सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

ओलीको आरोपः डा. केसीसँग सम्झौता गरेर विद्यार्थी विदेश सप्लाई गर्नेलाई साथ दिए देउवाले

तर विदेशको विद्यार्थी सप्लाईको कारोबार चलाउनु परेको छ यहाँ। स्कुल, क्याम्पस बन्द गर्नु परेको छ। बुद्धिजीविहरु मौन छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग नौ बुँदे सम्झौंता गरेर विदेशमा विद्यार्थीहरुलाई सप्लाई गरेर कारोबार चलाउनेहरुलाई साथ दिएको टिप्पणी गरेका छन्।

शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढने सपना बर्बाद पारेको गम्भीर आरोपसमेत लगाए।

- Advertisement -Poco C3

उनले डा. केसीसँग प्रधानमन्त्री देउवाले गरेको सम्झौंताले विदेशमा पैसा र छोरीछोरी पठाउने कम्पनीलाई फाइदा पुर्‍याएर नसक्नेको जीवन बर्बाद पारिएको तर्क गरे। उनले स्कुल, कलेज बन्द गर्न सो सम्झौंता भएको र त्यसबारे बुद्धिजीविहरुले मौनता साँधेको भन्दै आक्रोश व्यक्त गरे।

उनले सरकारकै कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको र बैंकहरुमा तरलताको अभाव देखिएको दावीसमेत गरे। अध्यक्ष ओलीले भने, ‘हिजो प्रधानमन्त्रीले एक जना कुन डाक्टरसँग नौं बूँदे सम्झौंता गरे रे! ७ वटा माग पूरा गर्न नौं बूँदे सम्झौंता। त्यो सम्झौता किनभने यहाँ नर्सिङ क्याम्पस चलाउन पाइँदैन।

नत्र भने विदेशमा विद्यार्थी पठाउने कम्पनीहरु बर्बाद हुन्छन्। त्यसकारण विदेश पढ्न पठाउनलाई यहाँ खोल्न नदिने। सक्नेले पैसा र छोराछोरी बाहिर पठाउ, नसक्ने बर्बाद होऊ। तर विदेशको विद्यार्थी सप्लाईको कारोबार चलाउनु परेको छ यहाँ। स्कुल, क्याम्पस बन्द गर्नु परेको छ। बुद्धिजीविहरु मौन छन्। अर्थतन्त्र ध्वस्त छ।’

अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै इज्जत नभएकाहरु सधैं सरकारमा रहने अवस्था रहेको भन्दै व्यंग्य पनि गरे। उनले आफ्नो पार्टीले भने सरकारमा बसेर आफ्ना नीति कार्यान्वयन गर्दै अघि बढने वा प्रतिपक्षमा रहेर गलत नीतिको विरोध गरेर देश र जनताको सेवा गर्ने गरेको दावी गरे।

उनले भने, ‘अलिकति इज्जत छोडने हो भने त जहिले पनि सरकारबाट हट्नु नपर्ने अवस्था छ। जस्तो प्रचण्डजीहरु हट्नुहुन्न। म हुँदा पनि उहाँहरु सरकारमै हुनुहुन्छ। काँग्रेस हुँदा पनि सरकारमै हुनुहुन्छ। अर्को हुँदा पनि सरकारमै हुनुहुन्छ। अलिकति इज्जत छोड्यो भने जहिले पनि सरकारमा बस्नुपर्ने खालको अवस्था।

इज्जतसाथ मात्रै कि सरकारमा हुन्छ, कि प्रतिपक्षमा। कि आफ्नो नीति कार्यान्वयन गर्छ, कि गलत नीतिका विरुद्ध लड्छ।’ अध्यक्ष ओलीले माओवादी जनयुद्धका कारण रोजगारीको खोजीमा धेरैजसो युवाहरु विदेश जानु परेको औंल्याउँदै अब त्यस्तो अवस्थाको अन्त्य भएको पनि बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

उनलाई संक्रमण भएपछि एमाले समसामयिक विषयहरूमा प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने भएको छ । ओली बालकोटस्थित निवासमै आइसोलेसनमा रहेको उनी निकटस्थहरूले जानकारी दिएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App