Viber Community
Nop Ads

साओमीलाई लाग्यो चिप अभावको झट्का, बजारमा धकेलियो एक स्थान पछाडि

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीलाई विश्वव्यापी रुपमा रहेको चिप अभावको झट्का लागेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीलाई विश्वव्यापी रुपमा रहेको चिप अभावको झट्का लागेको छ । जसका कारण सन् २०२१ को तेस्रो त्रैमासिकमा कम्पनीको वृद्धि कम भएपछि तेस्रो नम्बरमा धकेलिएको छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यस्तोमा तेस्रो नम्बरमा रहेको एप्पल दोस्रो नम्बरमा उक्लिएको छ । त्यसो त साओमीले हालै मात्रै अमेरिकी प्रविधिको दिग्गज कम्पनी एप्पललाई पछाडि पार्दै विश्व बजारमा दोस्रो स्थान हात पारेको थियो ।

तर अब भने कम्पनी एक स्थान तल झर्दै तेस्रो बनेको हो । कम्पनीले यसका लागि चिप अभाव जिम्मेवार रहेको बताएको छ । स्मार्टफोनको विश्व बजारमा सामसङ भने पहिलो नम्बरमा कायम छ । स्मार्टफोन सेग्मेन्टमा सामसङको बजार हिस्सा सबैभन्दा धेरै छ ।

साओमीले यस वर्ष आफूलाई चिप अभावका कारण निकै ठूलो चुनौती झेल्नु परेको बताएको छ । यद्यपि कम्पनीले चिप अभावका बावजुद सन् २०२१ को अन्त्यसम्म करिब १९ करोड डिभाइस (मोबाइल तथा उपकरण) बिक्री गर्ने लक्ष्य राखेको छ ।

गत वर्षको तुलनमा यो आँकडा २९ प्रतिशतले बढी हो । कम्पनीका अनुसार साओमीको मुख्य व्यवसाय अगाडि बढिरहेको छ । तर विश्वव्यापी चिप अभावको चुनौतीका कारण स्मार्टफोन शिपमेन्टमा समेत गिरावट देखिएको छ ।

आगामी वर्षको मध्य सम्म चिप अभावको समस्या कायम रहने अनुमान छ । तर पछिल्ला वर्षहरूमा सामसङ र एप्पललाई चुनौती दिने अवस्थामा पुगेको ह्वावे भने यस अघि नै शीर्ष पाँच स्मार्टफोन निर्माताको सूचीबाट समेत बाहिरिसकेको छ ।

सन् २०२० को दोस्रो त्रैमासिक अवधिमा २० प्रतिशत रहेको ह्वावेको बजार हिस्सा अमेरिकी व्यापारिक प्रतिबन्धका कारण खस्किँदै गएको हो । सन् २०२१ को दोस्रो त्रैमासिक अवधिमा सामसङले पाँच करोड ९० लाख युनिट स्मार्टफोन शिपमेन्ट गरेको थियो ।

यस अवधिमा एप्पलले भने चार करोड ४२ लाख स्मार्टफोन बिक्री गरेको छ । ‘ग्राहकको उच्च मागका बावजुत उत्पादन सार्वजनिक हुनमा भएको ढिलाइ, डेलिभरी हुन लागेको लामो समय आदिका कारण स्मार्टफोनको बिक्री घटेको हो,’ गार्टनरका सिनियर रिसर्च डाइरेक्टर अनशुल गुप्ताले भनेका छन् ।

बजार अनुसन्धान प्रतिवेदन अनुसार प्रिमियम स्मार्टफोनको तुलनामा आधारभूत स्मार्टफोनहरू बढी प्रभावित भएका छन् । जसका कारण समग्र रुपमा स्मार्टफोनको बिक्री घट्दा समेत यस अवधिमा प्रिमियम स्मार्टफोनको बिक्री भने बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं - Kp Sharma Oli
01:17
Video thumbnail
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ - Ram Chandra Poudel
01:47
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33

सम्बन्धित समाचार

माइक्रोसफ्टको चेतावनी गुगल क्रोम प्रयोग नगर्न

विण्डाेजमा हुने आफ्नै डिफल्ट वेब ब्राउजर ‘माइक्रोसफ्ट एज’ को प्रयोग बढाउन माइक्राेसफ्टले नयाँ उपाय रचेकाे छ ।

ट्विटरमा अब कसैको निजी फोटो तथा भिडियो सेयर गर्न नपाईने, प्रतिबन्ध समेत लगाउन सक्ने

यद्यपि निजी मिडिया साझा गर्दा कोही पनि प्रभावित हुन सक्छ, यसले “महिला, कार्यकर्ता, असन्तुष्ट र अल्पसंख्यक समुदायका सदस्यहरूमा असमान प्रभाव पार्न सक्छ।”

को हुन् ट्विटरका नयाँ सीईओ पराग अग्रवाल ?

ज्याक डोर्सीले ट्विटरको पद छाडेलगत्तै भारतीय मूलका अमेरिकी नागरिक पराग अग्रवाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा आएका छन् ।

फेसबुकको मूल कम्पनी मेटालाई गिफी बेच्न बेलायती नियमनकारीको आदेश

फेसबुकको मूल कम्पनी मेटालाई बेलायतको प्रतिस्पर्धा र बजार प्राधिकरणले गिफी  बेच्न आदेश दिएको छ।

६ महिनाभित्र फाइभजी परीक्षण गर्ने टेलिकमको तयारी

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले आगामी ६ महिनाभित्र फाइभजी परीक्षण गर्ने तयारी गरेको छ ।

भारतमा फाइभजी सेवाको सफल परीक्षण

भारतमा देशको तेस्रो नम्बरमा रहेको टेलिकम अपरेटर भोडाफोन आइडियाले शुक्रबार पुणेमा फाइभजीको परीक्षण गरेको छ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

एमाले र राप्रपाबीच पार्टी एकता !

भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ताजा समाचार

शनि भगवानले सबैलाइ संकटबाट टाडा राखुन्, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस आज शनिबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १८ गते शनिवार ई.सं.२०२१ डिसेम्बर ४ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण औँशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्मा योग, नाग करण ।

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search