Viber Community
Nop Ads

जहाजको पाङ्ग्रा नखुल्दा आकाशमै फनफनी, धावनमार्गमा स्याल र बँदेलको परेड !

Viber Community

नेपाल अनलाइन पत्रिका

Aeroplane
नेपाल अनलाइन पत्रिका – काठमाडौं। यतिखेर नेपाली हवाई उड्डयन क्षेत्रमा रुकुम (सल्ले) पुर्‍याउनुपर्ने जहाज पाइलटले ड्यूटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गराएको घटना निकै चर्चामा छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

गत मंगलबार काठमाडौंबाट रुकुमस्थित सल्ले विमानस्थलतर्फ उडाइएको नेपाल एयरलाइन्सको जहाज पाइलट पेम्बा शेर्पाले ड्युटी सकिएको भन्दै नेपालगञ्ज विमानस्थलमै अवतरण गराइदिए र भने ‘मेरो ड्युटी सकियो’ । यो हल्ला क्षणभरमै सबैतिर फैलियो ।

यो त नेपाली हवाई उड्डयन क्षेत्रमा भएको लापरवाहीको एउटा प्रतिनिधि घटनामात्रै हो । पछिल्लो समय यस्तै खालका एकपछि अर्का लापरवाही भइरहेको छ । लापरवाही र मनमौजी बढिरहँदा हवाई सेवा प्रदायक कम्पनी र नियामक सख्त व्यवहार देखाउनुको साटो घटनालाई सामसुम पार्ने ध्याउन्नमा देखिन्छन् । यो सामग्रीमा हालसालै नेपाली हवाई उड्डयन क्षेत्रमा घटेका लापरबाहीका यस्तै घटनाहरू प्रस्तुत गरेका छौँ :

जब जनकपुर जानुपर्ने जहाज पोखरा पुग्यो

२०७७ पुस ४ गते बुद्ध एयरको उडान नम्बर ६०७ नम्बरको जहाज नियमित उडानमार्फत यात्रु बोकेर जनकपुरतर्फ उड्यो । तर, जहाज सो दिन जनकपुर नगएर पोखरातर्फ हान्नियो ।

जनकपुर गन्तव्य भएका यात्रुहरूले तब आफूहरू पोखरा आइपुगेको चाल पाए, जब विमान परिचारिका (एअरहोस्टेस) ले ‘अहिले हामी पोखरा विमानस्थलमा अवतरण गरेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ,’ भनिन् । जहाजमै होहल्ला मच्चियो, तत्काल एयरहोस्टले चालकदललाई यात्रुले गरेको विरोधबारे जानकारी गराइन् । तब, तत्काल पोखराबाट जनकपुर सीधा उडान अनुमति मागियो र जहाज जनकपुर हानियो ।

यस घटनामा भएको के थियो भने, जहाजको गन्तव्य पोखरा नै थियो । तर, बुद्ध एअरले सो जहाजमा जनकपुर जाने यात्रुलाई राखिदियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुद्धकै ग्राउन्ड ह्यान्डलिङका कर्मचारीको लापरबाहीका कारण जनकपुर जानुपर्ने यात्रुलाई पोखराको जहाजमा चढाइएको थियो ।

जब जहाज र बँदेल जुधे

अर्को घटना सीता एयर र बँदेलको हो । गत जेठ २६ गते नेपालगञ्जबाट १४ यात्रुसहित ९० किलोग्राम कार्गो (सामान) बोकेर सीता एयरको जहाज हुम्लाको सिमीकोटतर्फ उड्दै थियो । उड्ने क्रममा धावनमार्ग (रन–वे) मा जहाज बँदेलसँग ठोकिन पुग्यो । जहाज पूर्ण रूपमा ग्राउन्डेड भयो । यो घटनालाई लिएर सबैले हाँसोमजाक गरे । विमानस्थल सुरक्षामा भएको यस्तो लापरबाहीलाई लिएर सामाजिक सञ्जालमा धेरैले सरकारमाथि व्यंग्य कसे । ‘बँदेललाई उद्दार गरी उपचारका लागि हस्पिटल पठाउने व्यवस्था गरियोस् सरकार’ भन्नसम्म भ्याए ।

चक्का नखुलेपछि जहाज आकाशमै फनफनी

बुद्ध एयरको ९ एनएएनआई एटीआर कल साइन जहाज गत असोज ११ गते काठमाडौंबाट विराटनगरतर्फ उड्दै थियो । विराटनगर विमानस्थल नजिकिँदै गर्दा पाइलटले जहाजको पाङ्ग्रा (ल्यान्डिङ गियर) खोल्न स्वीच अन गरे । तर, इन्डिकेटर (संकेत गर्ने लाइट) ले पाङ्ग्रा खुलेको संकेत नै गरेन ।

ल्यान्डिङ गियरमा समस्या देखिएपछि पाइलटले पुनः जहाज काठमाडौँ नै फर्काए । काठमाडौंको आकाशमा पनि पाइलटले पाङ्ग्रा खोल्न स्वीच अन गरे । अझै पाङ्ग्रा खुलेको संकेत इन्डिकेटरले गरेन । पाइलटले जहाजलाई आकाशमै १०–१२ फन्का घुमाइरहे ।

अब त अति भयो भनेर पाइलटले ‘मेरो जहाजको पाङ्ग्रा खुले÷नखुलेको हेरिदेऊ न!’ भनी विमानस्थलसँग हारगुहार मागे । जहाजको पाङ्ग्रा खुलेको रहेछ, पाइलटले अवतरण गराए । जहाजमा भएका सबै यात्रुहरू निकै आत्तिएका थिए । जहाज अवतरण नहुँदै हल्ला चारैतिर फैलिसकेको थियो । विमानस्थलमा सुरक्षाकर्मीहरू तैनाथ गरिसकिएको थियो । धन्न ! कुनै अप्रिय घटना घटेन ।

भएको के रहेछ भने, जहाज विराटनगर पुगेर ल्यान्ड गर्ने बेला पाइलटले ल्यान्डिङ गियर खुलेको÷नखुलेको थाहा नै पाएनछन् । प्राविधिक समस्याका कारण इन्डिकेटरले जहाजको अघिल्लो पाङ्ग्रा खुलेको या नखुलेको केही पनि संकेत नदिएपछि पाइलट अलमलमा परे । खासमा पाङ्ग्रा खुलेको रहेछ ।

यद्यपि, घटनामा चालकलाई नै दोषी देखाइयो । अहिले पनि यो घटना अध्ययनकै विषय छ । तर, घटना निकै रोचक र चर्चाको विषय बन्यो ।

ड्यूटी सकिएको भन्दै रुकुम पुग्ने यात्रुलाई नेपालगञ्ज

नेपाल एयरलाइन्सका पाइलट पेम्बा शेर्पाले गत सोमबार उडाएको ट्वीनअटर जहाजको गन्तव्य थियो– पश्चिम रुकुमको सल्ले विमानस्थल । तर, पाइलट शेर्पाले नेपालगञ्ज विमानस्थलमै जहाज अवतरण गराइदिए ।

उडिरहेको जहाज र अवतरण गर्नुपर्ने सल्ले विमानस्थलमा कुनै समस्या थिएन । जहाजका यात्रुहरू गन्तव्यमा पुग्नेमा ढुक्क थिए । तर, पाइलटले आफ्नो ड्युटी आवर (काम गर्ने अवधि) सकिएको भन्दै नेपालगञ्जमै जहाज रोकिदिएपछि यात्रुहरू अलमल्ल परे । उनीहरूले पाइलटको सो व्यवहारको विरोध गरे । चौतर्फी आलोचना भयो ।

उड्डयन तालिका व्यवहारिक बनाउन वा पाइलटमाथि कडिकडाउ गर्नुपर्ने नेपाल वायुसेवा निगमले नै घटनालाई सामसुम पार्न खोजेको छ । निगमले विज्ञप्ति निकाल्दै उक्त जहाज सल्ले पुग्दा बेलुकी ५ बज्ने, तर जहाजको चालकदल सहितका अन्य कर्मचारीको ड्यूटी समय ४ बजेसम्मको मात्र भएकाले समय पाबन्दीका कारण बाध्यताले नेपालगञ्जसम्म उडान भर्ने निर्णयमा पुगेको उल्लेख गरेको छ ।

एक पाइलटले दैनिक १० घण्टासम्म उडान भर्न सक्ने अन्तर्राष्ट्रिय नियम अनुसार नै उक्त निर्णय लिइएको निगमको दाबी छ । एकाबिहानैदेखि काठमाडौँमा रोकिएका अकुपेन्सी (सेवाग्राही) लाई घर फर्काउनुभन्दा नेपालगञ्जसम्म भनेपनि पुर्‍याउने उद्देश्यले निगमले उडानको निर्णय लिएको समेत उल्लेख गरेको छ ।

तर, अन्य हवाई कम्पनीमा कार्यरत पाइलटहरूले भने यसमा निगम र पाइलट दुवैबाट लापरवाही भएको, यात्रुहरूलाई गन्तव्यमै नपुर्‍याई बीचमै छाड्नु अव्यवहारिक भएको र पाइलटले उडान समय बढाएर भएपनि गन्तव्यमा पुर्‍याउनुपर्ने अभ्यास रहेको बताइरहेका छन् ।

७२ सिटे जहाजलाई स्यालको चुनौती

वरपरका झाडी सफा नगर्दा र सुरक्षाका उपाय नअपनाउँदा विमानस्थलमा जोखिम निम्तिन्छ, जहाज दुर्घटनामा पर्नसक्छ र जनधनको क्षति हुनसक्छ भन्ने ज्ञान सबैसँग छ । तर, यो ज्ञान भएर पनि आवश्यक सजगता नअपनाउँदा बुधबार बेलुकी पनि नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान र स्याल एकआपसमा ठोक्किए ।

बुधबार साँझ साढे ७ बजे बुद्ध एयरको ७२ सिटे जहाज नेपालगञ्ज विमानस्थलमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको हो । जहाज स्यालसँग ठोक्किए पनि कुनै अप्रिय घटना नघटेको बुद्ध एयरले जानकारी दिएको छ ।

बुद्ध एयरका सञ्चालक वीरेन्द बस्नेतले विमानस्थलमा घाँसे मैदान हुँदा जंगली जनावरहरुको बिगबिगी बढेको र यसले दुर्घटना निम्त्याएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

अर्को हप्तादेखि काठमाडौंका तीनै प्रशासन कार्यालयबाट ई-पासपोर्ट

सरकारले अर्को साताबाट काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण थाल्ने भएको छ ।

हार्डवेयर गोदाममा आगलागी सिन्धुलीको, करोडौंको क्षति

सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटास्थित एक हार्डवेयर गोदाममा आगलागी हुँदा करोडौंको नोक्सानी भएको छ ।

प्रधानन्यायाधीश जबरालाई कोभिड निमोनिया, स्वास्थ्य अवस्था ‘स्थिर’

कोरोनाभाइरस संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा देखिएको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

तीन बिगाहा खेतको धानमा आगलागी रौतहटमा

रौतहटको देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ । देवाही गोनाही–७ प्रेमपुर गोनाहीका बुधाई राय यादवको दाँई हाल्न खलिहानमा राखिएको धानको भारीमा आगलागी भएको हो ।

काँग्रेस अधिवेशनमा लफडा, पूर्वमन्त्री शमशेरमाथि नै हातपात !

नेपाली काँग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ ।

नेपाललाई हिन्दु राष्ट्र बनाएर राजतन्त्र पुर्नस्थापना गराउन मोदीले यतिसम्म गरिरहेको खुलासा

भारतीय कम्युनिष्ट माक्र्सवादी पार्टीका नेता जोगेन्द्र शर्माले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई हिन्दू राष्ट्र र राजतन्त्रलाई पुनःस्थापना गराउन लागिपरेको बताएका छन् ।

ट्रेन्डिङ समाचार

पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने: भिम रावलको योजना

नेकपा (एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुनेभएको छ । बन्द सत्रमा अधिकांश नेताहरुले सर्व सम्मतबाटै पदाधिकारीको टुंगो लगाउन अध्यक्ष ओलीलाई अधिकार दिएका थिए तर नेता भिम रावल र घनश्याम भूषालले निर्वाचनको माग गरेपछि अब निर्वाचन हुने पक्का भएको छ ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भीम रावल र घनश्याम भुसाल आउट !

एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएपछि अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी छान्नुभएको छ ।

३०० जनाको नाम पढेपछि ओलीले सोधे : के गरौँ मेरो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन् ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

यतीसम्म गर्छन् आफ्नै बिश्वासपात्र नेम्वाङमाथि ओलिले भन्ने कुरा कसले पो सोचेको थियोे होला र ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका यी नाम घोषणा गरिएको बताएका छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search