सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

कति संभव छ देउवा बदलिन?

शेरबहादुर देउवा त्यस्ता भाग्यमानी अपवाद हुन, घुमिफिरी पटक–पटक प्रधानमन्त्री बन्ने र राष्ट्रिय राजनीतिको शक्ति केन्द्रमा रहिरहने अवसर प्राप्त गर्दै आएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। समयले एउटै व्यक्तिलाई बारम्बार अवसर दिँदैन । शेरबहादुर देउवा त्यस्ता भाग्यमानी अपवाद हुन, घुमिफिरी पटक–पटक प्रधानमन्त्री बन्ने र राष्ट्रिय राजनीतिको शक्ति केन्द्रमा रहिरहने अवसर प्राप्त गर्दै आएका छन् ।

अबको पाँच बर्षसम्म मुलुकको आर्थिक, राजनीतिक र सामाजिक विकासको गन्तव्य धेरै हदमा उनले लिने भूमिका र निर्णयबाट तरंगित हुने अवस्था छ । यसर्थ पनि देउवाका लागि आफूले आफैंलाई बदल्ने यो स्वर्ण अवसर हो । तर, बदलिन देउवाका लागि सबैभन्दा पहिला घरभित्रैको चुनौति सामाना गर्नुपर्ने उनीसँग निकट सम्वन्ध राख्ने नेताहरू नै बताउने गर्छन् ।

- Advertisement -Poco C3

कार्यकारी प्रमुखका रुपमा गर्ने कार्य सम्पादनमा देउवा आँफै कति स्वतन्त्र छन् ? साँच्चै उनी बदलिन चाहे घरभित्रैबाट सिर्जना हुने तगारो नाघ्न सक्लान् ? त्यसपछि उनका वरिपरि रहने स्वार्थ समूहबाट बाहिर निस्कनुपर्ने हुन्छ, त्यो कति संभव होला ? साढे पाँच महिनाको सरकार संचालनको अनुभवले देउवा यी सबै पर्खालहरू नाघेर आफूलाई बदल्ने मार्गमा हिँड्लान् भन्ने आशा भने धेरै न्यून छ ।

सभापतिका रुपमा पार्टीमा दोस्रोपटक शक्तिशाली बनेर आएका देउवालाई कतै मनमा त लाग्दो हो, राजनीतिक जीवनको अन्तिम यात्रातिर आउँदा दुनियाँले सम्झने गरि काम गरेर देखाऊ । तर, उनी यस्तो स्वार्थी मानिसहरूको दलदलमा फसेका छन्, जसबाट बाहिर निस्कन उनलाई सामान्य चाहनाले मात्रै संभव छैन ।

प्रधानमन्त्री बनेको यतिका दिनसम्म उनी किन आफ्नै सचिवालय बनाउन सकिरहेका छैनन् ? उनको सचिवालय स्वकीय सचिव भानु देउवाको भरमा छ । प्रधानमन्त्रीसँग सचिवालयमा नत राजनीतिक सल्लाहकार छन, नत परराष्ट्र मामलाका कुनै विज्ञ नै । प्रेस सल्लाहकार नै कसलाई बनाउने भन्ने घरभित्रै अन्तरद्वन्द्वले अहिले सम्म औपचारिक रुपमा कसैले नियुक्ति पाउन सकेको छैनन् ।

नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयबाट सम्पादन हुने काम ४८ वटा तोकिएका छन् । तत्कालिन प्रधानमन्त्री केपी ओलीले अवशिष्ट अधिकार समेत प्रयोग गर्न पाउने गरि आफूमा केन्द्रित गरेका शक्ति फर्काउन उनले किन हिच्किचाहट गर्दै आएका छन् ? अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ती शुद्धीकरण र राजस्व अनुसन्धान विभाग, गृहमन्त्रालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागजस्ता शक्तिशाली निकायहरू अझै प्रधानमन्त्री मातहत नै छन् ।

तत्कालिन प्रधानमन्त्री ओलीले यीसहित एक दर्जन निकाय र निगरानीका संयन्त्रहरू आफू मातहत ल्याउँदा त्यतिबेला प्रमुख प्रतिपक्षमा रहेका देउवाले ‘अधिनायकवाद’ को संज्ञा दिएका थिए । स्वायत्त निकाय रहनुपर्ने महान्यायाधिवक्ता र सम्पत्ति शुद्धीकरण जस्ता निकायहरू प्रधानमन्त्री मातहत नै रहदै आएका छन् । देउवा प्रधानमन्त्रीमा आईसकेपछि अर्थले राजस्व अनुसन्धान विभाग र गृहले अनुसन्धान विभाग आफ्नो मातहत राख्न नखोजेका पनि होइनन् । तर, प्रधानमन्त्री देउवाको अनिच्छाका कारण संभव भएका छैनन् ।

राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (हाल खारेज), लगानी बोर्ड, राष्ट्रिय सर्तकता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय, नेपाल ट्रष्टको कार्यालय, गरिबी निवारण कोष जस्ता महत्वपूर्ण राज्यका निकायहरू प्रधानमन्त्री मातहतमै छन् ।

प्रधानमन्त्री देउवाका कार्यकारणी निर्णयमा उनकै श्रीमति आरजु राणाले दख्खल दिने गरेका घटनाहरू यत्रतत्र सुनिने गर्छन् । कार्यकारणीमाथि घरभित्रैबाट हुने सीमाहिन यस्ता हस्तक्षेपले प्रधानमन्त्री देउवालाई आलोचित त बनाएको छ नै, समग्र पार्टीलाई बदनाम बनाउने काम गरेको कांग्रेसका नेताहरू सुनाउने गर्छन् । नेता अर्जुननरसिंह केसीले केही समयअघि पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमै सरकार कसले चलाउँदै छ भन्दै आरजुका विवादास्पद कदमलाई लिएर प्रश्न उठाएका थिए । त्यतिबेला पार्टीका अन्य कतिपय मन्त्रीहरूले शक्तिशाली र आर्थिक चलखेल हुने क्षेत्रका नियुक्तिहरूमा ‘म्याडम’ को सहमति विपरित संभव नहुने भनेर खुलेआम भन्ने गर्थे । सरकारका विवादस्पद निर्णयकापछि कुनै न कुनै रुपमा आरजुकै नाम जोडिने गर्छ । उनले शिक्षा, स्वास्थ्य र जग्गामा केही नाम चलेका व्यवसायीहरू मार्फत् लगाली गरेको चर्चा समेत कांग्रेसवृत्तमा व्याप्त छ ।

यसैपटक धनाढ्य उमेश श्रेष्ठलाई तत्कालिन स्वास्थ्य राज्यमन्त्री (हाल प्रधानमन्त्री कार्यालयमा) बनाउनुमा उनकै प्रमुख जोड रहेको सूचना बाहिरिएको थियो । यसैपटक राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष नियुक्तिदेखि आर्थिक चलखेल हुने क्षेत्रका नियुक्तिहरूमा समेत उनले हस्तक्षेप गर्ने गरेको नेताहरू सुनाउने गर्छन् । पछिल्लो पटक राजस्व अनुसन्धान विभागले नीजि व्यवसायी र कम्पनीमाथि छापा मारेका घटनामा समेत आरजुकै नाम जोडिन थालेका छन् ।

राजस्व छली गर्नेहरूमाथि अनुसन्धान गरी कारवाही गर्न खडा गरिएको निकायलाई दुरुपयोग गर्दै आर्थिक लेनदेनको हतियार बनाउन खोजिएको आरोप सरकारी अधिकारीहरूले नै लगाएका छन् । एक व्यवसायीकाअनुसार राजस्व अनुसन्धान विभागका जिम्मेवार अधिकारीले नै अनुसन्धानको कामलाई ‘म्याडम’ तिर देखाउँदै पन्छिने गरेको बताउँछन् । कर्मचारी क्षेत्रमा हुने सरुवा, बढुवा र नियुक्तिमा योग्यता, क्षमतालाई होइन, आर्थिक लेनदेनलाई मापदण्ड बनाउने गरिएको घटना नौलो होइन ।

देउवा प्रधानमन्त्री भएका बेला यस्ता कामका पछि सबैभन्दा बढी आरजुकै नाम जोडिन्छ । आफ्ना पार्टीका मन्त्री रहेका कतिपय ठूला नियुक्तिहरूमा मन्त्रीहरूले नै ‘माथिबाट मिलाएर आउनु’ भनेरै हाकाहाकी भन्ने गरेका छन् ।

पंचायतकालमा पनि नडगमगाएको न्यायलयमा यति लामो संकट चुलिँदा पनि प्रधानमन्त्री अनादेखा जस्तै छन् । आफ्नो स्वार्थ नमिल्दा तत्कालीन प्रधानन्याायधीश सुशीला कार्कीमाथि तत्क्षण महाअभियोग लगाउन पछि नपर्ने, तर वर्तमान प्रधान्यायायधीश चोलेन्द्र शमशेर जबराको न्यायिक विचलनको बिरोधमा सर्वोच्चका सबै न्यायाधीश र कानुन व्यवसायीहरू बिरोधमा उत्रदा पनि प्रधानमन्त्रीले मौनता साँधेर देखाएको दोहोरो मापदण्डले लोकलाई रिझाउन सकेको छैन ।

देउवालाई आफूले नेतृत्व गरेको पार्टीलाई पुरानै साखमा फर्काउनु पर्ने दबाब छ । पार्टीभित्र युवा पदाधिकारीहरूको बेगमा हिँड्नुपर्नेदेखि पुराना र युवा नेताहरुलाई मिलाएर अघि बढनुपर्ने चूनौतिमा उनी छन् । देउवाकै कार्यकालमा पार्टीमा निष्ठावान र दुःख पाएका कार्यकर्ताहरू पाखा लाग्ने र धनाढ्य र पैसावालाहरूको बोलवाला बढ्दै जान थालेको गुनासो पार्टी पंक्तिमा व्याप्त छ । विश्वको धनाढ्य सूचीमा परेका विनोद चौधरीदेखि व्यवसायी अनिल रुँगटा, उमेश श्रेष्ठ, विन्दु थापा, ठेकदारहरू जीपछिरिङ लामा, मोहन आचार्य, बहादुरसिंह लामा, कान्छाराम तामाङ, इन्द्र बानियाँजस्ता व्यक्तिहरू अहिले उनकै वरपर छन् । पार्टीभित्र झ्याङ्गिदै गएको सुकिला मुकिलाको घेराबाट बाहिर निस्केर निष्ठावान कार्यकर्तालाई पार्टीप्रति आशा जगाईराख्न देउवाले लिने सामान्य अठोटले मात्रै पुग्दैन ।

आसन्न तीनवटै तहको निर्वाचन गर्नुपर्ने मुख्य दायित्व उनको काँधमा छ । विखण्डनको राजनीतिबाट राष्ट्रिय मूलधारमा आएका चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले निर्वाचनको मुखमा तराई–मधेसमा हिंसापूर्ण आन्दोलनको झिल्को बाल्न खोजिरहेको छ । किसानको नाममा तराई–मधेसका केही जिल्लामा राउतकै अगुवाईमा अहिले भइरहेका हिंसात्मक घटना त्यसैका संकेत हुन् । शान्तिपूर्ण राजनीतिक कार्यक्रम र विचारबाट जनता आकर्षित गर्न नसकेपछि हिंसाको बलबाट स्थापित हुने दाउ राउतको छ । यस्ता गतिविधिलाई बेलैमा नियन्त्रणमा लिने काम गर्न सकिएन भने आगामी निर्वाचनमा त्यसको असर पर्ने देखिन्छ ।

केही समयअघि महाधिवशेनलाई लिएर पार्टीभित्रका अन्तरसंघर्षका क्रममा देउवाले आफ्नो आनिबानीमा परिवर्तन हुन कठिनाई हुने कुरा बताएका थिए । ‘म खरो छु, कसैले भन्दैमा मेरो बानी परिवर्तन हुँदैन’ त्यतिबेला आक्रोशको भावमा उनले भनेका थिए । साँच्चै उनले भनेजस्तै विगतकै शैली र आदतमा परिवर्तन नहोला त ? राजनीति जीवनकै अन्तिम घडिमा आईपुग्दा उनमा कुनै बदलावको छेकछन्दै नहोला त ? पूर्वजहरूले जस्तै भविष्यका पुस्तालाई सम्झनलायक केही न केही काम उनीबाट नहोला त ? पक्कै पनि राम्रो काम गर्ने सपना सबै नेतामा हुन्छ नै । तर, त्यसका लागि कसले कति प्रयत्न गर्‍यो ? संभावनाका सीमासम्म पुग्न सक्यो कि सकेन भन्ने मुख्य कुरा हो । देउवाले सुरुवात गर्नुपर्ने बाटो शासकीय सुधारबाटै हो । यसअघिका शासकीय कार्यकाल उनका लागि सुखद छैनन् । यसअघि मूल्य, मान्यता र लोकतान्त्रिक शासन पद्दतिलाई जोखिममै धकेलेर देउवाले आफूलाई केन्द्रमा राख्दा धेरै बदनाम खेपे ।

पार्टीमा शक्तिशाली बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई बदल्न पहिला सरकारका कामकारवाहीबाट सुरु गर्नुपर्छ । आम नागरिकमा उनीप्रति धेरै ठूलो आशा र अपेक्षा छैन । जनताका पक्षमा केही सामान्य कामको थालनीले पनि उनले वाहीवाही पाउन सक्छन् । राजनीतिको उत्तरार्द्धमा रहेका देउवाले विगतका खराब ‘ट्रयाक रेकर्ड’लाई बिर्सनलायक काम गर्न सक्दा मात्रै उनी पार्टीभित्र शक्तिशाली सभापति भएको र पाँचौंपटक प्रधानमन्त्री बनेको औचित्य पुष्टि हुनसक्छ । नत्र, मुलुकको विकासक्रम र आर्थिक सम्मृद्धिका हिसाबले समयको बर्बादीबाहेक केही हुने छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

भ्रष्टाचारमा फस्ने भएपछि योगेश भट्टराई तनावमा !

जसकारण तत्कालीन पर्यटनमन्त्री भट्टराई विवादमा तानिएका छन् । फेरि अर्को अनियमिततामा पनि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गर्न आदेश दिएको छ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App