Viber Community
Nop Ads

योगेश भट्टराईको दाबी, महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेको १० औँ महाधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने दावी गरेका छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

yogesh

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेको १० औँ महाधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने दावी गरेका छन्। एमालेले उपाध्यक्ष भीम रावलले अध्यक्षमा दावेदारी गरिरहेका बेला सचिव भट्टराईको यस्तो भनाइ सार्वजनिक भएको हो। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले बिहीबार दिउँसो एमाले महाधिवेशनस्थल चितवनको नारायणी नदी किनारमा पत्रकार सम्मेलन गर्दै नेतृत्व सर्वसम्मत हुने दावी गरेका हुन्। यो महाधिवेशन ऐतिहासिक हुने उनको भनाइ छ।

महाधिवेशनको तयारी करिब ९७ प्रतिशत पूरा भइसकेको उनले जानकारी दिए। यो साता एमाले महाधिवेशनमा केन्द्रित हुने र महाधिवेशन सम्पन्न भएपछि स्थानीय, प्रदेश र संघीय तीनै तहको चुनावमा पार्टी केन्द्रित हुने उनको भनाइ थियो।शुक्रबारदेखि एमालेको १० औँ महाधिवेशन सुरु हुँदैछ। महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु चितवन पुगिसकेका छन्।

नेकपा ‘एमाले’को १०औँ महाधिवेशनको ९५ प्रतिशत तयारी सकिएको छ । महाधिवेशनको तयारीबारे एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार उद्घाटनस्थल नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी आज रातिसम्म सबै काम पूरा हुने जानकारी दिए ।

महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइपुगेका छन् । महाधिवेशनको बन्दसत्र हुने सौराहाको होटल सेभेन स्टारको आडैमा प्रतिनिधि र स्वयंसेवक अट्ने हल लगभग निर्माण भइसकेको उनले बताए ।

जिल्लाका चोक(चोकमा झन्डा राखिएको छ । जिल्लाभित्र ५० भन्दा बढी स्वागत द्वार निर्माण गरिएको उनको भनाइ छ । महाधिवेशन सम्पन्न गर्न साढे सात करोड बढी खर्च लाग्ने अनुमान गरिएको छ । जिल्ला प्रवेश गर्ने नाकाहरूमा पनि प्रवेश द्वार निर्माण गरिएको छ ।

उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आमजनसमुदायसमेत गरी पाँच लाख जना सहभागी हुने एमालेको अपेक्षा छ । सहभागीहरूलाई नारायणी नदी किनारको नारायणगढ र गैंडाकोट दुवैतर्फ राखिने उनले बताए । उद्घाटनमा जिल्लाको सात स्थानबाट जुलुस निस्कने उनको भनाइ छ ।

बन्द सत्रमा भूगोल, जसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका गरी दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय तीन जना पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिहरूमध्ये ६ सय २७ जना महिला प्रतिनिधि हुनेछन् । दलित उत्पिडित क्षेत्रबाट दुई सय नौ जना प्रतिनिधि आउने छन् ।

महाधिवेशनको उद्घाट सत्रमा व्यवस्थापनका लागि पाँच हजार स्वयंसेवक खटाइने उनले बताए । प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई खानपान र बन्दोबस्तको व्यवस्था गरिएको छ ।

भोलि महाधिवेशन उद्घाटन सत्रको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गर्ने छन् । त्यसका लागि ओली बिहीबार नै चितवन आइपुगेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आउने छन् ।

बन्दसत्रलाई पार्टी अध्यक्ष ओली र विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम छ । ‘त्यसलगत्तै निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया अघि बढाउँछ । साँझ ६ बजेसम्ममा उम्मेदवारी दर्ता, फिर्ता लिने, दाबी विरोधलगायतका सबै प्रक्रिया पूरा गरेर उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गर्ने भनी आयोगले दिएको छ’, उनले भने ।

महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनितिक दलका नेताहरू सहभागी हुने उनले बताए । चिनियाँ कम्युनिष्ट पार्टीले महाधिवेशनका लागि भिडियो सन्देश पठाएको उनले जानकारी दिए ।

उद्घाटनपछि सबै प्रतिनिधिहरू सौराहा जाने उनले बताए । भोलि बेलुका प्रतिनिधिहरूको परिचय पत्र वितरण हुने छ । ११ मंसिर बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुनेछ । बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ ।

१२ मंसिर बिहान ८ बजेबाट मतदान सुरु हुने छ । सयवटा इलेक्ट्रोनिक भोटिङ मेसिनमध्ये १० वटा स्टक राखेर ९० वटामा भोटिङको काम हुने उनले बताए । त्यस दिन साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका छ । जबजको मार्गदर्शनबाट समाजवादसम्म पुग्ने एमालेको अबको नीति रहेको उनले बताए ।

‘महाधिवेशनलगत्तै एमाले चुनावको तयारीमा जाँदै छ । स्थानीय चुनाव, संघ र प्रदेशका चुनावमा एमालेले बहुमत हासिल गर्नेगरी एउटा संकल्प गरेर फर्किन्छ’, उनले भने, ‘यो महाधिवेशन एकता र सहमतिको महाधिवेशन हुने छ । पार्टीभित्रका अन्तरविरोधहरूलाई मैत्रीपूर्ण तरिकाले समाधान गर्दै एमालेलाई यो देशको एकमात्र कम्युनिष्ठ पार्टीको रूपमा स्थापित गर्ने काम हुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search