बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

बाइडेन र पुटिनले फोनबाटै एकअर्कालाई धम्की दिए

करिब ५० मिनेट लामो फोन वार्तामा दुई पक्षीय राजनीतिक चर्काचर्की कम भए पनि दुवै राष्ट्रपतिले एकअर्कालाई चेतावनी दिएको बताइएको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनले फोन वार्ताबाटै एकअर्कालाई चेतावनी दिएका छन्। बिहीबार भएको फोनवार्तामा दुवै राष्ट्रपतिले युक्रेनको विषयमाथि एकअर्कालाई चेतावनी दिएका हुन्।

करिब ५० मिनेट लामो फोन वार्तामा दुई पक्षीय राजनीतिक चर्काचर्की कम भए पनि दुवै राष्ट्रपतिले एकअर्कालाई चेतावनी दिएको बताइएको छ। सो वार्तापछि दुवै पक्षको सरकारले बताएअनुसार बाइडेन र पुटिनले युक्रेन संकटको विषयमा एकअर्कालाई चेतावनी दिएका हुन्।

- Advertisement -Poco C3

रुसले पछिल्लो दुई महिनामा युक्रेनको सीमा नजिकै आफ्नो क्षेत्रमा करिब १० हजारभन्दा बढी सैनिक खडा गरेको बताएको छ। तर युक्रेनले भने सो क्षेत्रमा १ लाखभन्दा बढी सैनिक खटाएको बताउँदै आएको छ।

रुसले युक्रेनमाथि जुनसुकै बेला हमला गर्नसक्ने भन्दै अमेरिका र यसका सहयोगी पक्षहरुले चिन्ता व्यक्त गर्दै आएका छन्। सोही सन्दर्भमा बाइडेन र पुटिनबीच बिहीबार फोनवार्ता भएको थियो। रुस र युक्रेनबीच शान्ति कायम हुनुपर्ने र यदि रुसले युक्रेनमाथि आक्रमण गरेमा आफूहरु पछि नहट्ने र रुसमाथि कडा प्रतिबन्ध लगाउने भन्दै बाइडेनले पुटिनलाई चेतावनी दिएका छन्। यता पुटिनले भने अमेरिका र अन्य पश्चिमा मुलुकहरुले आफूमाथि प्रतिबन्ध लगाएमा परिणाम नराम्रो हुने भन्दै चेतावनी दिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट समाप्त भएको दाबी

केप टाउनः अधिकारीहरुले दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन समाप्त भएको दाबी गरेका छन्। युरोपेली र संसारका अन्य मुलुकहरुमा ओमिक्रोन तीव्ररुपमा फैलिरहेको बेला दक्षिण अफ्रिकामा भने ओमिक्रोन लहर समाप्त भएको दाबी अधिकारीहरुले गरेका हुन्।

ओमिक्रोनको चरम अवस्थाबाट दक्षिण अफ्रिका उम्किसकेको अधिकारीहरुले शुक्रबार बताएका छन्। दक्षिण अफ्रिकामा ओमिक्रोन संक्रमणमा गिरावट आएको भन्दै कोभिड-१९ विरुद्ध लागेका नयाँ प्रतिबन्धहरु समेत सरकारले हटाइसकेको छ।

ओमिक्रोन भेरियन्ट केही महिनाअघि दक्षिण अफ्रिकाबाट अन्य मुलुकमा फैलिएको थियो। पछिल्लो समय युरोपमा ओमिक्रोन भेरियन्ट तीव्ररुपमा फैलिरहेको छ। जसमध्ये शुक्रबारसम्म युरोपेली मुलुक फ्रान्समा सबैभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्।

त्यस्तै बिहीबार विश्व स्वास्थ्य संगठनले अमेरिकामा ओमिक्रोन भेरियन्टको सुनामी आउने चेतावनीसमेत दिसकेको छ। ओमिक्रोनको त्रासले विभिन्न मुलुकले नयाँ प्रतिबन्धसमेत लगाइरहेका छन्।

चीनले अरुणाञ्चलका १५ स्थानको नाम परिवर्तन गरेपछि…

नयाँ दिल्लीः चीनले भारतको उत्तर-पूर्वी राज्य अरुणाञ्चल प्रदेशका १५ स्थानको नाम परिवर्तन गर्दा भारतको टाउको दुखेको छ। तिब्बतसँग सीमा जोडिएको अरुणाञ्चलको जाङनानका १५ स्थानको नाम आफ्नै भाषामा परिवर्तन गर्दा भारतको टाउको दुखेको हो।

चीनको नागरिक मामिला मन्त्रालयले बिहीबार तिब्बतको दक्षिणी भू-भाग सिजाङनजिकै जाङनानका १५ स्थानको नाम परिवर्तन गराएको थियो। चीनको सार्वभौमसत्ता इतिहासको आधारमा भन्दै चीनले सो क्षेत्रका १५ स्थानको भौगोलिक नामलाई तिब्बती, रोमन र चिनियाँ अक्षरमा नामाकरण गरेको थियो।

चीनले अरुणाञ्चललाई दक्षिण तिब्बतको हिस्सा बताउँदै आएको र सोहीअनुसार आफू अनुकूल सो क्षेत्रका १५ स्थानको नामाकरणमा परिवर्तन ल्याएको भन्दै भारतीय मिडियाहरुले शुक्रबार प्रतिक्रिया जनाएका छन्। सो सन्दर्भमा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले स्थानीय मिडियामार्फत् प्रतिक्रिया दिँदै भनेका छन्, ‘अरुणाञ्चल प्रदेश भारको अभिन्न अंग हो। नाम परिवर्तन गर्दैमा वास्तविकता परिवर्तन हुँदैन।’ यसअघि सन् २०१७ मा चीनको सो मन्त्रालयले सो क्षेत्रका ६ स्थानको नाम परिवर्तन गराएको थियो।

कोलोराडोमा डढेलोबाट ५ सय घर खरानी, ३० हजार मानिस विस्थापित

कोलोराडोः अमेरिकी राज्य कोलोराडो नजिकैको वनमा लागेको भीषण डढेलोबाट कम्तीमा ५ सयभन्दा बढी घरहरु जलेर खरानी भएका छन्। बिहीबार लागेको डढेलो अनियन्त्रित हुँदा कोलोराडोका विभिन्न क्षेत्रका ५ सयभन्दा बढी घर जलेर खरानी भएका हुन्।

लामो समयसँगैको खडेरी र सुख्खा मौसमका कारण बिहीबार सो क्षेत्रमा डढेलो लागेको बताइएको छ। बिहीबार लागेको डढेलोसँगै प्रतिघण्टा १६९ किलोमिटरको वेगमा चलेको हावाले सो डढेलो तीव्ररुपमा फैलिएको थियो।

तीव्ररुपमा फैलिएको डढेलाले सुपेरियर क्षेत्रमा ३७० र वर्ल्ड टाउन क्षेत्रका २१० घरहरु जलेर खरानी बनेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। डढेलोले पुर्‍याएको मानवीय क्षतिका विवरण भने हालसम्म प्राप्त नभएको बताइएको छ।

पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण कोलोराडो क्षेत्रले चरम सुख्खा र खडेरीको सामना गरिरहेको छ। जसका कारण सो क्षेत्रमा आगलागी र डढेलोका घटना बढ्दै गएका छन्। अघिल्ला वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा वनजंगलमा लाग्ने डढेलोले झनै विनाशकारी रुप लिने गरेको बताइएको छ।

इन्डोनेसियाली नौसेनाद्वारा एक सय शरणार्थीको उद्धार

मेदानः इन्डोनेसियाली नौसेनाले १ सयभन्दा बढी रोहिङ्ग्या शरणर्थीको नाटकिय शैलीमा उद्धार गरेको छ। सो संख्यामा शरणार्थी बोकेको डुङ्गा विग्रदा बीच समुद्रमै अलपत्र परेपछि नौसेनाले उनीहरुको नाटकीय शैलीमा उद्धार गरेको हो।

अधिकांश महिला र बालबालिकासहित १ सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी बोकेको काठको जहाज आइतबारदेखि सो क्षेत्रमा अलपत्र परेको थियो। जहाजको इन्जिन खराब भइ बीच समुद्रमा अलपत्र बनेको जहाजमा चढेका शरणार्थीको उद्धार कार्यका लागि इन्डोनेसिया सरकारले बिहीबार बिहानसम्म आनाकानी गरिरहेको थियो। यद्यपि, इन्डोनेसिया सरकारले बिहीबार नै आफ्ना नौ सेनालाई ती शरणार्थीको उद्धारमा पठाएको थियो।

करिब १८ घण्टापछि शुक्रबार बिहान उद्धार कार्य सफल भएको अल्जजिरामा समाचार छ। उद्धारपछि सबै रोहिङ्ग्या शरणार्थीलाई इन्डोनेसियाको उत्तरपश्चिमी प्रान्त एसिहास्थित लोक्सेउमावे किनारमा पुर्‍याइएको बताइएको छ। इन्डोनेसियाले शरणार्थीमाथि मानवियता देखाएको भन्दै उद्धारपछि विभिन्न अन्तर्राष्ट्रिय समुदायले इन्डोनेसियाको तारिफ गरेका छन्।

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति जेलमुक्त

सिओलः दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क जेउन हेई झन्डै पाँच वर्षपछि जेलमुक्त भएकी छन्। भ्रष्टाचार एवं घुसखोरीको आरोपमा २० वर्षको लागि जेल सजाय भोगिरहेकी पार्क झन्डै पाँच वर्षपछि शुक्रबार जेलमुक्त बनेकी हुन्।

देशको पहिलो लोकतान्त्रिक राष्ट्रपति बनेकी ६९ वर्षीया पार्क भ्रष्टाचार एवं घुसखोरीको आरोपमा सन् २०१७ मा जेल परेकी थिइन्। त्यहाँको संवैधानिक अदालतले सो मुद्दामा दोषी ठहर गराई पार्कलाई २० वर्ष लामो जेल सजाय सुनाएको थियो।

गत हप्ता दक्षिण कोरियाका वर्तमान राष्ट्रपति मुन जाइले पार्कको बिग्रदो स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै माफी दिएका थिए। राष्ट्रपतिले माफी दिएपछि पार्क शुक्रबार जेलमुक्त बनेकी हुन्।

सुडानी सेनाद्वारा प्रदर्शनकारीको हत्या

खार्तुमः सुडानी सुरक्षा बलले सैन्य शासनविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रेका नागरिकको हत्या गरेको छ। सुरक्षा बलले बिहिबारको प्रदर्शनका क्रममा राजधानी खार्तुमस्थित चार प्रर्दशनकारीको हत्या गरेको हो।

सुडानका चिकित्सकहरुको समूहले शुक्रबार बताएअनुसार सैन्य शासनविरुद्ध १० हजारभन्दा बढी नागरिकले राजधानी खार्तुममा प्रदर्शन गरेका थिए। सो क्रममा सुडानी सुरक्षा बलले चलाएको गोली लागि ४ प्रदर्शनकारीको ज्यान गएको छ।

सो घटनापश्चात प्रदर्शनकारी र सुडानी सुरक्षाकर्मीबीच भएको झडपमा करिब ३ सय प्रदर्शनकारी घाइते भएका छन् भने ४९ प्रहरी अधिकारीहरु घाइते भएका छन्। सुडान सेनाले गएको अक्टोबर २५ मा सैन्य कू लागू गरेको थियो। त्यसयता लोकतन्त्र समर्थक सुडानी नागरिकले सैन्य शासनविरुद्ध प्रदर्शन गरिरहेका छन्।

फिलिपिन्समा तुफानबाट मर्नेको संख्या ४ सय नाघ्यो

म्यानिलाः फिलिपिन्समा विनाशकारी तुफान ताइफुन रेइबाट मर्नेको संख्या ४ सय नाघेको छ। करिब दुई हप्ताअघि आएको ताइफुन रेइबाट मर्नेहरुको संख्या शुक्रबारसम्म ४ सय नाघेको हो।

फिलिपिन्सको प्राकृतिक विपद् विभागले शुक्रबार बताएअनुसार ताइफुन रेइबाट मर्नेहरुको संख्या ४ सय ८ पुगेको छ भने ८३ मानिस अझै हराइरहेका छन्। सो तुफानबाट १४ सयभन्दा बढी मानिस घाइते भएका छन्।

डिसेम्बर १२ मा ताइफुन रे फिलिपिन्स आइपुगेको थियो। ताइफुनसँगै आएको हावाहुरी र वर्षाका कारण भीषण बाढी, पहिरो र रुखहरु ढलेका थिए। यस वर्षको ताइफुन दक्षिण-पूर्वी एसियाको १५औं विनाशकारी तुफानको रुपमा गनिएको छ।

सो ताइफुनले ५ लाख ३० हजारभन्दा बढी घरहरु पूर्णरुपमा ध्वस्त बनेका छन् भने करिब ७९४.१० मिलियन डलर बराबरको भौतिक क्षति भएको त्यहाँका अधिकारीहरुले बताएका छन्।

हुथीसँगको लडाइँमा ११ यमनी सैनिकको मृत्यु

अल मुकल्लाः यमन सरकारका ११ सैनिकको मारिएका छन्। हुथी विद्रोहीविरुद्ध बिहीबार भएको लडाइँमा ११ यमनी सैनिक मारिएका हुन्। हुथी लडाकुले प्रहार गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा परी बिहीबार राति ११ यमनी सैनिक मारिएको र अन्य १७ हुथी लडाकु घाइते भएको अरब न्युजमा खबर छ।

यमनको मारिव क्षेत्रमा हुथी विद्रोही र सरकारबीच लामो समयदेखि द्वन्द्व जारी छ। दुई पक्षबीच भएको दोहोरो भिडन्तमा सो क्षेत्रमा सयौं हुथी लडाकुले ज्यान गुमाइसकेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

एमसीसी रोक्न चीनद्वारा नेपालमाथि अघोषित ‘नाकाबन्दी’

एमसीसी रोक्न चीन लागेको देखिदैछ । अमेरिका भने एमसीसी कुनै हालतमा पारित गराउन सक्रिय छ । एमसीसी रोक्ने र बढाउने खेलले सत्ता राजनीतिमा समेत असर परेको खुलिसकेको छ ।

तेल किनेको पैसा तिर्न निगमलाई सरकारले १ अर्ब ८० करोड दिने

निगमले भारतीय आयल कर्पोरेसनलाई यहि जनवरी २३ मा १३ अर्ब रुपैयाँ तिर्न पर्ने बताएको छ ।

अमेरिकाको रिस नेपालमाथि पोख्दै चीनः नेपालमा एमसीसी कुनै हालतमा पास हुन नदिन लाग्यो हात धोएरै, नेपाल र नेपालीमाथि यतिठूलो घात गर्न थाल्यो !

अमेरिकाले एमसीसी अगाडि बढाउन खोज्दैछ । एमसीसी सम्झौता भएको ५ वर्ष पुग्न लाग्दा पनि संसदबाट पारित नभएकाले कार्यान्वयन हुन सकेको छैन । एमसीसी रोक्न चीन लागेको देखिदैछ ।

जापानी महिलाले वीर्यदातासँग २८ लाख डलर क्षतिपूर्ति मागिन्

परिचय नखुलाइएकी तथा राजधानी टोक्यो निवासी ३० वर्षीया ती महिलाले भनेकी छन्, ‘म र मेरो पति दोस्रो बच्चा जन्माउन चाहन्थ्यौँ ।

पाकिस्तानी प्रधानमन्त्री खान र रूसी राष्ट्रपति पुटिन बीच टेलिफोनवार्ता

उहाँ (पुटिन) को पहिलो पश्चिमी नेता हुनुहुन्छ जसले आफ्नो प्यारो पैगम्बरप्रति मुस्लिम भावनाप्रति सहानुभूति र संवेदनशीलता देखाउँनुहुन्छ।’

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App