मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

महाधिवेशन प्रतिनिधिमा अयोग्य व्यक्ति सिफारिस गरेको भन्दै केपी ओलिसमक्ष उजुरी

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी गराइने प्रतिनिधि छनौट गर्न जिल्लाबाट अयोग्य व्यक्ति सिफारिस गरिएको उजुरी परेको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी गराइने प्रतिनिधि छनौट गर्न जिल्लाबाट अयोग्य व्यक्ति सिफारिस गरिएको उजुरी परेको छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेकपा एमाले ओखलढुंगाले महाधिवेशन प्रतिनिधि कायम गर्न पार्टीको विधान अनुसार योग्य नभएका व्यक्ति केन्द्रमा सिफारिस गरेको भन्दै उजुरी परेको हो। एमाले नेतृ लिलादेवी धमलाले एमाले मुख्यालयमा योग्यता नपुगेको व्यक्तिको नाम हटाएर आफ्नो नाम महाधिवेशन प्रतिनिधिमा कायम गराउन भन्दै उजुरी दर्ता गरेकी हुन्।

धमला महाधिवेशन प्रतिनिधि छनौट प्रकृयामा सहभागी हुन उमेद्वारी दर्ता गरेकी नेतृ हुन्। उनले सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङलाई पार्टीको विधानविपरित जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले एमाले केन्द्रमा सिफारिस गरेको पाइएपछि उजुरी गरेको बताइन्।

जिल्लाबाट प्रतिनिधि छनौटमा उमेद्वारी दर्ता गर्दा निर्वाचन समितिले पार्टीको विधानअनुसार योग्यता नपुगेको भन्दै गुरुङको उमेद्वारी खरेज गरेको थियो। धमला लगायत अन्य २७ जनाको उमेद्वारी सदर पनि सहमति गर्ने भन्दै चुनावी प्रकृया रोकेर नेताहरुले आफू निकटका व्यक्तिहरु सिफारिस गरेका थिए।

एमालेले सदस्य संख्याका अधारमा जिल्लाबाट १२ जना प्रतिनिधि छानेको थियो। इच्छा गुरुङलाई महाधिवेशन प्रतिनिधि बनाउन प्रदेश सांसद अम्बीरबाबु गुरुङले दवाव दिएका थिए। उनीहरु नाताले दाजु बहिनी पर्ने हुन्।

जिल्लाबाट विधान मिचेर महाधिवेशन प्रतिनिधि बनाउन असफल भएका सांसद गुरुङले महासभिव ईश्वर पोखरेल मार्फत दवाव दिएर जिल्लाबाट सिफारिस गर्न लगाइ मनोनित गर्न लागेको सुचना पाएपछि धमलाले केन्द्रीय कार्यालयमा उजुरी गरेकी हुन्।

सिद्धिचरण नगरपालिकाका उपप्रमुख रहेकी इच्छाकुमारी गुरुङ २०७४ को स्थानीय निर्वाचनअघि शिक्षक र कांग्रेसकी सदस्य थिइन्। उनलाई उपप्रमुख उमेद्वार बनाउन सांसद गुरुङले पहल गरेपछि पार्टी सदस्यता र उपप्रमुखको टिकट एमालेले एकैसाथ दिएको थियो।

जिल्लाबाट छनौट हुने प्रतिनिधिको उमेद्वारी नै अयोग्य भएपछि मनोनयनका लागि केन्द्रमा नाम सिफारिस भएको विषयमा खोज्दा कुरा गर्न एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले टेलिफोन उठाएनन्। जिल्ला सचिव शंकर कट्वालले महाधिवेन प्रतिनिधि मनोनित स्थायी कमिटीले गरेको अपुष्ट खबर सुने पनि सिफारिसबारे जानकारी नभएको बताए। उनले भने, ‘सिफारिसबारे जानकारी छैन, मनोनित गरिएको भन्ने सुनिएको छ। सायद हुनसक्छ।’

उता उजुरी बारे नेतृ लिलादेवी धमलाले आफू उमेद्वार रहेको र विधान अनुसार योग्यता पुगेर उमेद्वारी कायम रहेको सन्दर्भमा विधि र विधान मिचेर गलत कार्य गर्न खोजिएकाले रोक्न उजुरी गरेको जानकारी दिइन्। एमाले विधानमा महाधिवेशन प्रतिनिधि हुन १० वर्षदेखि निरन्तर पार्टी सदस्य रहेको व्यक्ति हुने व्यवस्था छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search