spot_img

वर्षमान पुनको उपचार असम्भव, आजै चालियो यस्तो कदम : माओवादी नेताकार्यकर्ताका लागि दुःखद खबर

नेकपा माओवादी केन्द्र नेताकार्यकर्ताहरुलाई निराश बनाउने खबर छ । थाइल्याण्डमा उपचार सम्भव नभएपछि सो पार्टीका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगिएको छ। 

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Barshaman Pun

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्र नेताकार्यकर्ताहरुलाई निराश बनाउने खबर छ । थाइल्याण्डमा उपचार सम्भव नभएपछि सो पार्टीका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगिएको छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

विश्वमै बिरलै देखिने जटिल प्रकृतिको जन्डिसले सताएका कारण डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका पूर्व अर्थ तथा ऊर्जामन्त्री पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको उनका पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिएका छन्।

नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन्। उनीहरू आजै मध्याह्न अस्पताल पुगेर उपचार सुरु हुने चापागाईंले जानकारी दिए।

समितिभेज अस्पतालका चिकित्सकले यहाँ भन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए।

काठमाडौंबाट बैंकक लैजाँदा जन्डिस ९बिलरुविन० को तह १८ रहेकामा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ। जन्डिससँगै शरीरका अन्य अंगमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानुपरेको चापागाईंले बताए।

कोरोना संक्रमणको त्रास र आवतजावतमा चीन सरकारले लागू गराएको कडा मापदण्डका कारण पुनलाई त्यहाँ लान चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहल गरेका थिए।

वंशाणुतग रूपमा रहेको जन्डिस दोहोरिएपछि नेता पुन गत असोज १३ गते बैंकक प्रस्थान गरेका थिए। नेपालमा हुँदा ललितपुरस्थित सुमेरु अस्पताल र यसअघि ग्रान्डी अस्पतालमा उनले परीक्षण गराएका थिए। त्यस क्रममा चिकित्सकहरूले दिएको परामर्श र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको सल्लाहमा नेता पुन बैंकक गएका थिए।

यसअघि जन्डिसकै कारण स्वास्थ्य अवस्था गम्भीर हुँदा नेता पुनले बैंकको त्यही अस्पतालमा उपचार गरएका थिए। नेपालका ग्रान्डीलगायत अस्पताल र भारतको एपोलो अस्पतालमा उपचार गराउँदा पनि रोग निको नभएपछि नेता पुन बैंकक गएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार