spot_img

नारायणी किनारबाटै देवघाट जान सुझाव, केपी ओलीलाई

नागरिक अभियन्ता नारायण वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देवघाट जान सुझाब दिएका छन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नागरिक अभियन्ता नारायण वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देवघाट जान सुझाब दिएका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

भोलिदेखि सुरु हुने एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि चितवन पुगेका ओलीलाई वाग्लेले नारायणी किनारबाट देवघाट जान सुझाब दिएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्मको मार्चपासमा बृहत् नागरिक आन्दोलनका तर्फबाट सहभागी भएका वाग्लेले ओलीलाई यस्तो सुझाब दिएका हुन्।

मार्चपासपछिको कोणसभालाई सम्बोधन गर्दै वाग्लेले भने, ‘न्यायालयको समस्या छरपस्ट हुँदा पनि फैसला (प्रतिनिधिसभा विघटनको विरुद्धमा) गर्ने न्यायाधीश सबैले राजीनामा दिउन् भनेर न्यायपालिकाप्रतिको भूमिका बिर्सिने नेतालाई म भन्छु– तपाईं काठमाडौं नफर्कनुस्। नारायणी किनारबाट देवघाट जानुस्। पाँच लाख कार्यकर्ताले एक–एक रुपैयाँ उठाए भने पनि तपाईंलाई सुनको कमाण्डलु किन्न पुग्छ।’

सडकको मुद्दाको बलमा सत्तामा जाने र सत्तामा गएको भोलिपल्टदेखि प्रतिगमनको मतियार हुने या आफैँ प्रतिगमनको सूत्रधार हुने सम्पूर्ण राजनीतिक पंक्तिलाई जवाफ दिनका लागि बृहत् नागरिक आन्दोलन निरन्तर जागिरहने पनि उनले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार