आइतवार, मंसिर १२, २०७८
spot_img

केपी ओली: लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिनेछौं

लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिनेछौं

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिइछाड्ने बताएका छन् ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

एमालेको १०औं महाधिवेशनको उदघाटनपछि सम्बोधन गर्दै ओलीले छिमेकसँग पारस्परिक कुराकानीबाट समस्या समाधान गर्ने लक्ष्य रहेको भन्दै उक्त भूभाग फिर्ता लिने बताएका हुन् । छिमेकसँगको समस्या पारस्परिक कुराकानीबाट समाधान गर्नेछौं,’ ओलीले भने,‘लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिनेछौं ।’

ओलीले आफूहरु आवश्यकता अनुसार संविधान संशोधनको पक्षमा रहेको समेत स्पष्ट पारे । उनले भने,‘ आवश्यकता अनुसार जनताको चाहना अनुसार संविधानको आवश्यक संशोधन हुनसक्दछ । हामी त्यो मान्यतामा छौं ।’

ओलीले आफूहरु चुनावको तयारीमा जाने बताए । अबको चुनावमा एकल बहुमत ल्याउने दाबी समेत गरे । ‘हामी चुनावको तयारीमा जानेछौं,’ ओलीले भने,‘हामीले बहुमत ल्याउनेछौं, एमालेका लागि होइन देश र जनताका लागि ।’

अरु दलहरु यसअघि नै चुनाव देखि त्रसित भएको टिप्पणी गरे । आफूले जनताको बीचमा जाऔं भन्दा पनि त्रसित भएको टिप्पणी गरे ।

देशमा हिंसा फैलाउने षड्यन्त्र भइरहेकाले आफूहरु सचेत भएको बताए । उनले भने,‘जात–जात धर्म–धर्म भाषा–भाषाका रुपमा साम्प्रदायिक द्वेष फैलाएर हिंसा मच्चाउनेहरुको विपक्षमा छौं । सहअस्तित्व र सहकार्यको पक्षमा छौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार