मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

बराबरीले आर्मीको लक्ष्यमा धक्का

तर त्यसपछि खेलिएका ३ खेलमा आर्मीले मात्र ३ अंक जोडेको छ। पाँचाैँ चरणमा सातदोबाटो युथ क्लब र छैटौं चरणमा थ्री स्टार क्लबसँग अंक बाँडेको आर्मी सातौं चरणमा पनि अंक बाँड्न बाध्य भयो।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। एपिएफ क्लबसँग अंक बाँडेसँगै त्रिभुवन आर्मी क्लबको सहिद स्मारक डिभिजन लिग उपाधि जित्ने लक्ष्यमा धक्का लागेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारबाट सुरु भएको साताैँ चरणको पहिलो खेलमा आर्मी एपिएफसँग १–१ को बराबरीमा रोकिएको हो।

जारी लिगमा अपराजित रहेको आर्मीको यो सात खेलमा पाँचौं बराबरी हो। पहिलो खेलमा नेपाल पुलिस फुटबल क्लब र दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लबसँग अंक बाँडेको आर्मी तेस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) लाई हराउँदै लयमा फर्किएको संकेत गरेको थियो।

- Advertisement -Poco C3

तर त्यसपछि खेलिएका ३ खेलमा आर्मीले मात्र ३ अंक जोडेको छ। पाँचाैँ चरणमा सातदोबाटो युथ क्लब र छैटौं चरणमा थ्री स्टार क्लबसँग अंक बाँडेको आर्मी सातौं चरणमा पनि अंक बाँड्न बाध्य भयो।

आर्मी सात खेलमा ११ अंकसहित चौथो स्थानमा छ। जुन एक खेल कम खेलेको शीर्ष क्लब मच्छिन्द्रभन्दा तीन अंक कम हो। १३ अंकसहित मनाङ मस्र्याङ्दी क्लब दोस्रो स्थानमा छ भने १२ अंक बटुलेको संकटा क्लब तेस्रो स्थानमा छ। एपिएफ भने ६ अंकसहित ११औं स्थानमा छ। ६३औं मिनेटमा स्ट्राइकर जर्ज प्रिन्स कार्कीको गोलमा आर्मीले अग्रता लिएको थियो।

तर त्यो अग्रता लामो समय टिकेन। त्यसको चार मिनेटपछि नै आर्मीका गोलकिपर विकेश कुथुको गल्तीको फाइदा उठाउँदै एपिएफ खेलमा फर्कियो। एपिएफका नवीन लामाले गरेको प्रहार विकेशले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई बिक्की तामाङले सहजै जाली चुमाएका थिए।

‘हामीले आफ्नो लक्ष्य लिग च्याम्पियन बन्ने भनेका छाैँ तर टोलीले त्यो मानसिकताका साथ प्रदर्शन भने गर्न सकेको छैन,’ नवीनले भने, ‘हामीले पहिले जे कमीकमजोरी गरेका थियौं, सातौ चरणसम्म आइपुग्दा पनि हामी त्यसमै अल्झिरहेका छाैँ।’

नवीनले सबै खेलको सुरुआती १५ मिनेटमा विपक्षीलाई दबाबमा राखे पनि पाएका अवसर सदुपयोग गर्न नसक्दा खेलाडीले दबाब महसुस गरेकाले टोलीको नतिजा त्यसबाट प्रभावित बनेको बताए।

‘आज विकेशले एउटा सानो गल्ती गर्दा हार बेहोर्न पर्‍यो,’ नवीनले भने, ‘एउटा स्ट्राइकरले खेलअवधिभर धेरै अवसर पाउँछ र सबै अवसरलाई गोलमा परिणत गर्छ भन्ने छैन। उसले एउटा वा दुइटा अवसरलाई पोस्टको दिशा दिन्छ र खेलको नायक बन्छ तर गोलकिपर वा रक्षकको एक गल्ती टोलीको हारको मुख्य कारक बन्छ।

आज हामीलाई पनि यही भयो।’ उनले नयाँ खेलाडीहरूलाई पनि टोलीमा अवसर दिए पनि उनीहरूबाट आशातीत प्रदर्शन गर्न नसकेको बताए। यता सुरुआती तीन खेलमा लगातार हार बेहोरे पनि एपिएफले आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म लम्ब्याएको छ। आर्मीलाई बराबरीमा रोके पनि एपिएफका प्रशिक्षक कुमार थापा सन्तुष्ट देखिएनन्।

‘हामीले लगातार तीन हारपछि सो शृंखलामा पूर्णविराम लगाएका छौं,’ कुमारले भने, ‘आर्मीले पनि स्वाभाविक लयअनुसारको प्रदर्शन गर्न सकेको छैन। त्यसैले उनीहरूलाई जित्छाैँ र ३ अंक लिन्छाैँ भन्नेमा थियाैँ तर हामी सो लक्ष्यमा सफल भएनाैँ। टोलीको सात खेलमा ६ अंक छ, त्यसैले रेलिगेसनको दबाब अझै कायम छ।’ शुक्रबारै सम्पन्न दोस्रो खेलमा एनआरटी अन्तिम स्थानको फ्रेन्ड्स क्लबमाथि ३–२ को जितका साथ लिगको पाँचाैँ स्थानमा उक्लियो। पाँचौं मिनेटमा स्ट्राइकर स्टेफिन बिनोङको गोलमा एनआरटीले अग्रता लिएको थियो। २०औं मिनेटमा मिडफिल्डर मेसुके ओलोमेउले बललाई जाली चुमाउँदै एनआरटीको अग्रता दोब्बर पारे।

८१औं मिनेटमा जामोल फ्रांककोइसको गोलमा फ्रेन्ड्सले गोलअन्तर २–१ मा झारेको थियो। इन्जुरी समयको पाँचाैँ मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै एनआरटीको अग्रता ३–१ मा पुर्‍याएका थिए। त्यसको एक मिनेटपछि नथालिन जुड गार्सियाले फ्रेन्ड्सका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन।

लिगअन्तर्गत शनिबार दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लब तथा दोस्रो खेलमा संकटा र च्यासल आमनेसामने हुँदै छन्। पोखरा रंगशालामा मनाङले ब्रिगेड ब्वाइज क्लबलाई स्वागत गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

चेल्सी पराजित, सिटीलाई १३ अंकको अग्रता

घरेलु मैदान इतिहाद रंगशालामा सिटीको जितमा एक मात्रै गोल केभिन डि ब्रुयनेले गरे ।

१० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरमा रोक्यो

बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँ मिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो ।

प्रधानमन्त्री कप टी-२० क्रिकेट : एपीएफको अपराजित यात्रा जारी

एपीएफले दिएको ९३ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो।

न्युजिल्याण्डलाई बंगलादेशविरुद्ध इनिङसहितको जित

रस टेयलरको सुखद् बिदाई भएको दोस्रो टेष्टमा बंगलादेशविरुद्ध न्युजिल्यान्डले इनिङसहित ११७ रनको जित हासिल गरेको छ ।

अझै पाएनन् पुरस्कार राष्ट्रिय फुटसल लिगको विजेताले

अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल विभागले पोखरामा असोज पहिलो हप्ता राष्ट्रियस्तरको लिग आयोजना गर्‍यो ।

सात मिनेटमा तीन गोल

सात मिनेटमा तीन गोल गर्दै इटालीयन सिरी ए मा युभेन्ट्सले रोमाविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App