बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

नेप्सेमा दुई वाणिज्य बैंकसहित तीन कम्पनीको शेयरमूल्य समायोजन

नेप्सेले यस दिन दुई वाणिज्य बैंकसहित तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ नेप्सेले बैंक अफ काठमाण्डू, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेप्सेले यस दिन दुई वाणिज्य बैंकसहित तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ नेप्सेले बैंक अफ काठमाण्डू, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन बैंक अफ काठमाण्डूको १० प्रतिशत, प्राइम लाइफको १५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजनपश्चात बैंक अफ काठमाण्डूको शेयरमूल्य ३१० रुपैयाँ, प्राइम लाइफको ७५६ रुपैयाँ ५२ पैसा र स्ट्याण्डर्ड चार्टर्डको ४८६ रुपैयाँ ४५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार बैंक अफ काठमाण्डूको शेयर प्रतिकित्ता ३४१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने प्राइम लाइफको ८७० रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्डको ५३५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।

बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित मंसिर २९ गते बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठानमा २७ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभामा भर्चुअल माध्यमबाट समेत सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सो सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसहित गरी ३.०६ प्रतिशत नगद लाभांश गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पातिर गर्न बैंकले मंसिर २८ गते, मंगलबार, आफ्नो प्रधान कार्यालय, नयाँ बानेश्वर, काठमाडौँमा ३५ औँ वार्षिक साधारण सभा डाकेको छ।

सो सभा बिहान १० बजे शुरु हुनेछ। कोभिड १९ महामारीको विशेष परिस्थितिलाई ध्यानमा राखी बैंकले सो सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट सम्पन्न गरिने जनाएको छ।

सभाले बैंकको प्रबन्धपत्रको दरमा संशोधन स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न मंसिर १९ गते दिनको २ बजे चौधौं वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीले हाल काम चुक्ता पूँजी २ अर्ब ४१ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि १ करोड ९० लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ।

आइतबार यही समायोजित मूल्यको आधारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

अब के होला? अनुमानभन्दा बाहिर जाँदै सेयर बजार

बजार २३०० देखि २३७० बिन्दुसम्म झर्न सक्ने देखिएको छ’ उनले भने, ‘त्यसपछि भने बजार उकालो लाग्ने र नयाँ अंकको रेकर्डतर्फ बढ्नेछ।

शेयर बजार दोहोरो अंकले बढ्यो

साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ ।

साना लगानीकर्ताले धैर्यता गुमाउँदा ठूलालाई फाइदा,नेप्सेमा अस्वाभाविक उतारचढावबाट

नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा परिवर्तन नगरेपछि मौद्रिक समीक्षापश्चात सेयर बजार परिसूचक ‘नेप्से’ निरन्तर ओरालो यात्रामा छ ।

स्थानीय तहलाई परिपत्र वर्षाले क्षति पुर्‍याएका किसानलाई राहत वितरणमा सहजीकरण गर्न

बेमौसमी वर्षाका कारण क्षति भोगेका धान किसानलाई राहत वितरणमा सहजीकरण गर्न स्थानीय तहहरुलाई सरकारले परिपत्र गरेको छ ।

रिलायन्स लाइफको लाभांश बिमा समितिबाट स्वीकृत

रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांशलाई बिमा समितिले स्वीकृत गरेको छ ।

डेढ घण्टामा ६५ अंकले घट्यो नेप्से

बजार खुलेको १ घण्टा ४० मिनेटमा बजार परिसूचक नेप्से ६५.३२ अंकले घटेको छ ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search