सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

“न सेवाग्राही खुसी, न हामी आफैं खुसी” यातायात कार्यालयका कर्मचारी

काम कति ढिलो गरेको भनेर बाहिरबाट गाली गर्नुहुन्छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। हामीले यसअघि मंसिर २ गते यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङ र एकान्तकुनाको बेथितिबारे लेखेका थियौं जहाँ नयाँ लाइसेन्स निम्ति आवेदन भर्न सेवाग्राहीले दुई दिन चक्कर काट्नुपर्छ, पाँचवटा कोठा धाउनुपर्छ।

यातायात कार्यालय चाबहिलको अवस्था झनै नाजुक छ। त्यहाँ सेवाग्राहीले औंठाछापका लागि चाबहिल पुग्नुपर्छ, लिखित दिन सुकेधारा र ट्रायलका लागि दक्षिण ढोका धाउनुपर्छ।  यति मात्र होइन, उपत्यकाका यातायात कार्यालयहरूमा बिहानैदेखि सेवाग्राहीको लाइन हुन्छ तर दलालहरू कसरी भित्रबाट

- Advertisement -Poco C3

खुसुखुसु सेवा लिइरहेका हुन्छन् भन्नेबारे हामीले बाहिर बिहानैदेखि लाइन, दलालहरू खुसुखुसु भित्र शीर्षकको स्टोरीमा चर्चा गर्‍यौं। भर्खरै वितरण सुरू भएको परीक्षणकालीन लाइसेन्स लिन सेवाग्राही घन्टौं लाइन लागेर पर्खिंदा पनि लाइसेन्स नपाई फर्कनुपर्ने अवस्थाबारे पनि हामीले घन्टौं लाइन लागेर पर्खियो, न परीक्षणकालीन लाइसेन्स पाइन्छ न जानकारी मा लेखिसकेका छौं।

आजको शृंखलामा यातायात कार्यालयहरूमा कर्मचारी अभावले कसरी ढिलासुस्ती बढेको छ र यसले सेवाग्राहीहरू कसरी मारमा परेका छन् भन्नेबारे चर्चा गर्दैछौं: केही दिनअघि यातायात कार्यालय ठूलो भर्‍याङ पुग्दा कार्यालय समय सकिनै लागेको थियो। पाँच मिनेट बाँकी हुँदा पनि सेवाग्राहीहरूको चाप अत्यधिक थियो।

जसै कार्यालय समय सकियो, कर्मचारीहरू आ-आफ्नो कार्यकक्षबाट निस्किन लागे। त्यही बेला एक जना सेवाग्राहीले कर्मचारीलाई बिन्ती गर्दै भने, ‘मेरो यो काम गरिदिनुस् न। आज दिनभरि लाइन बसेँ, पालो आएन। भोलि फेरि लाइन लाग्नुपर्छ।’

ती कर्मचारीले भने, ‘आज त समय सकियो, भोलि आउनुस् न।’ सेवाग्राहीले फेरि बिन्ती गरे। आखिर कर्मचारीको मनमा पनि दया पलाएछ। उनले सेवाग्राहीको हातबाट कागजपत्र लिँदै भने, ‘खोइ के हो ल्याउनुस् त, म हेर्छु। मिल्ने भए गर्दिन्छु।’ यो एउटा उदाहरण हो जसले दैनिक सयौं सेवाग्राहीलाई सेवा दिनुपर्ने यातायात कार्यालयहरूमा कर्मचारी जनशक्ति र सेवाग्राहीको चापबीच कसरी तालमेल मिलेको छैन भन्ने छर्लंग पार्छ।

‘सेवाग्राहीको चाप धेरै छ। हामीलाई दिनैभरि भ्याइनभ्याइ हुन्छ। जति गर्दा पनि काम सकिन्न। न सेवाग्राहीहरू सन्तुष्ट हुन्छन् न हामी खुसी मन लिएर घर जान पाउँछौं,’ ती कर्मचारीले भने, ‘कहिलेकाहीँ त दिक्क लाग्छ। सरकारी जागिर खान बेकार आइएछ जस्तो लाग्छ।’

मैले थप प्रश्न सोध्न खोज्दा उनी हच्किए र भने, ‘यहाँको अवस्थाबारे बोल्न त सूचना अधिकारी तोकिएको छ। हामीलाई अप्ठ्यारो परेको छ भनेर जसले पनि गुनासो राख्दै हिँड्न मिल्दैन। तपाईं आफैं हेर्नुस् न, बिहानदेखि एकछिन थकाइ मार्ने फुर्सद छैन। कहिलेकाहीँ बिरामी भइयो भन्न पनि पाइँदैन। आलोपालो गर्न साथीहरू हुनुहुन्न। आइसकेपछि सकी-नसकी खट्नैपर्छ।’

ललितपुरको एकान्तकुना यातायात कार्यालयमा सेवाग्राहीको लाम। तस्बिर: निर्मला घिमिरे/सेतोपाटीललितपुरको एकान्तकुना यातायात कार्यालयमा सेवाग्राहीको लाम। तस्बिर: निर्मला घिमिरे/सेतोपाटी
काठमाडौं उपत्यकामा रहेका चार यातायात कार्यालयमध्ये सबभन्दा बढी चाप हुने एकान्तकुनाका कर्मचारीको उस्तै गुनासो छ।

कार्यालय समयभरि हात खाली नराखी काम गर्दा पनि अपजस खेप्नुपरेको उनीहरू बताउँछन्। ‘एकछिन रेस्टरूम जानुपर्यो भने झ्यालमा सेवाग्राहीको लाम लागिसक्छ। हामीलाई झ्यालमा राखेर कर्मचारी कता गयो भनेर कराउन थाल्नुहुन्छ,’ एक कर्मचारीले भने।

बायोमेट्रिक फाँटमा काम गर्ने कर्मचारी त बेलाबेला भइरहने सर्भर ह्याङ र सेवाग्राहीको घुइँचोले दिक्दार भेटिन्छन्।

‘काम कति ढिलो गरेको भनेर बाहिरबाट गाली गर्नुहुन्छ। एक जनाको विवरण राख्न, फोटो खिच्न र औंठाछाप लिन पनि समय लाग्छ। त्यसमाथि घरिघरि सर्भर ह्याङ भइदिन्छ। एकचोटि ह्याङ हुँदा १०-१५ मिनेट कामै हुँदैन,’ एक कर्मचारीले भने।

एकान्तकुना कार्यालयले सवारी चालक अनुमतिपत्रका लागि लिखित तथा प्रयोगात्मक परीक्षा लिने, पुनः परीक्षा लिने, लाइसेन्स नवीकरण लगायत सेवा दिँदै आएको छ। दैनिक आठ सयदेखि हजारभन्दा बढी सेवाग्राहीले सेवा लिन्छन्। नयाँ लाइसेन्सका लागि दैनिक तीनदेखि पाँच सयसम्म सेवाग्राही आउने कार्यालय प्रमुख राजुभाइ कुस्मा बताउँछन्।

अत्यधिक चापले सबै सेवाग्राहीको काम पूरा हुँदैन। कार्यालय समय सकिएपछि उनीहरू रित्तै फर्किन बाध्य हुन्छन्। कामको चापअनुसार कर्मचारी नहुँदा यस्तो समस्या आएको कार्यालय प्रमुख कुस्मा स्वीकार गर्छन्।

उनका अनुसार यहाँ ३८ जनाको दरबन्दी भए पनि त्यसअनुसार कर्मचारी छैनन्।

‘हामीलाई त कम्प्युटर अप्रेटरकै अभाव छ। एक जना कर्मचारीले दुईवटा ड्युटी गर्नुपरेको छ,’ उनले भने, ‘पाँच जना कम्प्युटर अप्रेटर हुनुपर्नेमा दुई जनाले काम गरिरहेका छन्।’

कर्मचारी अभावकै कारण ढड्डा अभिलेख शाखा हेर्नेले लिखित परीक्षा पनि हेर्नुपर्छ। ट्राफिकबाट प्राप्त लाइसेन्स हेर्नेलाई अरू जिम्मेवारी पनि छ। कर्मचारी आफैं कहिले यता कहिले उता दौडिनुपर्ने अवस्था रहेको कुस्माले बताए।

यातायात कार्यालय चाबहिलको अवस्था उस्तै दयनीय छ। यहाँ बायोमेट्रिक, लिखित र ट्रायलका लागि छुट्टाछुट्टै स्थानमा धाउनुपर्छ। यसले दैनिक चार सयदेखि पाँच सयसम्मलाई सेवा दिन्छ। जबकि, कर्मचारी संख्या हेर्दा दैनिक दुई सयलाई मात्र सेवा दिने क्षमता रहेको सूचना अधिकारी रोहित पोखरेल बताउँछन्।

चाबहिल कार्यालयमा ३५ जनाको दरबन्दी हो। अहिले १५ जना मात्र छन्। एक जनाले दुई-तीन जनाको ड्युटी धान्नुपरेको पोखरेलले बताए।

यातायात कार्यालय ठूलो भर्‍याङका प्रमुख सञ्जय थापा पनि कर्मचारी अभावले सेवा प्रभावित भएको स्वीकार गर्छन्।

उनका अनुसार यहाँ दैनिक पाँच सय जना नयाँ लाइसेन्सका लागि फारम दर्ता गर्न आउँछन्। त्यस्तै, दिनको दुई सय नवीकरण, प्रमाणीकरण २० र ट्रायल पासको राजस्व तिर्न १०० जनाजति आउँछन्।

यति मात्र होइन, नयाँ दर्ता भएकालाई साताको दुईपटक लिखित परीक्षा लिनुपर्छ। सेवाग्राहीको चापअनुसार कर्मचारी कम छन्, थापाले भने, ‘कुनै कार्यालयमा कर्मचारीहरू घाम तापेर बस्नुपर्ने अवस्था छ। यातायात कार्यालयमा भने एकदमै चाप छ।’

दैनिक पाँच सयभन्दा बढी सेवाग्राहीका लागि जम्मा १० जना कर्मचारी खटिइरहेको उनले बताए।

ठूलो भर्‍याङ कार्यालयमा सेवाग्राहीको लाइन। तस्बिर: निर्मला घिमिरे/सेतोपाटी
देश संघीयतामा गएसँगै यातायात कार्यालय व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारमा गएको छ। तर प्रदेश सरकारले कर्मचारी पुनर्संरचना लगायत काम गरेको छैन। त्यसो हुँदा भएकै कर्मचारी पनि कतिपय रिटायर्ड भइसके। नयाँ भर्ना हुन नसक्दा कर्मचारी अभाव सिर्जना भएको थापा बताउँछन्।

यसबारे हामीले प्रदेश सरकारसँग पनि कुरा गरेका छौं।

यातायात मन्त्रालय बागमती प्रदेशका प्रवक्ता नवीनकुमार सिंह कर्मचारी पुनर्संरचना गर्न कानुन नबनिसकेकाले नयाँ भर्ना हुन नसकेको बताउँछन्।

‘यस विषयमा संघले प्रदेश सचिवसँग छलफल पनि गरेको थियो। बिस्तारै समस्या समाधान होला,’ उनले भने।

यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारसँग छलफल बढाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सचिव रविन्द्रनाथ श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई निर्देशन दिएकी छन्।

‘प्रदेश सरकारसँग छलफल गरौं। के के समस्या छन् छिट्टै सामाधान गर्नुपर्छ,’ मंगलबार विभाग निरीक्षण गर्दै मन्त्री यादवले निर्देशन दिएकी थिइन्।

उनको निर्देशन कार्यान्वयन हुन अझै कति समय लाग्ला अत्तोपत्तो छैन। त्यतिञ्जेल कर्मचारी अभावको मार सेवाग्राहीहरूले नै भोग्नुपर्ने निश्चित छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika[email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

खल्तीको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने २ जना पक्राउ, धन्दा यस्तो थियो

जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ परेका दुवै आरोपीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सनसनी पुर्ण खुलासाः ज्ञानेन्द्र नेपालबाट मुर्ती लान्थे, विदेशबाट सुन र हेरोईन ल्याउँथेः पत्रकार ठकुराठी

राजपरिवारका सदस्य निकटका ब्यक्तिले आफुलाई पत्रकारिता छोड्नका लागि १ करोडको प्रलोभन देखाइएको पनि वताएका छन् । उनले भनेका छन् –‘तर मैले पैसा भन्दा पत्रकारिता रोजे ।’

धुर्मुस–सुन्तली फाउण्डेसनविरुद्ध करोडौं रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता

धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अहिलेसम्म पनि लाइसेन्स ट्रायल ननिकालेहरुका लागि खुसीको खबरः ७० अंक ल्याए पास हुने कार्याविधि बल्ल भयो कार्यान्वयन

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक महाकाली यातायात कार्यालयले बुधबारदेखि लागू हुने गरी ट्रायलमा ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन गरेको हो ।

आखिर यस्तो निर्णयमा पाकिस्तान किन पुग्यो ? भारतभर छायो उत्साह, नेपाल पनि भयो खुसी !

उसको यो नीतिले भारतभर उत्साह छाएको छ भने नेपाल लगायत सार्क राष्ट्रहरु समेत खुसी भएका छन् । पाकिस्तानले शुक्रबार नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्दैछ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

दोहोरिदैछ ५४ साल ? गठबन्धनको भयङ्कर भित्री तयारी बाहिरियो, अब एमाले के गर्ला ?

२०७४ मा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आगामी जेठ ५ मा सकिदैँछ । तर २०५४ कै अवस्था दोहोरिनेमा संशय देखिन थालेको छ ।

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App