Viber Community
Nop Ads

७२ कलाकार एकैपटक नाच्न मिल्ने भव्य मञ्च, नारायणी नदी किनारमा यसरी हुँदैछ एमालेको दशौँ राष्ट्रिय महाधिवेशन

माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्डमा केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहनेछ ।

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन हुने ठाउँ चितवनको नारायणी नदी किनारमा भव्य मञ्च तयार पारिएको छ । १६ फिट अग्लो मञ्चमा चार खण्ड रहेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***
माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्डमा केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहनेछ । मञ्च आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो बनेको मञ्च निर्माणको नेतृत्व गरेका एमालेका केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार नारायणी नदीको पुलबाट र गैँडाकोटतर्फको नदी किनारबाट समेत हेर्न मिल्नेगरी मञ्च बनाइएको छ । अति विशिष्ट अतिथि, स्थायी कमिटी, केन्द्रीय सदस्य गरी पाँच सयजना अट्ने मञ्च तयार पारिएको छ । पश्चिमतिर फर्केको मञ्चमा विशिष्ट अतिथिसहित पार्टीका स्थायी कमिटी बस्नेछन् भने उत्तरतर्फ फर्किएको अर्को मञ्चमा केन्द्रीय सदस्य रहनेछन् । बीच भागमा ७२ जना कलाकारले एकैपटक प्रस्तुति दिन सक्ने क्षमताको मञ्च बनाइएको श्रेष्ठको भनाइ छ ।
मञ्चको अगाडिपट्टि सञ्चारकर्मी र अतिथिका लागि ठूलो भाग छुट्याइएको छ । सहभागीका लागि चितवनतर्फको नारायणी नदी किनारमा मात्र अपुग हुन सक्ने भएकाले पारिपट्टि नवलपुरको गैँडाकोट क्षेत्रमा पनि ठूलो स्क्रिन राखिएको छ ।
साथै, कार्यक्रमस्थलमा पनि विभिन्न ठाउँमा मञ्चको दृश्य हेर्न मिल्ने स्क्रिनको व्यवस्था गरिएको छ । उद्घाटनस्थल नजिकै विभिन्न ठाउँमा सेल्फी प्वाइन्ट बनाइएका छन् भने एमालेले महाधिवेशनमा प्रयोग गरेको गैँडाको मस्कट पनि बनाइएको छ ।

चितवन – नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।

नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र हुनेछ । महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट झण्डै पाँच लाख नेता/कार्यकर्ता सहभागी हुने नेकपा एमालेले जानकारी दिएको छ ।
महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित धेरै नेताहरु चितवन आइपुगेका छन् । बन्दसत्रमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुँदैछन् । कार्यक्रमको उद्घाटनसत्रमा हुने नारायणी नदी किनारमा मञ्चसहितका सबै संरचना तयार भएका छन् । ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ’सेल्फी प्वाइन्ट’ बनाइएको छ । चितवनका हरेक घरमा निमन्त्रणा पत्र पठाइएको छ ।

एमालेले महाधिवेशनमा प्यानल बनाए कारबाही गर्ने बताउदै पर्चा–पम्प्लेटमा पनि बन्देज लगाएको छ । मतदानका लागि एक सय वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएको छ । सुरक्षाका लागि प्रशासनले १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्दैछ । नारायणगढ बजार क्षेत्रमा मालवाहक गाडी आवतजावतमा रोक लगाइए पनि अत्यावश्यक गाडी चल्न पाउने व्यवस्था गरिएको छ ।

७ ठाउँबाट जुलुस निकालिने

महाधिवेशनको उद्घाटन अगाडि चितवन जिल्लाका सात ठाउँबाट जुलुस निकालिने भएको छ । विभिन्न ठाउँबाट आएकाहरुलाई भरतपुरका सात ठाउँबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको हो ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागीहरु भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन् । पूर्वबाट आउने गाडीलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको छ ।
पश्चिम नेपालबाट आउनेहरुलाई पुल्चोकबाट जुलुससहित सभामा सहभागी गराइने भएको छ । पश्चिमबाट आउने गाडीलाई गैँडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ ।
मुग्लिनको बाटो हुँदै आउने सहभागीहरुलाई आँटपारीबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ । त्यस ठाउँमा रोकिएका गाडीलाई आँटपारीमा रहेको नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिने भएको छ ।
चितवनको माडी, जगतपुर, गीतानगरतर्फबाट आउनेहरुलाई हाकिमचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । ती ठाउँबाट आउने गाडीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिने छ । भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौली लगायतका क्षेत्रबाट आउने सहभागीहरुलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराइने व्यवस्था गरिएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागीहरु बेलचोकबाट जुलुसमा सहभागी हुनेछन् । त्यहाँ आउने गाडीलाई त्यही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको रावलले जानकारी दिनुभयो । कालीका नगरपालिका र भरतपुर ११ तर्फबाट आउने सहभागीहरु विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ ।

अत्यावश्यक गाडी नरोकिने


महाधिवेशनको उद्घाटनको क्रममा चितवनमा यात्रुलाई सहज हुने गरी ट्राफिक व्यवस्थापन मिलाइएको स्थानीय प्रशासनले जनाएको छ । पूर्व – पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइनेछ ।
नारायणगढ र भरतपुरका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक गाडी नरोकिने र अरु गाडीका लागि वैकल्पिक बाटोको व्यवस्थापन मिलाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट ओहोरदोहोर गर्ने बसलाई वैकल्पिक बाटोको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

 
पूर्वबाट चितवन हुँदै गुड्ने गाडीलाई बाइपास रोड खुला हुनेछ । पूर्वबाट काठमाण्डौ ओहोरदोहोर गर्ने गाडी भरतपुरको जिल्ला प्रशासन कार्यालय चोक, बाइपास–आँपटारी हुँदै चल्न पाउनेछन् । पूर्वबाट पश्चिम चल्ने गाडीलाई प्रशासन कार्यालय चोकबाट दक्षिण बाटो हुँदै नारायणी पूलसम्मको वैकल्पिक बाटो तय गरिएको छ ।
पश्चिमबाट छुट्ने गाडी नवलपरासीतिर नारायणी पुलको नजिकबाट शिवघाट जाने बाटो हुँदै पूर्वतर्फ र काठमाण्डौ चल्न मिल्ने चितवन प्रशासनले जनाएको छ । त्यसैगरी पूर्वबाट पश्चिम चल्ने गाडी आँपटारी–बाइपास हुँदै जिल्ला प्रशासन कार्यालय चोकबाट घुमेर नारायणी पुलतर्फ जानु पर्नेछ ।

पूर्व–पश्चिम चल्ने यात्रुवाहक गाडी नारायणीको पुल हुँदै चल्न पाउने तर नारायणघाटको मुख्य बजारमा प्रवेश गर्न नपाउने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभएको छ । उहाँका अनुसार नारायणीको पुलमा अरु भीडभाड गर्न रोकिनेछ । त्यस्तै बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्र अत्यावश्यक बाहेकका गाडी प्रवेशमा रोक लगाइएको छ ।
शुक्रवार बिहान १० बजेदेखि बेलुकासम्म ती क्षेत्रमा गाडी छिर्न पाउने छैनन् । तर अत्यावश्यक एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, मृत्युसंस्कार लगायतका गाडी चल्नेछन् । यात्रा गर्नेलाई सकेसम्म सहज हुने गरी व्यवस्थापन मिलाएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

१५ सय सुरक्षाकर्मी परिचालन

महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ । एक एआईजी र दुई डीआईजीको कमाण्डमा महाधिवेशनको सुरक्षाको व्यवस्था मिलाइएको छ । एआईजी सहकुल थापा, डीआईजी प्रकाशजङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षाका लागि खटिनुभएको छ ।
चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी झण्डै एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुनेछन् । महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका आठ सय, सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन हुने छन् । त्यस्तै चितवनसँग सिमाना जोडिएको नवलपुरको गैँडाकोटबाट नेपाल प्रहरीका सयभन्दा बढी सुरक्षाकर्मी खटिने छन् ।
महाधिवेशन उद्घाटन हुने ठाउँ र बन्दसत्रको सुरक्षा मजबुत बनाउन लागि सुरक्षाकर्मी परिचालन गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक अस्मान तामाङले जानकारी दिनुभएको छ । महाधिवेशन स्थलमा आवतजावतलाई सहज बनाउनका लागि आसपासका १३ ठाउँमा गाडी पार्किङस्थल तयार गरिएको छ ।
भीआईपी बस्ने ठाउँ र महाधिवेशन स्थललाई विशेष निगरानीमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम अधिकारीले जानकारी दिनुभयो । महाधिवेशन स्थलमा सादा पोसाकका र राष्ट्रिय अनुसन्धानका प्रहरीहरु परिचालन हुनेछन् ।

चितवनका प्रत्येक घरमा निमन्त्रणा पत्र

एमाले चितवनले महाधिवेशनको प्रचारप्रसार गर्न जिल्लाका हरेक घरमा निमन्त्रणा पत्र पठाइएको छ । जिल्लामा रहेका ९८ वटै वडामार्फत निमन्त्रणा पत्र पठाइएको १० औँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो । उद्घाटन सत्रमा जिल्ला भित्रबाट उल्लेख्य सहभागी गराउन हरेक घरमा निमन्त्रणा पत्र नै पठाइएको उहाँले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा एमाले कार्यकर्ता मात्रै नभएर शुभेच्छुक, शुभचिन्तकलगायत आम नागरिकलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको बताएको छ । चितवनबाट मात्रै उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनसहभागिता गराउने तयारी गरिएको सुवेदीले जानकारी दिनुभयो ।

भव्य मञ्च, ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’

महाधिवेशनको उद्घाटनका लागि भव्य मञ्च बनेको छ । एक सय जना अतिथि रहने गरी आकर्षक मञ्च निर्माण गरिएको छ । १६ फिट अग्लो मञ्चमा चार खण्ड रहेका छन् । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्डमा केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहने छ ।
७२ कलाकारले एकै पटक प्रस्तुति दिन सक्ने गरी मञ्च निर्माण गरिएको छ । मञ्च आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो बनेको एमालेका केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताउनुभयो । नारायणी नदीको पुलबाट र गैँडाकोट तर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्च बनाइएको उहाँले बताउनुभयो ।
महाधिवेशनका लागि चितवनका ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ’सेल्फी प्वाइन्ट’ बनाइएको छ । जिल्ला प्रवेश गर्ने नाकादेखि बन्द सत्र हुने सौरहासम्म स्वागत गेट बनाइएको छ भने उद्घाटन स्थल वरपर ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ ।
महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ बनाइएको हो । कार्यक्रममा आउने सहभागीले सजिलै आफ्नो तस्बिर आफैँले लिन सक्ने गरी ’सेल्फी प्वाइन्ट’ बनाइएको हो । नेता मदन भण्डारी, लेनिनका तस्बिर पनि ’सेल्फी प्वाइन्ट’ मा राख्ने व्यवस्था गरिएको एमाले केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।
चितवनतर्फ २१ र नारायणी पारि गैँडाकोटतर्फ चार ‘सेल्फी प्वाइन्ट’ रहेको उहाँले बताउनुभयो । मुख्य मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा आकृति निर्माण रहने जानकारी दिँदै उहाँले त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने बताउनुभएको छ ।
महाधिवेशन उद्घाटन स्थल वरपर २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्बिर राखिनेछ । गैँडाकोट क्षेत्रमा पर्ने नारायणी नदी किनारमा ठूलो आकारको बोर्ड राखिएको छ । जनताको बहुदलीय जनवाद (जबज) जिन्दावाद लेखिएको बोर्डलाई नारायणी वारि कार्यक्रम हुने स्थलबाट सेल्फी लिन सकिने बनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search