Viber Community
Nop Ads

मदनलाई झलनाथले बोल्न नदिएको त्यो महाधिवेशन

Viber Community

नेपाल अनलाइन पत्रिका

Madan Jhalnath

नेपाल अनलाइन पत्रिका – काठमाडौं। २०४७ पुष ११ गते राजधानीको पानोरमा होटलमा एक औपचारिक पत्रकार सम्मेलनबाट तत्कालीन मदन भण्डारीले नेतृत्व गरेको नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा (मार्क्सवादी) बीच एकीकरण घोषणा भयो । एकीकृत पार्टीको नाम राखियो नेकपा (एमाले) । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेपाल कम्युनिष्ट पार्टीका प्रथम निर्वाचित महासचिव अधिकारी र नेकपा (माले) को भूमिगत महाधिवेशनबाट उदाएका चुम्बकीय व्यक्तित्व मदन भण्डारीको एकतले राष्ट्रिय तरंग ल्याएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ता र नयाँ पुस्ताको मिलनल समग्र कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशानिर्देश गर्‍यो । एकीकृत पार्टीमा अधिकारी सम्मानित अध्यक्ष भए भने भण्डारी शक्तिशाली महासचिव बने ।

२०४८ सालमा भएको नेपालको इतिहासकै दोश्रो संसदीय चुनावमा दुई पार्टी एकिकरणको देखिनेगरी प्रभाव पर्‍यो । कांग्रेसलाई बलियो टक्कर दिएको एमालेले २०५ निर्वाचन क्षेत्रमध्ये ६९ सिट जित्दै दोश्रो ठूलो पार्टी बन्यो । २०१५ सालमा चार सिट जितेर नेपाली कांग्रेस (७४ सिट), गोरखा परिषद् (२० सिट) र संयुक्त प्रजातान्त्रिक मोर्चा (५ सिट) पछिको चौथो ठूलो दल भएको कम्युनिष्ट पार्टीको लागि एक खाले छलाङ नै थियो ।

त्यो चुनावमा एमालेका महासचिव भण्डारीले त्यसबेलाका लोकप्रिय प्रधानमन्त्री कांग्रेस उम्मेदवार कृष्णप्रसाद भट्टराईलाई काठमाडौंबाट चुनाव हराएका थिए । यो भिडन्तले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो । लस एन्जलस टाइम्सदेखि न्यूजविकसम्मले समाचार लेखेका थिए । न्यूज विकले छापेको मदन भण्डारीको अन्तर्वार्ता अझैसम्म चर्चामा छ ।

एमाले बनेपछि पहिलो महाधिवेशन भयो २०४८ माघ १४ देखि २० सम्म । महाधिवेशनको खुल्ला सत्र दशरथ रंगशालामा र बन्दसत्र काठमाडौं कमलादीको प्रज्ञा प्रतिष्ठानको सभाहलमा भयो । जनआन्दोलनपछिको आम निर्वाचिनको दोस्रो ठूलो दल, संसदको प्रमुख प्रतिपक्षी एमालेको प्रथम खुल्ला तथा पाँचौ महाधिवेशनको चासो धेरैमा थियो ।

२०४८ माघ १४ गते मध्यान्ह दशरथ रंगशालामा झण्डोत्तोलन गरेर प्रथम खुल्ला महाधिवेशनको खुल्ला सत्र सुरू भयो । साहना प्रधानले अध्यक्षता गरेको विशाल खुल्लासभाको उद्घोषक थिए नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य झलनाथ खनाल । रुस, चीन, भारतदेखि उत्तर कोरियासम्मका प्रतिनिधिहरू सामेल भएको महाधिवेशनको खुल्ला सत्रमा मदन भण्डारीलाई उद्घोषक झलनाथले बोल्न पालो दिएनन् ।

सभामा उपस्थित भएका कार्यकर्ताले होहल्ला गरे पनि मदनले बोल्न पाएनन् । मदनले कार्यक्रममा देखिने गरी असन्तुष्टि जनाएनन् । उसो त झलनाथ खनाल आफू हर्ताकर्ता हुँदा प्रतिस्पर्धी नेताहरूलाई पेल्न पहिलेदेखि नै खप्पिस थिए । उनले २०३९ सालमा तत्कालीन माले महासचिव सिपी मैनालीलाई हटाएर आफैं महासचिव भएका थिए ।

बहुदल घोषणा भएको भोलिपल्ट काठमाडौंको टुँडिखेलमा २०४७ चैत २७ का दिन भएको सर्वदलीय सभामा समेत झलनाथले जोरजुलुम गरेका थिए । तत्कालीन मालेको खुला मोर्चा सम्हालेका राधाकृष्ण मैनाली संयुक्त सभामा बोल्न मञ्चमा थिए । तर, उनलाई मञ्चबाट थुतेकै शैलीमा निकालियो । र, बोल्न पुगे झलनाथ खनाल ।

सिपी मैनाली प्रकरणले खासै कार्यकर्ता तहमा आक्रोश ल्याएन । मदन भण्डारीलाई निषेध गर्दा भने आक्रोश सतहमा देखिएको थियो । २०४८ माघ १५ गते बन्दसत्रको हलमा प्रवेश गरेका प्रतिनिधिहरूले अध्यक्षमण्डलले मदन भण्डारीलाई बोल्न नदिएकोमा माफी माग्न लाए । माफी नमागेसम्म ७९६ प्रतिनिधि र ४५० पर्यवेक्षक भएको हल प्रतिनिधिले चल्न नदिएको मदन भण्डारीको जीवनी समेटिएको ‘श्वेतशार्दूल’ पुस्तकमा लेखक रमेश रुछेन राईले उल्लेख गरेका छन् ।

पुस्तकका अनुसार यस्तो हल्लाको नेतृत्व गर्ने नेता थिए कपिलवस्तुबाट आएका प्रतिनिधि वेदुराम भुषाल । अध्यक्षमण्डलले माफी मागेपछि भने सभा सुचारु भएको थियो ।

भाषणमा मदनलाई निषेध गर्ने खनालले विचारमा भने निषेध गर्न सकेनन् । वैचारिक प्रतिस्पर्धामा भने खनाल भण्डारीसँग नराम्रोसँग हार खाए । भण्डारीले प्रस्तुत गरेको ‘जनताको बहुदलीय जनवाद’, सिपी मैनालीले झलनाथ खनालदेखि साहना प्रधानको समर्थनमा ल्याएको ‘परिमार्जित नौलो जनवाद’, मोहनचन्द्र अधिकारीले प्रस्तुत गरेको ‘नौलो जनवाद’ र रघु पन्तले प्रस्तुत गरेको ‘सामाजिक जनवाद’ हलमा पुग्यो । कुनैमा सर्वसम्मत हुन सकेन ।

लोकतान्त्रिक विधिबाट विचार छान्न चुनाव भयो । चुनावमा अरु सबैको विचारमा आएको मतभन्दा झण्डै साढे तीन गुणा धेरै मत मदनको पक्षमा आयो । जनताको बहुदलीय जनवाद (जबज) ले ५४१ मत पाउँदा परिमार्जित नौलो जनवाद, नौलो जनवाद र सामाजिक जनवादले क्रमशः १०१, ५५ र ० मत पाए । महाधिवेशनको हलबाट आफ्नो समर्थनको विचार फेल खाएपनि झलनाथ खनालले जबजसँग आफ्नो असन्तुष्टि देखाइरहे । उनले भन्ने गरेको ‘दक्ष प्रजापतिको टाउको’ वाला टिप्पणी अझै पनि बेलाबेला चर्चा गरिन्छ ।

पाँचौ महाधिवेशनमा मात्रै हैन, पञ्चायतकालमा भएको चौथो भूमिगत महाधिवेशनमा समेत वैचारिक युद्धमा मदनसँग झलनाथ पछि परेका थिए । २०४६ साल भदौ ९ देखि १४ गतेसम्म सिराहाको विष्णुपुरकट्टीमा भएको महाधिवेशनमा मदन भण्डारीको दस्तावेज ‘नेपाली जनवादी क्रान्तिको वर्तमान कार्यक्रम’ पारित भयो । विचारमात्रै पारित भएन, त्यही महाधिवेशनबाट मदन भण्डारी सर्वसम्मत महासचिव समेत चुनिए । त्यहि महाधिवेशनले बहुलवाद स्वीकार गर्‍यो । पञ्चायत ढाल्न संयुक्त मोर्चाको औपचारिक अवधारणा ल्यायो ।

पाँचौ महाधिवेशनबाट मदनले पनि झलनाथविरुद्ध शक्ति प्रयोग गरे । उनलाई पोलिटब्यूरोमा लगिएन । अहिले जस्तो स्थायी कमिटीको अभ्यास त्यसबेला थिएन ।

मदन भण्डारीले कम्युनिष्ट पार्टीको सदस्यता भने २०२९ मा मात्रै लिएका थिए । बनारसमा हुँदा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको पार्टीको तर्फबाट बलराम उपाध्यायको हातबाट उनले कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । यसबाट पनि थाहा हुन्छ मदन भण्डारी जनतामाझ मात्रै हैन पार्टीमाझ पनि अत्यन्तै लोकप्रिय थिए ।

व्यापक लोकप्रियताको कारण उनको पार्टीमा पनि छिटो बढुवा भयो । संसदीय मोर्चामा पनि उनकै नेतृत्वले चौथो स्थानको कम्युनिष्ट शक्ति प्रमुख प्रतिपक्षि बन्यो । अझ रोचक कुरा २०४८ सालको चुनावमा उनले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नै हराएका थिए । काठमाडौं क्षेत्र नम्बर १ बाट २०४८ सालको चुनावमा उनले कृष्णप्रसाद भट्टराईलाई ७५१ मतले पराजित गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।

कांग्रेस प्रवक्ता शर्मा : महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गर्छौं

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने बताएका छन् । उनले कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइने पनि बताए ।

सत्ता गठबन्धन : अब प्रधानन्यायाधीश जबरा बिदामा बस्नुपर्छ

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता

अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय टोली आज बिहान स्वदेश फर्किएको छ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

सभामुख सापकोटा : संसद र सर्वोच्चको समस्या समाधानको उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।

कांग्रेस प्रवक्ता शर्मा : महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गर्छौं

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने बताएका छन् । उनले कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइने पनि बताए ।

सत्ता गठबन्धन : अब प्रधानन्यायाधीश जबरा बिदामा बस्नुपर्छ

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता

अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय टोली आज बिहान स्वदेश फर्किएको छ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

सभामुख सापकोटा : संसद र सर्वोच्चको समस्या समाधानको उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search