बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

महाधिवेशन चलिरहेकै बेला प्रचण्डमाथि चोरीको आरोप, खैलाबैला माओवादीमा !

नेपालको समाजवादको आफ्नै खालको विशिष्टता छ । आफ्नै मोडल छ । प्रचण्डमा गोलमटोल शब्दाडम्बर मात्र छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। महाधिवेशन चलिरहेकै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि चोरीको आरोप लागेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डको राजनीतिक प्रतिवेदनमा आफ्नो शब्द चोरिएको आरोप लगाएका हुन् ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै पौडेलले भने, “प्रचण्डले मेरो शब्द चोरेका छन् । नेपालको समाजवादको आफ्नै खालको विशिष्टता छ । आफ्नै मोडल छ । प्रचण्डमा गोलमटोल शब्दाडम्बर मात्र छ । यहाँको समस्याको प्रस्ट बाटो छैन । एमालेले पनि होहल्ला र तामझाम मात्र गर्यो । विचारको बहस गरेन ।”

- Advertisement -Poco C3

पौडेलले नेपाली कांग्रेस कालिदासले ‘क’ दुब्लायो भनेर रोएर बसेको स्थितिमा रहेको टिप्पणी गरेका छन् । वरिष्ठ नेता पौडेलले भने, “२०३३ मा बीपी कोइराला निकै सुझबुझसहित अत्यन्त डायनामिक राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश प्रवेश गर्नुभएको थियो । त्यतिबेला बीपी र मेरो बीचमा तीन दिनसम्म बहस भएको थियो । तर त्यो कुरा दरबारलगायत अरुले त बुझेनन् बुझेनन्, कांग्रेसका साथीहरुले पनि बुझेनन् । धेरै वर्षसम्म गाँठो अड्केर बस्यो । अनमन र अमिलोपन कायमै रह्यो । अहिले राजतन्त्र त गइसक्यो तर राष्ट्रको सवालहरु यथावत् छन् । त्यसैले बीपीको राष्ट्रिय मेलमिलाप नीति अहिले पनि त्यत्तिकै सान्दर्भिक छ ।”

नेता पौडेलले कांग्रेसमा राष्ट्रिय मेलमिलाप नीतिलाई आत्मसात् नगरी बीपीको उत्तराधिकारीको नाटक मात्र भइरहेको आरोप पनि लगाए । उनले थपे, “कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवाद शब्दमात्र समातेर हुँदैन । आफ्नो मौलिकतालाई चिन्न नसकेर कांग्रेस कालिदासले ‘क’ दुब्लायो भनेर रोएर बसेजस्तो हालतमा छ । कांग्रेस । मैले लेखेका कुरा पढेका छैनन् । कति अन्धविश्वासी भएर गुट समातेर बसेका छन् ।”

बीपीको विचारलाई कांग्रेसले नै चिन्न नसकेको उनको स्वीकारोक्ति छ । पौडेलले व्यंग्य गरे, “बीपी मित्रको हित चाहनुहुन्थ्यो । माओ, नेहरुलाई पनि भन्ने हैसियत राख्नुहुन्थ्यो । तर यहाँ मित्रले मित्र चिनेनन्, मित्रको हित चाहेनन् । औषधिको स्वाद टर्रो हुन्छ । मित्रको हितवचन नसुन्दा समस्या जटिल बनेका छन् । साँच्चै भन्ने हो भने कांग्रेस त ‘क्षेत्रीको माम्लो जसो गर्‍यो, उसै राम्रो’ भनेजस्तो छ । लुगा लगाएर खाए पनि हुने, गायत्री मन्त्र जपेर खाए पनि हुने, जुत्ता लगाएर खाए पनि हुने, धोती फेरेर खाए पनि हुने ।”

बीपीले कम्युनिस्टहरुसँग सहकार्य गर्नुहुन्न भन्नुहुन्थ्यो, तपाईंहरु प्रचण्डकै पथमा हिँडिरहनुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “यो गलत कुरा हो । कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने खालको निर्वाचन प्रणाली अपनाउने संविधान बनाउने अनि सहकार्य नगर्ने रु पार्टी पार्टी नमिले कसरी सरकार बन्छ रु कसैसित मिल्दिन भन्नु आत्मवञ्चना मात्र हो । यहाँ कोही पनि कम्युनिस्ट छैन । प्रकृतिको नियमभन्दा विपरीत भएकाले कम्युनिजम चल्दै चलेन । कांग्रेसमा सामथ्र्य भए पनि लरखरिएर मात्र बसेको छ । विचार रुढ भएर चल्दैन राजनीति । पैसाको भरमा गुटको राजनीति गर्ने, नेता बलियो हुने अनि पार्टी कमजोर भएपछि देश कसरी चल्छ रु”

कांग्रेसभित्र आफू बीपी कोइरालाले भनेजस्तो एक्लो वृहस्पति झूटा हुन पुगेको पौडेलले बताए । उनले भने, “भ्रष्टाचार र कमिसनको बलमा सत्ता राजनीति सफल हुने, व्यवस्था असफल हुने परिपाटी छ नेपालमा । बीपी कोइराला एकफेर ‘एक्लो वृहस्पति झूटा’ भन्नुहुन्थ्यो । अहिले म पनि त्यस्तै भइरहेको छु । मेरा कुरा सुन्न कोही तयार छैन । सबैलाई आफ्नो दुनो सोझ्याउने हतारो मात्र छ । कांग्रेसले पहिले बीपीको मेलमिलापको मर्म बुझुन् अनि मात्र बन्छ देश ।”

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा पनि लहैलहैमा लागेको आरोप पनि उनले लगाए । उनले भने, “उहाँहरु (विश्वप्रकाश शर्मा र गगन थापा० लहैलहैमा ताली बजाउन थाल्नुभएको छ । रमाइलो नेतृत्वले यहाँ काम चल्दैन । अदालतमा हाम्रो घोर बेइज्जती भएको छ । यो नेताहरुको असफलता हो । डा। गोविन्द केसीको उपदेशमा हामीले मुन्टो झुकाएर ‘हो हो’ भन्नुपर्ने ?”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App