सोमवार, मंसिर १३, २०७८
spot_img

नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने एसियन युथ पारा गेम्समा

एसियाली युथ पारा गेम्समा सहभागी हुने नेपाली तेक्वान्दो र ब्याडमिन्टन टोलीलाई शुक्रबार बिदाइ गरियो ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। एसियाली युथ पारा गेम्समा सहभागी हुने नेपाली तेक्वान्दो र ब्याडमिन्टन टोलीलाई शुक्रबार बिदाइ गरियो ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले टोलीलाई सफलताको शुभकामना दिदै सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । विभिन्‍न ९ खेल समावेश युथ पारामा नेपालले तेक्वान्दो र ब्याडमिन्टनमा सहभागिता जनाउन लागेको हो ।

तेक्वान्दोमा ३ र ब्याडमिन्टनमा १ गरी ४ खेलाडीले बहराइनको मनामामा डिसेम्बर २ देखि ६ तारिखसम्म हुने युथ पारामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । तेक्वान्दोतर्फ के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि विशाल गर्बुजा तथा महिला ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोबद्र्धन र ५२ केजीमुनि सिर्जना घिसिङले प्रतिस्पर्धा गर्ने छन्। प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल-२ प्रशिक्षक कविराज नेगी लामा रहेका छन् ।

ब्याडमिन्टनमा प्रकाश अधिकारीले एसएल– ४४ क्याटगोरीको पुरुष सिंगल्समा खेल्ने छन् । टोलीको नेतृत्व राष्ट्रिय खेलकुद परिषद्का बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले गर्ने छिन् । तीन सदस्यीय तेक्वान्दो टोली खेलाडीद्वय सिर्जना र विशाल तथा प्रशिक्षक लामा शुक्रबारै बहराइन प्रस्थान गरेका छन् । बाँकी टोली शनिबार जाँदैछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार