आइतवार, मंसिर १२, २०७८
spot_img

प्रहरीको विशेष टोली परिचालन इच्छाराजकी श्रीमती सिर्जनालाई पक्राउ गर्न

संगठित अपराध र ठगी मुद्धामा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पक्राउ गर्न प्रहरीले विशेष टोली परिचालन गरेको छ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। संगठित अपराध र ठगी मुद्धामा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पक्राउ गर्न प्रहरीले विशेष टोली परिचालन गरेको छ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का प्रमुख, डीआईजी धीरज प्रताप सिंहले यो प्रकरणको मुख्य अभियुक्त नै सिर्जना भएकाले उनलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको बताए।

‘मुख्य व्यक्ति नै सिर्जना भएकाले उनीसहित फरार २४ जना अभियुक्तलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेका छौं’, सिंहले भने, ‘उनीहरु भाग्न सक्ने नाकाहरुमा पनि विशेष व्यवस्था गरिएको छ।’ सीआईबीले शुक्रबार नै इच्छाराज र उनीसँग जोडिएका व्यक्तिहरुको संगठित अपराध र ठगी सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

करिब दुई महिना लामो अनुसन्धानपछि सीआईबीले प्रतिवेदन बुझाएको हो। इच्छाराजलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो। उनीसहित अरु ११ जना पनि पक्राउ परेका थिए। सुरुमा ठगीको कसूरमा पक्राउ परेका तामाङको संगठित ठगी उजागर भएपछि संगठित अपराधमा समेत अनुसन्धान अघि बढाइएको थियो।

प्रहरीले इच्छाराजलाई ८ वर्ष कैद र बिगो बराबर ५ अर्ब ५९ करोड रुपैयाँ जरिबाना माग गर्न सिफारिस गरेको छ। यसबीचमा प्रहरीमा आउनसक्ने पीडितका निवेदनसमेत संलग्न गरेर सरकारी वकिललाई पठाउने सीआईबी प्रमुख डीआईजी सिंहले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार