मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

एप्पलले यो वर्षदेखि बन्द गरेका प्रडक्टहरू यी हुन्

संसारकै मूल्यवान कम्पनी एप्पलले यो वर्ष केवल नयाँ उत्पादन बजारमा ल्याएको मात्र होइन यसअघिका आफ्ना विभिन्न प्रडक्टहरूलाई सदाका लागि बिदाइसमेत गरेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। यो वर्ष सन् २०२१ मा एप्पलले २४ इन्चको नयाँ आइम्याकदेखि ४ मोडेलका आइफोन १३ लगायतका नयाँ उत्पादनहरू बजारमा ल्यायो ।

संसारकै मूल्यवान कम्पनी एप्पलले यो वर्ष केवल नयाँ उत्पादन बजारमा ल्याएको मात्र होइन यसअघिका आफ्ना विभिन्न प्रडक्टहरूलाई सदाका लागि बिदाइसमेत गरेको छ । एप्पलले यो वर्षदेखि उत्पादन बन्द गरेका आफ्ना विभिन्न उपकरण तथा पाटपुर्जाहरू:

१. होमपडः

- Advertisement -Poco C3

गत मार्च महिनामा एप्पलले पूर्ण आकारको होमपडको उत्पादन बन्द गरेर त्यसको श्रोतलाई होमपड मिनी बनाउन प्रयोग गर्ने घोषणा गर्यो । यद्यपि, हाल प्रयोगमा रहेका पूर्ण आकारका होमपडका लागि मर्मत, सफ्टवेयर अपडेट तथा सपोर्ट भने निरन्तर प्रदान गर्ने एप्पलले जनाएको छ ।

एप्पलले ठूलो पूर्ण आकारको होमपड सन् २०१८ को फेब्रुअरीदेखि बजारमा ल्याएको हो । जसको मूल्य ३४९ डलर तोकिएको थियो, जुन यसका प्रतिस्पर्धी गुगल तथा अमेजनका स्मार्ट स्पिकरहरूभन्दा महंगो थियो ।

अमेजनको इको र गुगलको होमभन्दा महंगो हुनुका कारण एप्पलको होमपड धेरै उपभोक्ताको रोजाइमा पर्न सकेन । होमपडको मूल्य घटाएर २९९ डलर कायम गर्दासमेत बिक्रीमा सुधार नआएपछि एप्पलले यो प्रडक्टलाई बिदा गर्ने निर्णय गरेको हुनुपर्दछ ।

२. आइम्याक प्रो :

सन् २०२१ को मार्च महिनामै एप्पलले होमपडसँगै आइम्याक प्रोको उत्पादन पनि बन्द गर्ने निर्णय गर्‍यो । २७ इन्चको आइम्याक प्रो आइम्याक प्रयोगकर्ताबीच निकै लोकप्रिय रहेको बताउँदा बताउँदै पनि एप्पलले त्यसको साटो म्याक प्रो प्रयोग गर्न सुझाव दिएको छ ।

सन् २०१७ मा पहिलोपटक बजारमा आएको आइम्याक प्रोमा एप्पलले खासै हार्डवेयर अपडेट गरेन । जसका कारण आइम्याक प्रोको तुलनामा २७ इन्चको अर्को आइम्याक सस्तो तथा फास्ट देखियो ।

आइम्याक प्रो बन्द गरेसँगै एप्पलले आगामी वर्ष एम वान प्रो तथा एम वान म्याक्स चिप्ससहितका २७ इन्चका प्रिमियम आइम्याकहरू बजारमा ल्याउने अपेक्षा गरिएको छ ।

आइम्याक प्रो बन्द गरेको केही महिनापछि नै एप्पलले म्याकको म्याजिक किबोर्ड, म्याजिक ट्रयाकप्याड तथा म्याजिक माउसको स्पेस ग्रे भर्सन छुट्टै बिक्री गर्न पनि बन्द गर्यो । हाल उल्लेखित एसेसरिजहरू सिल्भर भर्सनमा चाहिँ बिक्री भइरहेका छन् ।

३. २१.५ इन्चको आइम्याक

एप्पलले गत अक्टोबरमा आफ्नो २१.५ इन्च मोडेलको अन्तिम आइम्याकको उत्पादन पनि बन्द गरेको छ । शैक्षिक संस्था तथा विद्यार्थीहरूलाई लक्षित गरी उत्पादन गरिएको यो आइम्याक अन्य मोडेलभन्दा सस्तो थियो ।

एप्पलले आफ्नै एमवान चिपयुक्त अल्ट्राथिन २४ इन्चको आइम्याक ल्याएसँगै २१.५ इन्चको यो आइम्याक बन्द गर्नुपरेको हो । हाल एप्पलसँग प्रिमियम म्याक मिनी, २७ इन्चको आइम्याक र म्याक प्रो गरी इन्टेल चिपयुक्त तीनवटा आइम्याक छन् ।

एप्पलले सन् २०२१ मा केही थप प्रडक्टलाई Vintage तथा Obsolete सूचीमा राखेको छ । एप्पलको अब्सोलेट सूचीमा राखिएका प्रडक्टहरूमा सन् २०१२ मा रिलिज भएको चौथो पुस्ताको आइप्याड, १६ जिबीको पाँचौं पुस्ताको आइपड टच, सन् २०११ मा रिलिज भएको आइप्याड टु तथा रेटिना डिस्प्ले सहितको १३ इन्चको म्याकबुक प्रो रहेका छन् ।

त्यस्तै भिन्टेज सूचीमा थपिएका प्रडक्टहरूमा आइफोन प्लस, थर्ड जेनेरेसन एप्पल टिभी र एप्पल एए ब्याट्री चार्जर रहेका छन् ।

स्मरण रहोस् एप्पलले ५-७ वर्षदेखि बिक्री बन्द गरेका प्रडक्टलाई Vintage सूचिमा राख्दछ भने बिक्री बन्द गरेको ७ वर्षभन्दा धेरै समय भइसकेका प्रडक्टलाई इदकयभितभ सूचीमा राख्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।

एसेम्बल गरिएका इलेक्ट्रिक बाइक नेपालमा सार्वजनिक

अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपालमा एसेम्बल गरिएका इलेक्ट्रिक बाइक सार्वजनिक गरेकाे छ ।

‘वेब ३.०’ के हो, अनि कसरी काम हुन्छ ?

साथै एउटै अकाउन्टको माध्यमबाट प्रयोगकर्ताले इन्टरनेट मिडिया, ई-मेल, शपिङ साइट आदिमा पहुँच बनाउन सक्नेछन् । आज हामी तपाईंलाई यही वेब ३.० को विषयमा बताउँदै छौँ ।

‘साओमी १२ लाइट’ सस्तो मूल्यमा बजारमा आउँदै

साओमीले गत डिसेम्बरमा आफ्नो फ्ल्यागशिप सिरिज साओमी १२ सार्वजनिक गरेको थियो ।

एप्पलको बहुप्रतिक्षित एआर/भीआर हेडसेट कहिले आउँदैछ ?

पछिल्लाे समय एप्पलले आउँदो जुन महिनासम्म यो उत्पादन बजारमा ल्याउने चर्चा गरिएकाे थियो ।

वर्ल्डलिङ्क: इन्टरनेट गुणस्तर बढाउन देशभरका ग्राहकको पुरानो फाइबर निःशुल्क फेर्दै

देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो इन्टरनेट सेवाको गुणस्तर बढाउन पुराना फाइबर केबल परिवर्तन गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App