सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

माओवादीमा प्रतिवेदनमाथि दुई दिनको छलफल- वाम पार्टीको कर्मकाण्ड !

महाधिवेशनलाई बहसमा केन्द्रीत गर्ने बताएको माओवादीमा प्रचण्डको प्रतिवेदनमा घनीभूत छलफल भयो । एक दिन दिनभर र अर्को दिन मध्याह्नसम्म १६३१ प्रतिनिधिले २५ समूहमा विभाजित भएर प्रचण्डको प्रतिवेदनमा छलफल गरे ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत सोमबार पेस गरेको राजनीतिक प्रतिवेदन पास भएको छ । महाधिवेशन उद्घाटनपछि अध्यक्ष प्रचण्डले बन्दसत्रमा ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

महाधिवेशनलाई बहसमा केन्द्रीत गर्ने बताएको माओवादीमा प्रचण्डको प्रतिवेदनमा घनीभूत छलफल भयो । एक दिन दिनभर र अर्को दिन मध्याह्नसम्म १६३१ प्रतिनिधिले २५ समूहमा विभाजित भएर प्रचण्डको प्रतिवेदनमा छलफल गरे ।

- Advertisement -Poco C3

प्रतिवेन वाचन भएर सञ्चारमाध्यमा ‘लिक’ भइसक्दा सम्म प्रतिनिधिलाई वितरण नगरिएको प्रतिवेदनमाथि छलफल गरेपछि टोली नेताले दुई दिन लगाएर प्रतिवेदनबारे आफ्नो समूहले दिएको सुझावलाई बन्दसत्रको हलमा राखेका थिए । त्यसक्रममा एक पुरक प्रस्ताव र दुई फरक मत पेस भए ।

समूहगत छलफलका क्रममा प्रतिनिधिहरुले नेताहरुको जीवनशैली, विलासी जीवन, सम्पत्ति छानबिन, प्रचण्डका घरबेटीको प्रसंग, एमसीस, पार्टी सरकारमा सहभागी भए पनि जनमुखी काम गर्न नसकेको लगायका विषयमा प्रचण्डमाथि प्रश्न गरेका थिए ।

धेरै समूहमा एमसीसीबारे प्रतिवेदनमा कम मात्र उल्लेख गरिएका थप स्पस्ट पार्न र एमसीसी खारेजीबारे प्रतिवेदनमा उल्लेख गर्नुपर्ने बलियो मत थियो । तर प्रचण्डले त्यसलाई अस्वीकार गरिदिए ।

कर्मकाण्डी छलफल !

वामपन्थी पार्टीमा विशेषगरि वैचारिक तथा राजनीतिक प्रस्ताव राख्ने र त्यसका शब्द शब्दमा मन्थन गर्ने पुरानो परिपाटी हो । विभिन्न राजनीतिक दलहरुमाथिको दृष्टिकोण, पार्टीको कार्यक्रम, कार्यदिशासहित आत्मालोचनाका विषय पनि समावेश हुने गरेका छन् ।

तर यस पटक प्रचण्डको राजनीतिक दस्तावेजमा अन्य राजनीतिक दलमाथिको दृष्टिकोण प्रस्तुत नभएको भन्दै आलोचना भएको थियो र समूहगत छलफलमा समेत त्यसबारे प्रश्न उठेको थियो । तर प्रचण्डले त्यसबारे स्पस्ट पार्नुपर्ने कुनै सान्दर्भिकता देखेनन् ।

समूहगत छलफलमा गम्भीर विषयबारे पार्टीको आधिकारिक लाइन यही हो भन्ने हुँदा किन छलफलको कर्मकाण्ड गर्नुपर्‍यो भन्ने आवाज महाधिवेशनमा आएका प्रतिनिधिले नउठाएका होइन् ।

महाधिवेशन प्रतिनिधिले एमसीसी खारेजीको विषयमा यसलाई थप स्पष्ट पार्न माग गरेको भए पनि प्रचण्डले आफूले प्रतिवेदनमा पेस गरेको कुरा नै सही र पार्टी लाइन भएको भन्दै झण्डै दुई दिन घनिभूत भएको छलफलमा कर्मकाण्ड बनाइदिए ।

त्यति मात्र होइन सम्पत्ति छानबिनका लागि माग भइरहँदा त्यबारे उनले ठोस जवाफ दिन सक्थे । उनले त्यसो गरेनन् र अमूर्त भाषण गरेर सबै विषयलाई समेटेर लैजाने भन्दै टारे । बरु उनलाई आफ्नो प्रतिवेदनको मूल स्पिरिट सही छ भन्ने पाएको भन्दै वचाउ गरे ।

उनले प्रतिवेदनमा आमूल परिवर्तनको आवश्यकता नदेखिएको बताए । उनले कार्यकर्ताको एमसीसीबारेको माग सम्बोधन गर्दा गठबन्धनमा धक्का पर्ने त होइन भन्ने सम्झिएर धेरै उत्तेजित नहुन बरु कार्यर्तालाई आग्रह गरे ।

बन्दसत्रमा उनले भने, ‘धेरै उत्तेजित हुनुभन्दा यसमा रणनीतिक रुपमा जानुपर्छ, यसले लोकतान्त्रिक गठबन्धन भत्किने हुन हुँदैन।’ नेता कार्यकर्ताको व्यवस्थापन देखि दुई पटक भन्दा बढी लाभको पदमा बस्न दिन नहुने बारे सुझाव आएको थियो तर त्यो कर्मकाण्डमा सीमित भयो ।

आखिर प्रचण्डले प्रतिवेदनमा जे लेखेका थिए सारमा त्यसलाई नै हलले पारित गर्‍यो । बन्दसत्रस्थलबाट बाहिरिँदै गर्दा एक जना प्रतिनिधि प्रश्न गर्दै थिए, ‘हामीले भनेको केही नहुने र यसै गर्नका लागि जाडोमा दुई दिन किन बसाएको ?’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App