मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ : लिङ्देनलाई ओलीको कटाक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई कटाक्ष गरेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई कटाक्ष गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले राजतन्त्रको पक्षमा बोलेका थिए । त्यसपछि सम्बोधन गरेका ओलीले नागरिक स्वाभिमान बिर्सिएर जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मान्नु आश्चर्य भएको बताए । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

‘नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ । यस्ता कुरा बोकेर हिँड्ने ?’ ओलीले भने, ‘भर्खर भर्खर अध्यक्षमा छानिएको रातताप होला केही साथीहरुलाई । त्यस राततापमा भर्खर भर्खरको बाच्छो हिँड्न जाँदैन, अलिबढी कुद्छ क्या ।’ ओलीले यस्तो रापताप अलि समयपछि सेलाउने पनि टिप्पणी गरे । लिङ्देन मंसिर १९ गते राप्रपाको अध्यक्षमा निर्वाचित भएका थिए ।

- Advertisement -Poco C3

यो पनि पढ्नुहोस : कांग्रेस सभामा राजसंस्थाको बहस, निशानामा परे लिङदेन !

पछिल्लो समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग कत्ति पनि ठ्याक मिल्दैन । हालै दुईपटकको पार्टी विभाजनबाट अलगथलग बनेयता उनीहरू एकअर्कालाई गाली गरेर थाक्दैनन् । तर, आज उनीहरु ‘वाध्यताबस’ एउटै मञ्चमा देखा परे ।

अवसर थियो नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोह । सत्तारुढ गठवन्धनका सहयात्री दलको महाधिवेशनमा प्रचण्ड र नेपाल जाने त निश्चित नै थियो । एमाले अध्यक्ष ओलीले पनि कांग्रेसको आमन्त्रण पन्छाउन चाहेनन् । यसअघि एमाले महाधिवेशनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएकाले त्यसको पैंचो पनि तिर्नुपर्ने थियो उनलाई ।

एकसाथ मञ्चमा उभिए पनि तीन नेताबीच खासै सौहार्दता देखिएन । उनीहरुले एकअर्कालाई वास्ता गरेनन् । नमस्कार आदानप्रदानसम्म भएन । ओली र प्रचण्डबीच भने एकपटक संवाद भएको देखियो ।

भाषणमा पनि उनीहरूबीच कटाक्ष र घोचपेच भयो नै । तर, एउटा कुरामा भने तीनै नेताको मतो मिलेको देखियो । प्रसंग थियो राजसंस्थाको । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनको भाषणविरुद्ध उनीहरू एक ठाउँ उभिएका थिए ।

लिङदेनले कांग्रेसको मञ्च उपयोग गर्दै राजसंस्थाको वकालत गरेका थिए । उनले नेताहरुलाई जनताले ‘चोर’ को नजरले हेर्न थालेको दावी पनि गरेका थिए । फलतः गणतन्त्रवादी नेताहरुका लागि लिङदेनको अभिव्यक्ति ‘गरम मसला’ बन्यो । ओली, प्रचण्ड र नेपाल तीनैजनाले लिङदेनलाई निशाना बनाए ।

के भनेका थिए लिङदेनले ?
लिङदेनले आफ्नो भाषणमा देशको राजनीति लिकबाहिर गएको र जनतामा नेताहरुले आफ्नो विश्वास गुमाएको बताएका थिए । उनले भनेका थिए, ‘देशको राजनीति ठीक छैन । राजनीति ठीक लगाउनुपर्ने नेताहरुले हो । तर नेताहरुले पूर्णंरुपमा जनताको विश्वास गुमाएको अवस्था छ । मेरो गाउँतिर आजकाल नेता आउँदा मान्छेले कुन नेता भनेर नाम सम्झिदैनन्, कुन चैं चोर आएछ भनेर भन्छन् ।’

देशको राजनीतिलाई ठीक गर्नका लागि राजसंस्था चाहिने लिङदेनले बताए । लोकतन्त्र र गणतन्त्रका निम्ति लडेका दलका शीर्ष नेताहरूले लिङदेनको अभिव्यक्ति पचाउन सकेनन् । सबैभन्दा पहिले उनलाई जवाफ दिए नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ।

नेता नेपाल आफ्नो भाषणको सुरुमै लिङदेनमाथि खनिए । प्रतिगामी तत्वहरुलाई टाउको उठाउन खोजेको भन्दै उनले बगेको खोला फेरि पछाडि फर्काउने दुस्साहस नगर्न चेतावनी दिए । नेपालले भने, ‘अब नेपालका राजतन्त्रको कुनै भविष्य छैन । पूर्वराजाले बरु नयाँ पार्टी खोले हुन्छ । वा, व्यापार गरेर बसे हुन्छ ।’ त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि लिङदेनमाथि निशाना साँधे ।

उनले भने, ‘एकजना वक्ताले नेताहरू आए भने गाउँ घरमा चोर आयो भन्छन् भन्नुभएको तपाईंहरुले सुन्नुभयो । यो साँचो हो त साथीहरू ?’ त्यसपछि आफैंले जवाफ दिए, ‘होइन । गलत हो । यो केको निम्ति भनियो ? लोकतन्त्रका लागि संघर्ष गरेका दल र नेतालाई बदनाम गर्न खोजिन्छ भने त्यो निरंकुशता र तानाशाही जन्माउने षडयन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ ।’

प्रचण्डपछि बोलेका एमाले अध्यक्ष ओलीले आफ्नै शैलीमा लिङदेनको अभिव्यक्तिको खिल्ली उडाए । उनले लिङदेनलाई भर्खरै जन्मेको बाच्छोसँग तुलना गरेका थिए । ओलीले भने, ‘आजको समयमा पनि जन्मसिद्ध श्रेष्ठताको कुरा कुरा गर्नु आश्चर्यजनक छ । नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्न ?’

लिङदेनको नाम नलिइकन ओलीले भने, ‘केही साथीहरुलाई भर्खर भर्खर अध्यक्ष भएको रापताप हुन सक्छ । भर्खर जन्मेको बाँच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ क्या । अलिक समयमा ठीकमा आउला भन्ने लाग्छ मलाई ।’ ‘उहाँले हरेक नेता चोर हुन्छ भन्ने खालको कुरा गर्नुभयो । नयाँ-नयाँ अध्यक्ष भएको रापताप होला । भर्खर भर्खरको बाच्छो अलि कुद्छ क्या, हिँड्न जान्दैन । अलिक समयमा ठिकमा आउला भन्ने लाग्छ मलाई ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App