बुधबार, माघ ५, २०७८
बुधबार, माघ ५, २०७८
Poco C3

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

prem aale

नेपाल अनलाइन पत्रिका – काठमाडौं। ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

- Advertisement -Poco C3

आज एकै दिन दुई वटा कुराले मन्त्री ओले फेरी भाइरल भएका छन् । एयरपोर्टमा निशुल्क बससेवाको उद्घाटन गर्दै आफै सार्वजनिक यातायातका खाँदिएर यात्रा गरेका ओलेको उक्त कामको चर्चा सेलाउँन नपाउँदै अर्को अभिव्यक्तीले फेरी बजार तताएको छ ।

काम राम्रो गरेको भए पनि यसै त मोटो ज्यानका मन्त्री आले माइक्रोमा बस्दाको तस्बिर आज निकै भाइरल भएको थियो । केहि दिन अघि मात्रै भारतिय रामदेव बाबालाई उनले गरेको नमस्कारको चर्चा पनि एकातिर छँदैछ , आज फेरी मन्त्री आलेले आफुलाई रकेट र कर्मचारीलाई थोत्रो ट्वीनटर जस्तो भनेर भाषण गरेर चर्चा कमाएका छन् ।

मन्त्री आलेले आफूले सोचेजस्तो काम गर्न नसकेको बताएका छन् । कर्मचारी प्रशासनको सुस्तताको कारण आफूले भनेजस्तो काम गर्न नसकेको उनको भनाइ छ ।आफूले पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासका लागि तीव्रगतिमा काम गरिरहेको भन्दै उनले तर कर्मचारी संयन्त्रको गति सुस्त भएको गुनासो गरे ।

पदमार्ग निर्माणका लागि पनि एउटै ठेकेदार कम्पनीले मात्रै पाउने गरी कर्मचारी संयन्त्रले ठेक्का मिलाउने गरेको भन्दै प्रतिस्पर्धा हुन नपाउँदा त्यहाँ पनि भ्रष्टाचार भएको बताए । बुधबार नेपाल पर्वतारोहण संघले गरेको कार्यक्रममा मन्त्री आलेले आफ्नो स्पीड रकेटजस्तो र कर्मचारी थोत्रा ट्वीनटरजस्तो भएको टिप्पणीसमेत गरे ।

पर्वतीय पर्यटन मजदुरका लागि जापानको निप्पोन फाउण्डेसनले गरेको सहयोग रकम स्वीकार गरी वितरण गर्नेबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री आलेले यस्तो गुनसो गरेका हुन् । नेपाल पर्वतारोहण संघले ६ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गर्दा त्यसको राजश्व सरकारले लिने गरेको भन्दै उनले उक्त रकमको १० प्रतिशत मजदुरका लागि कल्याणकारी कोष बनाएर राख्न र आवश्यक पर्दा दिन आग्रह गरे ।

सो को जवाफमा मन्त्री आलेले राजश्वको १० प्रतिशत मजदुरका लागि छुट्याउन कुनै समस्या नभएको भन्दै त्यसका लागि पहल गर्ने र पहिलेका मन्त्रीले किन गर्न खोजेनन् भन्ने कुरा उनीहरुकै समस्या भएको पनि बताए ।

पर्यटनमन्त्री आले यसअघि वनमन्त्री भएका बेला अनियन्त्रित अभिव्यक्तिका कारण चर्चित भएका थिए । मन्त्री आलेले कहिले यो सरकार जनताप्रति उत्तरदायी सरकार होइन त कहिले सरकारको स्पिड सात नम्बरको गेयरमा चलिरहेको छ र सोझै समुद्रमा पुग्ने हो भन्दै अभिव्यक्ति दिएका थिए ।

त्यसैगरी वनमन्त्री हुँदा उनले रुखलाई मानिसले अक्सिजन दिने कुरा गरेका थिए भने कोभिड १९ को संक्रमण बढेको बेला चीन सरकारले दिएको अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेर वितरण गरेका थिए । जसका कारण मन्त्री आले चर्चा र विवादमा तानिएका थिए ।

कोभिड १९ का कारण पर्वतीय पर्यटन क्षेत्रका मजदुरलाई आर्थिक समस्या परेको भन्दै नेपाल पर्वतारोहण संघको आग्रहमा जापानको निप्पोन फाउण्डेसनले २ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

त्यसमा नेपाल पर्वतारोहण संघले पनि केही रकम थप गरी ३ हजार पर्वतीय पर्यटनका मजदुरलाई वितरण गर्ने भएको छ ।नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङका अनुसार करिब ११ हजार पर्वतीय पर्यटन मजदुरमध्ये अत्यावश्यक भएका तीन हजार मजदुरलाई प्रतिव्यक्ति ५० अमेरिकी डलर बराबरको सहयोग गर्न लागिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

जापानी महिलाले वीर्यदातासँग २८ लाख डलर क्षतिपूर्ति मागिन्

परिचय नखुलाइएकी तथा राजधानी टोक्यो निवासी ३० वर्षीया ती महिलाले भनेकी छन्, ‘म र मेरो पति दोस्रो बच्चा जन्माउन चाहन्थ्यौँ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App