सोमवार, मंसिर १३, २०७८
spot_img

चिनियाँ सेनाको क्वान्टम कम्प्युटिङलाई सहयोग गर्ने चिनियाँ कम्पनीहरु अमेरिकी कालोसूची

अमेरिकाले राष्ट्रिय सुरक्षा र विदेश नीतिको चिन्तालाई उद्धृत गर्दै झण्डै एक दर्जन चिनियाँ कम्पनीहरूलाई आफ्नो व्यापार कालोसूचीमा थपेको छ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अमेरिकाले राष्ट्रिय सुरक्षा र विदेश नीतिको चिन्तालाई उद्धृत गर्दै झण्डै एक दर्जन चिनियाँ कम्पनीहरूलाई आफ्नो व्यापार कालोसूचीमा थपेको छ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

केही कम्पनीहरूले चिनियाँ सेनाको क्वान्टम कम्प्युटिङ कार्यक्रम विकास गर्न मद्दत गरिरहेको अमेरिकाले आरोप लगाएको छ। ताइवानलाई लिएर अमेरिका र चीनबीच बढ्दो तनावपछि यो पछिल्लो कदम चालिएको हो ।

यस महिना अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भर्चुअल बैठकमा छलफल भएको एउटा विषय दुई देशबीचको व्यापार पनि थियो।

अहिले अमेरिकाले आठ चिनियाँ प्रविधि कम्पनीलाई आफ्नो कालोसूचीमा राखेको छ। कम्पनीहरूलाई चिनियाँ सेनाको क्वान्टम कम्प्युटिङ कार्यक्रमलाई सहयोग गरेको र “सैन्य प्रयोगको लागि अमेरिकी सामानहरू प्राप्त गर्ने प्रयास” गरेको आरोप लगाइएको छ।

अमेरिकी वाणिज्य विभागले उल्लेख गरेअनुसार “पाकिस्तानको असुरक्षित आणविक गतिविधि वा ब्यालिस्टिक मिसाइल कार्यक्रम” मा संलग्नताको लागि यस सूचीमा चीन र पाकिस्तानमा कार्यरत १६ व्यक्ति र संस्थाहरू थपिएका छन्।

यो प्रतिबन्धित सूचीमा चीन, जापान, पाकिस्तान र सिंगापुरबाट कुल २७ नयाँ संस्था थपिएका छन्।

चिनियाँ टेलिकम कम्पनी ह्वावे अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा भएको दाबी गर्दै सन् २०१९ मा यो सूचीमा समावेश गरेको थियो। यो कदमले गर्दा कम्पनीलाई मोबाइल फोन उत्पादन गर्न गाह्रो भयो।

चिनियाँ सरकारले आफ्ना कम्पनीहरू औद्योगिक जासुसीमा संलग्न भएको कुरालाई पहिले नै अस्वीकार गरिसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalon[email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार