spot_img

स्पेनको बजार नियामकद्वारा फुटबलर इनियस्टाको निन्दा बाइनान्सको प्रचार गरेकोमा

स्पेनको बजार नियामक संस्थाले बुधबार ट्विटर र इन्स्टाग्राममा क्रिप्टोकरेन्सी एक्सचेन्ज प्लेटफर्म बाइनान्सको प्रचार गरेको भन्दै फुटबलर आन्द्रेस इनियस्टाको निन्दा गरेको छ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। स्पेनको बजार नियामक संस्थाले बुधबार ट्विटर र इन्स्टाग्राममा क्रिप्टोकरेन्सी एक्सचेन्ज प्लेटफर्म बाइनान्सको प्रचार गरेको भन्दै फुटबलर आन्द्रेस इनियस्टाको निन्दा गरेको छ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

‘म बाइनान्समा क्रिप्टो कसरी शुरु गर्ने भन्ने सिकिरहेको छु’, इनियस्टाले आफ्नो सोसल मिडियामा ल्यापटप अगाडि बसेर बाइनान्सको वेबसाइटमा कारोबार गरिरहेको फोटो पोस्ट गरेका थिए।

उक्त पोस्टमा सो सामग्री बाइनान्सद्वारा शुल्क तिरेर राखिएको थियो वा थिएन भन्ने केही उल्लेख छैन। इनियस्टाले यसबारेमा तत्काल कुनै प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ।

आफ्नो करियरको अधिकांश समय बार्सिलोनामा आबद्ध इनियस्टा सन् २०१० मा स्पेनले विश्वकप जित्दा राष्ट्रिय टोलीमा समावेश थिए। उनी हाल जापानको कोबेका लागि खेल्दै आएका छन्।

इनियस्टाका ट्विटरमा २ करोड ५० लाख तथा इन्स्टाग्राममा ३ करोड ८० लाख फलोअर रहेका छन्। उनको उक्त पोस्ट इन्स्टाग्राममा २ लाख ७० हजार पटक लाइक गरिएको थियो

उनले ट्वीट गरेको केही घण्टापछि बजार नियामकले क्रिप्टोकरेन्सीमा लगानी गर्नु र अरुलाई लगानी गर्न सुझाव दिनुअघि यसका बारेमा राम्ररी बुझ्ना सुझाएको रोयटर्सले उल्लेख गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार