मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

झक्कुप्रसाद सुवेदी: पार्टी र देशको नेतृत्व गर्न प्रचण्ड नै उपयुक्त हुनुहुन्छ, उहाँलाई टक्कर दिने नेता अहिले कोहीपनि हुनुहुन्न

नेकपा (माओवादी केन्द्र) का नेता झक्कुप्रसाद सुवेदीले पार्टीमा अहिले अध्यक्ष पुष्पकमल दाहालको विकल्प नभएको बताएका छन् । उनले पार्टी र देश दुवैको नेतृत्व गर्न प्रचण्डको नेतृत्व आवश्यक रहेको सुनाए ।

Viber Community

नेपाल अनलाइन पत्रिका

jhakku subedi

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता झक्कुप्रसाद सुवेदीले पार्टीमा अहिले अध्यक्ष पुष्पकमल दाहालको विकल्प नभएको बताएका छन् । उनले पार्टी र देश दुवैको नेतृत्व गर्न प्रचण्डको नेतृत्व आवश्यक रहेको सुनाए । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले भने,‘विपी कोइराला २५ देखि ३० वर्षसम्म पार्टी सभापति हुनुभयो । एउटा व्यक्तिले लामो समयसम्म नेतृत्व गर्नुहुन्न भन्नुहँदैन् । म दुई दशकदेखि केन्द्रीय सदस्य छु । अध्यक्ष भएको पनि प्रचड २१ वर्ष भयो ।

पार्टी र देशको नेतृत्व गर्न प्रचण्ड नै उपयुक्त हुनुहुन्छ। प्रचण्डलाई टक्कर दिने नेता माओवादीमा अहिले कोहीपनि हुनुहुन्न, भोलिका दिनमा आउनुभयो भने छलफल हुन्छ। तर प्रचण्डले सापेक्षिक रुपमा सही नेतृत्व गर्नुभएको छ । प्रचण्डको विकल्प पार्टीमा छैन् ।’

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टी राष्ट्रिय सम्मेलनको तयारीमा अघि बढिसकेको सुनाए । उनले भने,‘हामी राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गर्न गैरहेका छौं । यही मंसिर ४ गते एकै दिन वडा सम्मेलन सफलतापूर्वक सम्पन्न भयो ।

अब मंसिर ११ गते पालिकाको सम्मेलन हुँदैछ । संगठन, सम्पर्क मञ्चको पनि एकदैदिन सम्मेलन हुन्छ।’ उनले आगामी पुष ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गरिनेगरि अघि बढेको सुनाए । उनले भने,‘हामीले । माओ दिवस दिनको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दैछौं ।

समयको हिसाबले अझै एक महिना छ । पार्टीले तल्लो तहदेखि प्रचार गरिरहेको छ ।’ आफ्नो पार्टीको अधिवेशनको बारेमा त्यति चर्चा नहुनुको कारण सर्वसम्मत् रुपमा वडादेखि नै नेतृत्व चयन गरिनु नै भएको सुनाए ।

उनले कांग्रेसको महाधिवेशनको बढि चर्चा हुनुको कारण शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहले गर्दा केन्द्रदेखि तलसम्म चुनाव भएकोले प्रतिष्पार्ध देखिएको सुनाए । उनले आफ्नो पार्टीले संविधानको मर्म र भावनाअनुसार कदम चालेको र निर्णय लिएको पनि सुनाए ।

उनले भने,‘हामी त नगरपालिकामा पनि महिला मेयर नै हुनुपर्छ भन्दैछौं । समाजको बनोटअनुसार पार्टी बनाउनुपर्छ । वडादेखि केन्द्रसम्म त्यहीअनुसार नेतृत्व बनाउनुपर्छ । ३५ प्रतिशत महिला हुनुपर्छ । २० प्रतिशत युवा हुनुपर्छ । विधान बनिसकेको छ ।’

उने यही मंसिर २५ गते प्रदेश सम्मेलन हुने र त्योपनि विधानअनुसार नेतृत्व आउने सुनाए। उनले एमालेको महाधिवेशनको कुरा गर्दा विचारको कुरा त्यहाँ नभएको आरोप लगाए । उनले भने,‘हामीले एमालेको दस्तावेज हेरेका छैनौं । अहिलेसम्म राजनीतिक दस्तावेज बाहिर आएको छैन् ।

आगामी कार्यक्रम के हो रु एक वर्षको के हो ? दश वर्षको के हो ? कार्यनीति र रणनीति के हो ? यो हामीले एमालेको दस्तावेज हेरेका छैनौं । यता कांग्रेसमा विचारको मतभेद छैन् । एमालेमा वैचारिक मतभेद देखिन्छ। घनश्याम भुषालले फरक मत ल्याएको देखेका छौं । पत्रपत्रिकामा देखेका छौं । तर, बाहिर आएको छैन् ।’

उनले एमालेको १०औं महाधिवेशनपछि पनि केपी शर्मा ओली नै अध्यक्ष हुने सुनाए । उनले भने,‘अहिले ओलीले नै चुनाव जित्नुहुन्छ । माधव नेपालहरु त्यहाँ भएको भए रामाईलो हुन्थ्यो । विचार लागु गर्ने नेतृत्व हुनुपर्दथ्यो । अहिले त्यहाँ वैचारिक बहस हुने सम्भावना देखिँदैन ।

उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको र भोलिका दिनमा एकता हुनसक्ने सुनाए । उनले भने,‘हिजो विप्लव मोहन बैद्यसँग जानुभयो । वैचारिक बहसबाट उहाँहरु जानुभएको हो । उहाँहरु २ वर्षसम्म भूमिगत हुनुभयो ।

पुँजीवादी क्रान्ति पूरा भयो । पुँजीवादी क्रान्तिका केही कार्यभार बाँकी छ। शान्तिपूर्ण तवरले बाँकी कार्यभार पुरा गर्न सक्छौं । उहाँलाई जुन दिन शान्तिपूर्ण तरिकाले पुँजीवादी क्रान्तिका कार्यभार पूरा गर्न सक्छौं भन्ने लाग्छ, उहाँहरु आउनुभयो भने एकता हुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search