बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

नेपाल गरिब देशबाट विकासशील राष्ट्रमा सुचिकृत : अब के हुन्छ?

संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई अति कम विकसित मुलुक एलडीसीबाट स्तरोन्नति गर्ने प्रस्तावलाई अनुमोदन गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई अति कम विकसित मुलुक एलडीसीबाट स्तरोन्नति गर्ने प्रस्तावलाई अनुमोदन गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेपालसँगै बाङ्ग्लादेश र लाओसलाई पनि स्तरोन्नति गर्ने प्रस्ताव पारित भएको छ। योसँगै नेपालले अब अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा उक्लनका लागि पाँच वर्षको सङ्क्रमणकालीन समय पाउने बताइएको छ।

पहिले त्यस्तो अवधि तीन वर्षको हुनेमा नेपालमा २०७२ सालमा गएको भूकम्पको प्रभाव र कोभिड महामारीलाई मध्यनजर गर्दै अहिले पाँच वर्षे सङ्क्रमणकालीन अवधि दिइएको अधिकारीहरूले बताएका छन्।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले ट्वीट गर्दै भनेको छ, “राष्ट्रसङ्घको महासभाले नेपाललाई एलडीसीको वर्गीकरणबाट माथि उक्लाउने एउटा ऐतिहासिक प्रस्तावलाई अनुमोदन गरेको छ।”

महासभाको ७६औँ सत्रको ४०औँ बैठकले उक्त प्रस्तावलाई स्वीकारेको हो। त्यस बैठकमा बोल्दै राष्ट्रसङ्घस्थित नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राईले भने, “नेपालको स्तरोन्नति अरूभन्दा फरक रहेको छ किनकि नेपालले पूरा गर्नुपर्ने तीनमध्ये दुई वटा मात्र मापदण्ड पूरा गरेको छ।”

एलडीसीबाट माथि उक्लनका लागि राष्ट्रिय प्रतिव्यक्ति आय १,२२२ अमेरिकी डलरभन्दा माथि हुनुपर्ने, मानव सम्पत्ति सूचकाङ्क ६६ वा माथि हुनुपर्ने र आर्थिक जोखिम सूचकाङ्क ३२ वा कम हुनुपर्ने मापदण्डहरू तोकिएका छन्।

तर नेपालले प्रतिव्यक्ति आयको मापदण्ड पूरा गर्न सकेको छैन। राईले यो नेपालका लागि अवसर र चुनौती दुवै भएको बताए। राष्ट्रिय योजना आयोगले एलडीसीबाट माथि उक्लन पेश गरेको विभिन्न तथ्याङ्क अब नेपालले गर्नुपर्ने काम
नेपालले एलडीसीबाट माथि उक्लनका लागि अब सन् २०२६ सम्मको समय पाएको छ।

यस अवधिमा नेपालले आफ्नो आर्थिक तथा सामाजिक हितका लागि विभिन्न कामहरू गर्नुपर्ने विज्ञहरू बताउँछन्। कतिपयले नेपालले आर्थिक सूचक राम्रो बनाइ नसकेको र एलडीसीबाट हटेपछि पाउने कैयौँ सुविधाहरू गुम्ने भएकाले अहिले नै स्तरोन्नति गर्नु नहुने मत राख्दै आएका छन्। यस्तो बेलामा अब नेपालले आफूले पाउँदै आएका व्यापारसम्बन्धी र अनुदानलगायतका सुविधा कायम राख्ने र आर्थिक उन्नति गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने अर्थशास्त्रीको भनाइ छ।

“अब नेपालले व्यापार तथा निर्यातमा पाइरहेका सहुलियतहरूलाई एलडीसीबाट माथि उक्लिएपछि पनि केही समय कायम राख्नका लागि द्विपक्षीय र बहुपक्षीय पहललाई कसरी अघि बढाउने भन्ने रणनीति बनाउनु पर्छ,” अर्थशास्त्री डा. पोषराज पाण्डे भन्छन्।

उनी नेपाल माथिल्लो स्तरको मुलुकको सूचीमा पुग्दा फाइदै पुग्ने तर्क गर्छन्। पाण्डेले भने, “नेपालमा विदेशी लगानी बढ्ने वातावरण बन्छ। नेपालमा आर्थिक अवस्था राम्रो छ त्यहाँ लगानी गरे बेफाइदा हुँदैन भन्ने सन्देश जान्छ।” पाण्डेका भनाइमा स्वदेशमा अहिले सुविधा पाइरहेका व्यापार व्यवसायलाई पछि सुविधा दिन नमिल्ने अवस्था आउने भएकाले त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने पनि सरकारले सोच्नुपर्ने हुन्छ।

एलडीसीबाट माथि उक्लिएपछि नेपालले पाउने वैदेशिक सहायता पनि कम हुनसक्ने कतिपयको भनाइ छ। त्यसलाई ध्यान दिएर नेपालले दातृ निकायसँग पनि थप छलफल र नयाँ योजनाहरू प्रस्तुत गर्नुपर्ने विज्ञको सुझाव छ। नेपाल अतिकम विकसित मुलुकबाट माथि उक्लँदा के फाइदा के बेफाइदा के नेपालले ‘अति गरिब मुलुक’ को ट्याग त्याग्ने बेला आएको हो
विकासशील राष्ट्रमा स्तरोन्नति नहुने इच्छा रणनीति बनाउँदै सरकार सरकारी अधिकारीहरूले एलडीसीबाट माथि उक्लने प्रस्तावलाई राष्ट्रसङ्घको महासभाले स्वीकारेपछि पाँच वर्षे सङ्क्रमणकालमा गर्नुपर्ने कार्यहरू अघि बढाइसकिएको बताएका छन्।

उनीहरूका भनाइमा नेपाल एलडीसीबाट बाहिरिँदा प्रभाव पर्ने सबै पक्षलाई राखेर छलफलहरू चलाउने काम सुरु भइसकेको छ। त्यस्तै सङ्क्रमणकालभित्र के-के कुराहरू कसरी गर्ने भन्नेबारे रणनीतिपत्र तयार पार्न लागिएको उनीहरू बताउँछन्।

एलडीसी मामिला हेर्ने राष्ट्रिय योजना आयोगका सहसचिव राजेन्द्र पौडेलका अनुसार नेपालले पूरा भएका दुई वटा सूचकहरूलाई थप सशक्त पार्दै पूरा नभएको प्रतिव्यक्ति आयलाई बढाउने गरी रणनीति बनाउने सोच बनाएको छ। त्यसका लागि आवश्यक छलफल र रणनीतिपत्र बनाउन प्रारम्भिक कार्य अघि बढाइसकिएको उनले जानकारी दिए।

कोरोनाभाइरसका कारण थप १२ लाख नेपाली गरिब, १६ लाख बेरोजगार कोभिड-१९ महामारीले नेपालमा कुन-कुन क्षेत्रमा पार्दैछ घातक असर फाइदा र बेफाइदा नेपाल एलडीसीको सूचीमा हुँदा गलैँचा र पस्मिना लगायतमा पाएको शून्य भन्सार महसुल सुविधादेखि कैयौँ अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिन जान पाउने मौका र त्यसका लागि लाग्ने टिकट खर्चसमेत पाइने अवस्था थियो।

अति कम विकसित मुलुकका रूपमा अहिलेसम्म पाउँदै आएका व्यापार, भ्रमण तथा अन्य सुविधाहरू पाँच वर्षलाई कायम रहे पनि त्यसपछि बन्द हुनेछ। कैयौँ नेपाली प्रतिनिधिहरूले त्यसकै नाममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका बैठकहरूमा सहभागिता जनाउन पाउँथे। एलडीसीबाट माथि उक्लेपछि त्यो बन्द हुनेछ। तर नेपाल तन्नम देशको सूचीमा नहुने बित्तिकै मानिसहरूको आत्मसम्मान र गरिमा बढ्ने तर्क गर्नेहरू पनि छन्। विश्व ब्याङ्कले सन् २०२० मै नेपाललाई न्यून आय भएको मुलुकबाट न्यून मध्यम आय भएको मुलुकमा उकालिसकेको छ। पाँच वर्षे सङ्क्रणकालमा कुनै कारणवश नेपालका सूचकाङ्क खस्किए भने राष्ट्र सङ्घले आफ्नो नीति परिवर्तन गर्न सक्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

‘प्राक्टिकल परीक्षा’को बहानामा नशालु पदार्थ खुवाएर १० कक्षाका १७ छात्राको स्कुलमै यौनशोषण

विधायकका अटवालका अनुसार पीडित परिवारले उनीसँग सम्पर्क गरेपछि उनले एसएसपी अभिषेक यादवसँग कुरा गरे र त्यसपछि जाँच सुरु गरियो ।

अब बेलायत जाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेका अनुसार बेलायतले विभिन्न देशमा गरेर एक लाख नर्स लैजान खाजेको बुझिएको छ ।

अब स्याटलाइटबाट जनगणना गर्ने

चिसो मौसम दैनिक बढ्दै गएको र सो क्षेत्रका स्थानीय लेकबाट जाडो छल्न बेँसी झर्ने गरिएकाले दार्चुलाको छाङरु र तिङ्करका स्थानीयवासीसँग प्रत्यक्ष रूपमा सम्पर्कसमेत गर्न सहज हुने रेग्मीले जानकारी दिए।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी

विभागले जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी अहिले तयारी गरिरहेको छ । उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो ।

जनवादी गायक जीवन शर्माले नाङ्लोमा गरेको पसलको तस्बिर भाइरल ! बास्तविकता यस्तो रहेछ

त्यही तस्बिर ट्वीट गर्दै प्रेम पुनले लेखेका छन्, ‘जनताका जनवादी चर्चित गायक जीवनशर्मा यसरी नाङ्ले पसल खोलेर आफ्नो जीविका चलाउछन् उनले चाँहेको भए करोडौको मालिक हुन्थे गरिब दुखि निमुखाका सारथी हुँदा छोराको उपचारसम्म गर्न हम्मेहम्मे पर्‍यो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search