Viber Community
Nop Ads

उड्डयन कानून लागू भएपछि युरोपले नेपालको हवाइ प्रतिबन्ध हटाउने

युरोपेली युनियन (ईयू)ले नयाँ उड्डयन कानून लागू भएपछि मात्र नेपालको हवाइ उडानलाई कालोसूचीबाट हटाउने जनाएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Nepal-Europe

नेपाल अनलाइन पत्रिका – काठमाडौं। युरोपेली युनियन (ईयू)ले नयाँ उड्डयन कानून लागू भएपछि मात्र नेपालको हवाइ उडानलाई कालोसूचीबाट हटाउने जनाएको छ । नेपाल र ईयूबीच बुधबार भएको संयुक्त आयोगको १३ औं बैठकमा ईयूले सो जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेपालले जतिसक्दो चाँडो युरोपेली आकाशमा आफ्ना जहाजलाई लगाइएको उडान प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह गरेको थियो । प्रस्तावित कानूनमार्फत हवाइ उडानलाई सुरक्षित बनाउने नेपालले प्रतिबद्धता जनाएको थियो ।

‘नयाँ कानून लागू भएपछि मात्र नेपाली जहाजलाई युरोपेली आकाशमा लगाइँदै आएको प्रतिबन्ध फुकुवा गर्नेबारे हामी सकारात्मक छौं’ युरोपेली अधिकारीहरुको जवाफलाई उध्दृत गर्दै मन्त्रालयले जनाएको छ ।

बैठकको नेतृत्व नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र ईयूका तर्फबाट एसिया तथा प्रशान्त क्षेत्रकी निर्देशक पाउलो पाम्पालोनीले गरेकी थिइन् ।

बैठकमा नेपालले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई उपलब्ध गराएको खोपसहितको सहायताप्रति धन्यवाद दिएको थियो । सन् २०२२ को अप्रिलसम्म लक्षित समूहलाई खोप लगाइसक्ने जानकारी दिँदै नेपालले भविष्यमा आउनसक्ने महामारीविरुद्ध लड्न सहायता आदानप्रदान गर्ने विश्व स्वास्थ्य संगठनजस्ता वैश्विक संस्थालाई बलियो तुल्याउनेबारे पनि छलफल गरेका थिए ।

सन् २०२६ देखि विकासोन्मुख मुलुकको रुपमा स्तरोन्नती हुने नेपालको योजनालाई ईयूले स्वागत गरेको छ । नेपालको हरित समावेशी विकासप्रति ईयूले सघाउने वचन दिएको छ । जी–२० बैठकमा विपन्न मुलुकहरुको ऋण सहायतालाई निलम्बन गर्नुपर्ने ईयूको अभियान (डीएसएसआई)प्रति नेपालले समर्थन जनाएको छ । ईयूको यो अभियानलाई पूर्णरुपमा मिलेर कार्यान्वयन गर्ने सहमती पनि दुबै पक्षबीच भएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काले राष्ट्रसंघको ७६ औं महासभामा व्यक्त गरेको संक्रमणकालिन न्यायबारेको अभिव्यक्तिलाई पनि ईयूले स्वागत गरेको छ । नेपालको सामाजिक तथा राजनीतिक रुपान्तरणबारे पनि ईयूले स्वागत गरेको छ ।

जलवायु परिवर्तन, मानवअधिकार, बहुपक्षीयता र अन्तरसंजालजस्ता विषयमा समन्वय र सहयोग आदानप्रदान गर्ने सहमती पनि जुटेको छ । सार्क र बिमस्टेकजस्ता क्षेत्रीय मंचबारे पनि छलफल भएको छ ।

संयुक्त आयोगको अर्को बैठक सन् २०२२ मा ईयू मुख्यालय ब्रसेल्समा बस्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

अर्को हप्तादेखि काठमाडौंका तीनै प्रशासन कार्यालयबाट ई-पासपोर्ट

सरकारले अर्को साताबाट काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण थाल्ने भएको छ ।

हार्डवेयर गोदाममा आगलागी सिन्धुलीको, करोडौंको क्षति

सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटास्थित एक हार्डवेयर गोदाममा आगलागी हुँदा करोडौंको नोक्सानी भएको छ ।

प्रधानन्यायाधीश जबरालाई कोभिड निमोनिया, स्वास्थ्य अवस्था ‘स्थिर’

कोरोनाभाइरस संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा देखिएको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

तीन बिगाहा खेतको धानमा आगलागी रौतहटमा

रौतहटको देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ । देवाही गोनाही–७ प्रेमपुर गोनाहीका बुधाई राय यादवको दाँई हाल्न खलिहानमा राखिएको धानको भारीमा आगलागी भएको हो ।

काँग्रेस अधिवेशनमा लफडा, पूर्वमन्त्री शमशेरमाथि नै हातपात !

नेपाली काँग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ ।

नेपाललाई हिन्दु राष्ट्र बनाएर राजतन्त्र पुर्नस्थापना गराउन मोदीले यतिसम्म गरिरहेको खुलासा

भारतीय कम्युनिष्ट माक्र्सवादी पार्टीका नेता जोगेन्द्र शर्माले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई हिन्दू राष्ट्र र राजतन्त्रलाई पुनःस्थापना गराउन लागिपरेको बताएका छन् ।

ट्रेन्डिङ समाचार

पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने: भिम रावलको योजना

नेकपा (एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुनेभएको छ । बन्द सत्रमा अधिकांश नेताहरुले सर्व सम्मतबाटै पदाधिकारीको टुंगो लगाउन अध्यक्ष ओलीलाई अधिकार दिएका थिए तर नेता भिम रावल र घनश्याम भूषालले निर्वाचनको माग गरेपछि अब निर्वाचन हुने पक्का भएको छ ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भीम रावल र घनश्याम भुसाल आउट !

एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएपछि अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी छान्नुभएको छ ।

३०० जनाको नाम पढेपछि ओलीले सोधे : के गरौँ मेरो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन् ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

यतीसम्म गर्छन् आफ्नै बिश्वासपात्र नेम्वाङमाथि ओलिले भन्ने कुरा कसले पो सोचेको थियोे होला र ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका यी नाम घोषणा गरिएको बताएका छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search