बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

पक्राउ परेको केहि समयमै छुटे आरती स्ट्रिप्सका सञ्चालक सिंघल

प्रहरी स्रोतका अनुसार बुधबार राति करिब साढे ९ बजे काङ्ग्रेसका एक नेताले सिंघललाई छुटाएर लगेका हुन् । सिंघल भारतको चर्चित भूषण ग्रुपका सञ्चालक हुन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अनलाइन पत्रिका – काठमाडौं। आरती स्ट्रिप्सका सञ्चालक सञ्जय सिंघल पक्राउ परेको केही घण्टामै छुटेका छन् । बुधबार बेलुका कर्मचारी कुटेको आरोपका सिंघल पक्राउ परेका थिए । राजनीतिक नेतृत्वको दबाबमा प्रहरीले पक्राउ गरेलगतै उनलाई छाडेको हो ।
बुधबार बेलुका उद्योगका सञ्चालक सिंघलसहितको टोलीले आरती स्ट्रिप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि सांघातिक आक्रमण गरेको थियो । आक्रमणबाट नेपालको टाउकोमा गम्भीर चोट छ ।
आक्रमणपछि पुगेको प्रहरी टोलीले बुधबार करीब ६ बजे सिंघललाई पक्राउ गरेको थियो । प्रहरीले साढे ९ बजे सिंघललाई छाडेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले सिंघललाई छाडेको पुष्टि गरे ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार उद्योगको आन्तरिक विषयमा विवाद हुँदा कुटपिट भएको बताए । सिंघल छुटेपनि निगरानीमा रहेको उनले बताए । ‘उद्योगको आन्तरिक विवाद रहेछ,’ उनले भने,’ छुटेपनि उनी निगरानीमा छन् ।’
प्रहरी स्रोतका अनुसार बुधबार राति करिब साढे ९ बजे काङ्ग्रेसका एक नेताले सिंघललाई छुटाएर लगेका हुन् । सिंघल भारतको चर्चित भूषण ग्रुपका सञ्चालक हुन् ।
सिंघलसहितको टोलीले बन्दुक देखाएर कुटपिट गरेको पीडित नेपालको गुनासो छ । सिंघलले ‘मारिदे कति पैसा लाग्छ म तिर्छु’ भन्दै आरती स्ट्रिप्सका भाइस प्रेसिडेन्ट विशाल गुप्तालाई पेस्तोल दिएको उनले बताए ।
गुप्ताले पेस्ताले देखाएपछि सञ्जय सिघंल र निर्देशक एसपी बर्मासहितको टोलीले आक्रमण गरेको नेपालको गुनासो छ । गोली हान्न खोज्दा आफूले ज्यान जोगाएको उनले बताए । ‘मार्दे जति पैसा लाग्छ म खर्च गर्छु भन्दै सञ्जय सिंघलले पेस्तोल विशाल गुप्तालाई दिए’ नेपालले भने,’ पेस्तोल देखाएपछि मैले पनि प्रतिकार गरेँ ।’
आरती स्ट्रिप्स भारतीय लगानीको उद्योग हो । उद्योगले जस्ता पाता र पाइप उत्पादन गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

‘प्राक्टिकल परीक्षा’को बहानामा नशालु पदार्थ खुवाएर १० कक्षाका १७ छात्राको स्कुलमै यौनशोषण

विधायकका अटवालका अनुसार पीडित परिवारले उनीसँग सम्पर्क गरेपछि उनले एसएसपी अभिषेक यादवसँग कुरा गरे र त्यसपछि जाँच सुरु गरियो ।

२० वर्षे युवती ७७ वर्षिय वृद्धसँगको प्रेममा – डेटिङ एप देखि सुरु भएको चिनजान बिहेसम्म पग्यो

अचम्मको कुरा त यो छ कि उनीहरु अहिलेसम्म आमुनेसामुन्ने भेट भएका छैनन् । उनीहरुले एक अर्कालाई अलाईनमा मात्र देखेका छन् ।

‘गोरे’का लगानीकर्ता ‘काले’लाई इन्टरपोलले नेपाल ल्यायो

तर यूएईमा बसिरहेका प्रहरी नियन्त्रणमा आउन सकेका थिएनन् । पक्राउ परेका अन्य प्रतिवादीहरुले चाहिँ सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन् ।

अचानक बेहुलीका प्रेमी आएर सिन्दूर हालिदिए पछि (भिडियो)

त्यही बेला बेहुलीका प्रेमी आएर सिन्दूर हालिदिए । घटनापछि त्यहाँको माहोल तनावपूर्ण भयो । केटी पक्षले तत्काल फोन गरेर पुलिस बोलाए । सूचना पाएपछि घटनास्थल पुगेको पुलिसले अबेर राती मात्र विवाद सुल्झाउन सक्यो ।

बालविवाह न्यूनीकरणका लागि मतदान

यहाँ बालविवाह न्यूनीकरण गर्नु ठीक कि बेठीक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् ।

देशप्रति समर्पित बनाउन विद्यार्थीलाई सेनाको निरन्तर तालिम: उनीहरु भविष्यमा कहाँ पुग्छन् ?

हरेक वर्ष देशका विभिन्न विद्यालयहरुमा विधार्थीहरु सैनिकको जस्ता पोसाक लगाएर प्रशिक्षण गरिरहेका भेटिन्छन्। झट्ट हेर्दा उनीहरु आर्मी बन्न लागेका हुन् कि जस्तो लाग्छ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search