spot_img

अध्यक्षका एकल उम्मेदवार भीम रावलले ओलीलाई हराउन घुमाए दिमाग, ओली ठूलो तनावमा !

अध्यक्षका एकल उम्मेदवार नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केपी ओलीलाई अध्यक्षमा पराजित गर्न दिमाथ घुमाएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उनले प्रतिनिधिहरूसँग फरक शैलीमा भोट माग्न सुरु गरेका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

bhim rawal, kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अध्यक्षका एकल उम्मेदवार नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केपी ओलीलाई अध्यक्षमा पराजित गर्न दिमाथ घुमाएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उनले प्रतिनिधिहरूसँग फरक शैलीमा भोट माग्न सुरु गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले एसएमएसमार्फत् भोट मागिरहेका छन्। रावलले भोट मागरेको मेसेज प्रतिनिधिहरूको मोबाइलमा पुगेको छ। कतिपय प्रतिनिधिहरुले भने उनले भोट मागेको भन्दै सामाजिक सञ्जालमामै मेसेज राखेर अध्यक्षमा केपी ओलीबाहेक अरुलाई भोट नदिने लेखिरहेका छन्।

रावलकै क्षेत्र सुदूरपश्चिमका नेता डेजी पाण्डेले लेखेका छन्,’भीमजीलाई पनि आफ्नै लागि मसँग समर्थन र मत माग्नु पर्ने दिन आइलाग्यो। अहिलेलाई नेकपा एमालेको अध्यक्षमा केपी ओली विरुद्धमा अर्को कसैलाई दिन सकिने मत मसँग छैन।’

अन्य प्रतिनिधिहरुले पनि आफूहरुको मोबाइलमा भीम रावलको मेसेज आएको बताएका छन्। रावलले कुनै पनि हालतमा पछि नहट्ने अडान लिएपछि केपी ओलीलाई तनाव हुने देखिएको छ ।

रावलले केही दिन पहिले नै दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका थिए। एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सरु हुँदैछ।

देशभरका प्रतिनिधिहरु चितवन आइपुगेका छन्। नारायणी नदी किनारमा आज उद्घाटन सत्र सकिएपछि बेलुका सौराहमा बन्द सत्र हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार