Viber Community
Nop Ads

‘दाइ, हामी पनि त्यहाँ बसौं ?’ फिटिङ्स जिन्स र टिसर्ट लगाएकी, अनुहारमा बढी नै मेकअप गरेकी, अन्दाजी २२-२५ वर्षकी युवती विनम्रताका साथ सोध्छिन्

तामसिक रातमा बेपर्वाह पैसा उडाउनेहरू

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अनलाइन पत्रिका – काठमाडौं। पृष्ठभूमिमा ‘बिग बोस’कै ढाँचाको एक आँखे प्रवेशद्वार । सम्मुखमा मञ्च । मञ्चमा छरिएको रंगबिरंगी प्रकाश-पुञ्ज । भित्ताको त्यही आँखाबाट फुत्त प्रकट हुन्छिन्, एक अर्धनग्न युवती । गीतसँगै उनको शरीर यन्त्रवत चलमलाउन थाल्छ । गीतको ध्वनि क्रमशः चर्को बन्छ-

  • ‘याई रे याई रे जोर लगाके नाचे रे
  • चल मेरा संग संग, लेले दुनियाँ के रंग
  • होजा रंगीला रे ….।’

रंगीन रातमा बेपर्वाह रमाउन आउनेहरुको भीडले ठमेललाई मादक बनाउँछ । दोहोरी साँझ, डिस्को थेक, डान्स बारदेखि रात्री क्लबहरु आगन्तुकको फर्माइस पूरा गर्न जाग्राम बस्छन् ।

हुक्काको धुँवा र मदिरा मिश्रित गन्धले त्यहाँको माहौललाई अरु मादक बनाउँदैछ । मञ्चमा ठडिएको पिलरमा समातेर ती नर्तकी ‘पोल डान्सर’कै हाउभाउमा प्रस्तुत हुन्छिन् । मञ्चतर्फ फर्काएर ठाउँ-ठाउँमा सोफा राखिएको छ, जहाँ तन्नेरीहरु रसिक मुडमा बसेका छन् । गीतको भाका हाल्दै उनीहरु पनि बसीबसी नाच्छन् । उनीहरुको अघिल्तिर काँचको टेबलमा मदिरा, हुक्कासँगै पैसाको थाक छ । नर्तकी जति-जति कामुक भावभंगीमा पेश हुन्छिन्, उत्तिउत्ति मञ्चमा पैसाको वर्षा हुन्छ ।
एक पुरुष सोफाबाट नाच्दै उठ्छन् । नर्तकीलाई आफूनजिक आउन ईशारा गर्छन् । नर्तकीको हातमा समाएर केही क्षण नाच्छन् । त्यसपछि टेबलका केही पैसा नर्तकीको टाउकोमा घुमाएर हुर्‍याउँछन् । उनका साथीहरु जोडले हुटिङ गर्छन् ।
त्यसैको समानान्तर सोफामा दुई जोडी युवायुवती रमाइरहेका छन् । त्यसमध्ये छोटो वानपिस लगाएकी युवती बेपर्वाह पैसा उडाइरहेकी छन् । टेबलको मदिरा, हुक्का र स्न्याक्स छाडेर उनी नाच्न तम्सिएकी छन् । घरीघरी मञ्चमा उक्लन समेत खोज्छिन् । तर, उनको खुट्टा लर्बराउँछ । मञ्चमा नाचिरहेका पुरुषलाई बोलाउँछिन् । केही क्षण विन्दास पारामा नाच्छिन् । अनि उमंगमय भावमा पैसा हुर्‍याउँछिन् ।
‘दाइ, हामी पनि त्यहाँ बसौं ?’ फिटिङ्स जिन्स र टिसर्ट लगाएकी, अनुहारमा बढी नै मेकअप गरेकी, अन्दाजी २२-२५ वर्षकी युवती विनम्रताका साथ सोध्छिन् । एक भुक्तभोगी साथी कानेखुसी गर्छन्, ‘यिनीहरुलाई यहाँ बस्न दियो भने वियर र हुक्का खाएरै गोजी रित्याइदिन्छन् ।’ ती युवती जोर-जबर्जस्ती गर्दिनन् । खिन्न हुँदै बारतर्फ गएर साथीहरुसँग छिल्लिन थाल्छिन् ।
दर्जन जति सोफा र क्याबिन राखिएका छन् । तर, त्यहाँ ग्राहकभन्दा बढी स्टाफ छन् । वेटरहरु कालो र सेतो सर्टमा तैनाथ छन् । आधा दर्जन हाराहारी युवती स्कर्ट, वानपिस र फिटिङ जिन्समा ठाँटिएर ग्राहकको ‘स्वागत’ गरिरहेका छन् । युवा-युवतीको अर्को जत्था छ, जो रसिला हाउभावमा रंगीला नृत्य देखाइरहेका छन् ।

चित्त बुझे बस्नु

ठमेलको ज्याठा मार्ग छाडेर सोझै अगाडि बढेपछि भगवतीस्थान पुगिन्छ । रात जति छिप्पिँदै जान्छ, त्यहाँको घनत्व बढ्दै जान्छ । सर्वाधिक चर्चित रात्री क्लब एलओडी (लर्ड अफ ड्रिङ्क्स) त्यहीं छ, जहाँसम्म थरीथरी तन्नेरीका लस्कर लागेको छ ।
सडकको एक छेउमा एक युवती छिन् । हाई हिल, गाढा रातो स्कर्ट, सुनौलो अनि चहकिलो रंगको टिसर्टमा ठाँटिएर सानो ह्याण्ड ब्याग झुण्ड्याएकी उनी त्यहाँ यसरी उभिएकी छन्, मानौं उनी फोटोका लागि पोज दिइरहेकी मोडल हुन् । एकदमै होसियारीसाथ अनि धैर्यतापूर्वक उभिएकी उनको अनुहार सडकबत्तीको उज्यालोमा चम्किएको छ ।
एक अधवैंशे पुरुष सरासर उनी नजिक पुग्छन् र केही क्षण कुराकानी गर्छन् । पुरुष त्यहाँबाट हिँड्छन्, युवती उनको पछि लाग्छिन् ।
‘आउनु न, आउनु । एकपटक भित्र पसेर हेर्नुहोस्’ साँघुरो अनि केही अध्याँरो ढोकातर्फ इंगित गर्दै एक युवा अफर गर्छन्, ‘चित्त बुझे बस्नु, नभए फर्कंदा हुन्छ ।’
‘भित्र के छ र ?’ हामी बुझ पचाउँदै सोध्छौं । ‘जे जे चाहिन्छ, सबै छ’ ती युवा निर्धक्क कूटनीतिक जवाफ फर्काउँछन् । साँघुरो र पर्याप्त उज्यालो नपुगेको बाटो छिचोल्दै अगाडि बढेपछि आकर्षक ढोका देखापर्छ । त्यहाँ एक सुरक्षा गार्ड उभिएका छन्, जो निकै फूर्तिका साथ हतार-हतार ढोका खोल्न तम्सिन्छन् ।
भित्र उसैगरी सोफाहरु सजाइएका छन् । अघिल्तिर मञ्च छ । तर, त्यहाँ कुनै नाचगान छैन । न कुनै ग्राहक नै । बरु आधा दर्जन जति युवती आ-आफ्नै धुनमा मग्न छन् । कोही मोबाइल चलाइरहेका छन्, कोही चुरोटको धुँवा उडाइरहेका छन् त कोही आपसमा गफिँदैछन् ।
नयाँ आगन्तुक देख्नासाथ उनीहरु हार्दिकताका साथ यसरी घेरा हाल्छन् मानौं, आगन्तुक रानो मौरी हुन् । ‘के खाने दाइ, के सेवा गरौं ?’ अलि डल्ली र पूरै कपाल रंगाएकी युवती मुखै जोड्न खोज्दै सोध्छिन् ।
‘खै खानेकुरा के-के छ, मेनु हेरौं न ।’
‘मेनु के हेर्नु, आफूलाई के खान मन लागेको हो भन्नु न । जे पनि पाइन्छ’ उनै युवती अलि ठुस्किएको भावमा भन्छिन् ।
त्यहाँबाट बाहिरिँदै गर्दा उनीहरु रिसाए झैं देखिन्छन् । बाहिर ती युवा अरु ग्राहकलाई आमन्त्रण गरिरहेका छन्, ‘एकचोटि त पसेर हेर्नुहोस् न । मन लागे बस्नु ।’
कर्मचारी सञ्चय कोषको भवनबाट मोडिएर ज्याठा मार्ग जानेतर्फको सडकपेटीमा दुई महिला पछ्यौरा ओढेर आपसमा भलाकुसारी गरिरहेका छन् । अघिल्तिर दुईवटा ठूलो थर्मस र केही प्लाष्टिकका गिलास छन् । झोलामा केही थान चुरोट र पराग । ‘चिया खानु, चिया’ नजिकै पुगेपछि एक महिला आग्रह गर्छिन् ।
ए …समात् समात्
‘ए समात् समात्’ नर्सिङ चोकमा अचानक हो-हल्ला हुन्छ । प्रहरीले एक युवाको कठालो समातेका छन् । ती युवा बलजफ्ती फुत्कन खोज्दैछन् । अरु दुई महिला र पुरुष प्रहरी दौडिँदै आइपुग्छन् । पुरुष फुत्किएर दौडन्छ । महिला प्रहरीले लखेट्दै केही परसम्म पुर्‍याउँछिन् ।

एकछिन त्यहाँ रमिता हुन्छ ।

‘के भएको सर ?’
‘रक्सीको बोतल बोकेर हिँड्छ’ प्रहरी सुनाउँछन्, ‘त्यसरी रक्सी खाँदै हिँड्न मिल्दैन भनेको..।’
‘अनि पिट्नुभो त ?’
‘बोतल नबोक भन्दा जथाभावी मुख छाड्यो क्या’ प्रहरी भन्छन्, ‘त्यही भएर समातेको ।’
महानगरको रात्रिजीवनमा दुई कुरा अनिवार्य देखिन्छ, सुरा र संगीत । गजल, लोकदोहोरीसँगै रक, ज्याज, ब्लुज, हेभी मेटलको फ्युजन संगीत । थरीथरीका मदिरा र हुक्काको धुँवामा मग्न तन्नेरीहरु ।
रात ढल्दै जाँदा ठमेलको मादकता बढ्दै जान्छ । हुलका हुल तन्नेरीहरु ओहोरदोहोर गर्छन् । छिल्लिन्छन्, सडक बत्तीको उज्यालोबाट छलिएर कानेखुसी गर्छन् ।
‘राति सधैं क्लब जाने, मदिरा खानेहरुले सधैं यसरी लफडा गर्छन् ?’ हामी सोध्छौं ।
‘होइन, गर्दैन-गर्दैन’ प्रहरी भन्छन्, ‘त्यस्तो लफडा भएको छैन । आज त्यो फुच्चेले बोतल बोकेर रक्सी खाँदै हिँडेकाले कन्ट्रोल गर्न खोजेका हौं ।’
‘भनेपछि काठमाडौंको रात्री जीवन शान्त नै छ है ?’
‘हजुर ठीक छ, ठीक छ । त्यस्तो लफडा केही छैन ।’
घडीको काँटाले फन्को लगाएसँगै ठमेलले आफ्नो रुपरंग बदल्छ । यहाँ दिन र रातको रंग अलग हुन्छ । ध्वनि अलग हुन्छ । र, सुगन्ध/गन्ध अलग हुन्छ ।
चन्द्रागिरिको डाँडाबाट घाम ओझेल परेसँगै हावामा लहराइरहेका रंगबिरंगी ‘लुङ्दर’, ‘ओम मणि पद्मे’को विद्युतीय ध्वनि र सुनपाती धुपको सुगन्धले ठमेललाई आध्यात्मिक शहरझैं बनाइदिन्छ । तर, जति-जति रात छिप्पिँदै जान्छ, ठमेल तामासिक बन्दै जान्छ । गजल र लोकदोहोरीको भाकासँगै ज्याज, मेटल, रक र ब्लुजको चर्को ध्वनि । मदिरा र हुक्काको मिश्रित गन्ध । अनि सबैतिर छरिएको चहकिलो र रंगबिरंगी उज्यालो ।
यस्तै रंगीन रातमा बेपर्वाह रमाउन आउनेहरुको भीडले ठमेललाई मादक बनाउँछ । दोहोरी साँझ, डिस्को थेक, डान्स बारदेखि रात्री क्लब आगन्तुकहरुको फर्माइस पूरा गर्न हरदम जाग्राम रहन्छन् ।
महानगरको रात्रिजीवनमा रमाउन को आउँछन् ? शहरिया किशोर-किशोरी ? पैसावाल तन्नेरी ? धनाढ्यका सन्तान ? व्यापारी ?
एक भुक्तभोगी सुनाउँछन्, ‘सबैखाले हुन्छन् । तर, धेरैजसो चाहिं ३०-४० उमेरका वयस्क देखिन्छन् ।’ धेरैजसो बेलामौकामा मात्र यो खर्चिलो रात साट्न आइपुग्छन् । खासगरी सप्ताहन्तमा । केही भने नियमित रुपमै रात्री जीवनमा हेलिन रुचाउँछन् ।
‘एलओडीमा एउटै टेबलको, एक रातमा दुई-तीन लाख तिर्नुपर्छ,’ उनी थप्छन्, ‘कुनै रात त्यो टेबल खाली हुँदैन । एक रातमै लाखौं उडाउँछन् ।’

चिया खानु, चिया

कर्मचारी सञ्चय कोषको भवनबाट मोडिएर ज्याठा मार्ग जानेतर्फको सडकपेटीमा दुई महिला पछ्यौरा ओढेर आपसमा भलाकुसारी गरिरहेका छन् । अघिल्तिर दुईवटा ठूलो थर्मस र केही प्लाष्टिकका गिलास छन् । झोलामा केही थान चुरोट र पराग ।
‘चिया खानु, चिया’ नजिकै पुगेपछि एक महिला आग्रह गर्छिन् ।
‘कति हो एक कप चियाको ?’
‘..खै कति ?’ उनी आफैं अलमलमा परिन्, ‘२५ होला, दूध चियाको ।’
‘आफैंले बेच्ने चियाको मूल्य पनि थाहा हुन्न र ?’
‘आज पहिलो चोटि आएका’ अर्की महिला बोल्छिन्, ‘अहिलेसम्म एक कप पनि बिक्री भएको छैन ।’
उनी रामेछापकी हुन् । जमलमा एउटा कोठा भाडामा लिएकी रहिछन् । अर्की महिला उनीभन्दा केही प्रौढ छिन् । उनी डोल्पाकी । पेट दुख्ने समस्या लिएर उपचार खोज्दै काठमाडौं आएकी रहिछन्, श्रीमान र दुई बच्चासहित । उपचार खर्च जुटाउन श्रीमान भारी बोक्न थाले । जमलमा एउटा कोठा लिएर उनी बालबच्चा स्यहार्न थालिन् । यी दुई दिदीबहिनी त्यही डेरामा आमने-सामने बस्छन् ।
‘पढेको छैन, केही काम जानेको छैन’ ती महिला सुनाउँछिन्, ‘त्यही भएर आज चिया बेच्न यहाँ आयौं ।’ तर, चिया बिक्री हुने हो वा होइन ? रातभर बसेर चिया बेच्न पाइने हो वा होइन ? उनीहरु अलमलमा थिए ।
‘अघि प्रहरीले यहाँ बस्न पाइँदैन भन्दै थियो’ उनीहरुले सुनाए, ‘कहाँ बस्न पाइन्छ त भनेर सोधेको ‘जतासुकै बस’ भन्छ । के भनेको होला ?’
दुई थर्मस चिया बेच्नका लागि उनीहरु तातो ओछ्यान छाडेर, निद्रा माया मारेर रातभर बस्न तयार छन् । तर, प्रतिपल मात्तिँदै गएको शहरमा चियाका अम्मली कति होलान् ?

रात एक्लो छैन

जब सिंगो शहर निदाउने तरखरमा हुन्छ, मध्य शहरका दरबारमार्ग र ठमेल भने जागा रहन्छन् । यी यस्ता गन्तव्य हुन्, जहाँ रात्रिजीवनको अनुभव साट्नेहरुको जमघट हुन्छ । लोकदोहोरी, गजल रेष्टुरेन्टदेखि डिस्को थेक अनि रात्री क्लबहरुले यहाँ निदाउन दिँदैनन् ।
गजलको मधुर संगीतमा रमाउँदै पारिवारिक जमघट गर्ने कि डिस्कोमा गएर साथीसंगीसँग मस्त नाच्ने ? मर्जी आ-आफ्नै । दुई बजेसम्म अर्थात् पूरा रात त्यहाँ मनोरञ्जन लिन सकिन्छ । कोभिडको बखत सुस्ताएको रात्री जीवन अहिले भने क्रमशः ब्युँझिएको छ । रात्रिकालीन सेवाका लागि नयाँ-नयाँ रेष्टुराँ, क्लब खुल्ने क्रम शुरु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

फिल्म हल नवीकरण मिनाहा गर्ने सरकारको निर्णय, ५० भन्दा बढी हल लाभान्वित हुने

सरकारले कोरोना महामारी प्रभावित फिल्म हलहरुको नवीकरण मिनाहा गर्ने निर्णय गरेको छ ।

अर्को हप्तादेखि काठमाडौंका तीनै प्रशासन कार्यालयबाट ई-पासपोर्ट

सरकारले अर्को साताबाट काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण थाल्ने भएको छ ।

हार्डवेयर गोदाममा आगलागी सिन्धुलीको, करोडौंको क्षति

सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटास्थित एक हार्डवेयर गोदाममा आगलागी हुँदा करोडौंको नोक्सानी भएको छ ।

प्रधानन्यायाधीश जबरालाई कोभिड निमोनिया, स्वास्थ्य अवस्था ‘स्थिर’

कोरोनाभाइरस संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा देखिएको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

पहिलो पटक गोला प्रक्रियाबाट तोकियो पेसी सर्वोच्च अदालतमा

सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

फुटबलर बिमलकी प्रेमिका असाध्यै बोल्ड एण्ड ब्युटिफुल छिन्, हेर्नुहोस् ११ तस्बिरमा

नेपाली राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।बिमलले शनिबार आफ्नो आधिकारिक फेसबुकमा एक पोष्ट गर्दै आफ्नो प्रेमिकालाई सम्झिएको स्ट्याटस राख्दै नाम उल्लेख गरेका हुन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search