातकोत्तर कार्यक्रम प्रारम्भ भएयता ८०० नेपाली विद्यार्थीले युरोपेली विश्वविद्यालयहरूमा अध्ययन गर्ने अवसर पाएका छन् । उक्त कार्यक्रमबाट लाभ लिने मुलुकमा नेपाल विश्वका शीर्ष २० देशमा परेको छ ।

बैठकको सहअध्यक्षता परराष्ट्र सचिव भरतराज पौड्याल र युरोपेली बाह्य मामिला सेवाका एसिया तथा प्रशान्त क्षेत्रका लागि नायब निर्देशक पाओला पाम्पालोनीले गर्नुभएको थियो । संयुक्त आयोगको १४ औँ बैठक आगामी वर्ष ब्रसेल्समा हुनेछ ।

सन् १९९६ मा स्थापना भएको नेपाल(सङ्घ संयुक्त आयोग नेपाल र युरोपेली सङ्घबीचको साझेदारीलाई अझ प्रगाढ बनाउन तथा आपसी सहयोगलाई गति प्रदान गर्ने उपयुक्त मञ्च साबित मात्र भएको छैन संघ आबद्ध २७ देशसँग पारस्परिक सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउने प्रभावकारी माध्यम बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

आयोजकविरुद्ध रन्जितले दिए उजुरी, विवाहको बाजाले ६३ ओटा कुखुराका चल्ला मरे,

भारतमा एक अनौठो घटना भएको छ । भारतको पूर्वी उडिसा राज्यमा विवाहको बाजाका कारण ६३ ओटा कुखुरा मरेका छन् ।

चीन पठाइयो विभिन्न देशबाट पक्राउ परेका ६०० ताइवानीलाई

मानवअधिकारवादी समूह सेफगार्ड डिफेन्डर्सले एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । ताइवानको सार्वभौमसत्तालाई अवमुल्यन गर्न सो कदम चालिएको डिफेन्डर्सले चीनमाथि आरोप लगाएको छ ।

के तपाईं परदेशबाट नेपालमा पैसा पठाउदै हुनुहुन्छ भने आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ हेर्नुहोस्

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज वि.सं २०७८ मंसिर...

पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । आज तरकारीको मूल्य कति पुग्यो ? (सूचीसहित)

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ ।

मन्त्री यादव: कृषि क्षेत्र समृद्ध नभएसम्म नेपाली जनता समृद्ध हुँदैन

कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले कृषि क्षेत्रलाई समृद्ध नबनाएसम्म नेपाली जनतामा समृद्धि नहुने जनाएका छन् ।

वैदेशिक व्यापार ६५ र आयात ६१ प्रतिशतले बढ्याे

गत आवको सुरुको चौमासिकमा चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको मुलुुकको वैदेशिक व्यापार चालु आवको सो अवधिमा सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख आठ हजार पुगेको छ ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search