मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

विद्यालयको बिजोक : कापी किताबसँगै बोरा बोकेर स्कुल, चिसो चौर नै कक्षा !

उनीहरुले घरबाट बोकेर ल्याएको बोरा विद्यालयको चौरमा ओछ्याउँछन् र दिनभर त्यहीँ बोरामा बसेर पढ्छन् । चिसो भुँइमा बसेर पढ्दा विद्यार्थीहरु बारम्बार बिरामी पनि पर्ने गरेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। रौतहटको दक्षिणी भेगमा रहेको एक आधारभूत विद्यालयका बालबालिकाहरु बोरा बोकेर विद्यालय जान बाध्य भइरहेका छन् । देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलियमा रहेको श्री आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाहरु विद्यालय पढ्न आउँदा किताब, कपि सँगसँगै बोरा पनि साथमा बोकेर आउँछन् ।

उनीहरुले घरबाट बोकेर ल्याएको बोरा विद्यालयको चौरमा ओछ्याउँछन् र दिनभर त्यहीँ बोरामा बसेर पढ्छन् । चिसो भुँइमा बसेर पढ्दा विद्यार्थीहरु बारम्बार बिरामी पनि पर्ने गरेका छन् ।

- Advertisement -Poco C3

कक्षा १ देखि कक्षा ५ सम्म संचालन भइरहेको सो विद्यालयमा जम्मा ५ वटा कक्षा कोठा रहेका छन् । करिब ४ सय विद्यार्थी अध्ययनरत सो विद्यालयमा रहेका ५ वटा कोठामा विद्यार्थीहरु नअटेपछि उनीहरुलाई बाहिर राखेर पठाइएको विद्यालयका प्रधानाध्यापक अक्षेलाल प्रसाद साह बताउँछन् ।

वि।सं। २०४६ सालमा स्थापना भएको सो विद्यालयमा विद्यार्थीहरु जाडो याममा बाहिर चौरमा बोरा ओछ्याएर पढने गरेका छन् भने गर्र्मीयाममा विद्यालय छेउमै रहेको आपँको बँगैमामा रुखमुनी बसेर पढ्छन् ।

कक्षाकोठामा बसेर पढ्ने बालबालिकाहरुको लागि एउटा सपना सरहनै भएको छ । खुल्ला चौरमा बोरा ओछ्याएर गरिएको पठनपाठन प्रवाहहिन भइरहेको छ । विद्यालयमा कक्षाकोठा मात्र नभएर विद्यार्थीहरुलाई बस्नको लागि डेस्क, बेन्चको पनि चरम अभाव रहेको छ । विद्यार्थीहरु घरबाट ल्याएको प्लाष्टिकको बोरा चिसो भुइँमा ओछ्याएर दिनभर पढ्ने गरेका छन् ।

कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा शिक्षकहरुको अभाव रहेको छ । विद्यालयमा जम्मा तीन जना मात्र शिक्षक रहेका छन् । शिक्षक र कक्षा कोठा अभाव भएपछि विद्यालयले बहु कक्षा संचालन गरेर विद्यार्थी पढाउदै आइएको छ । कक्षा १ र २ को एउटा कक्षामा अर्थात खुल्ला चौरमा पढन पाठन हुने गरेको छ ।

३, ४ र ५ कक्षाका विद्यार्थीलाई भने कक्षा कोठामा राखेर पढाइने गरेको छ । विशेष गरी आर्थिक रुपले पछाडि परेका समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा आउने गरेका छन् । राम्रोसँग पढेर ठुलो मान्छे बन्ने सपना लिएर उनीहरु बोरा बोकेर भएपनि विद्यालय आउँछन् र त्यहीँ ओछ्याएर भुइँमै बसेर पढ्छन् ।

उनीहरुको पढेर ठुलो बन्ने सपना शिक्षकको अभावमा वहुकक्षामा धेरै विद्यार्थीहरु एकै साथ पढ्दा कमजोर हुँदै गइरहेको छ । आधारभुत विद्यालयलाई शिक्षाको जग मानिन्छ तर यस विद्यालयको गन्जागोल अवस्थाले जगनै कमजोर बनाइरहेको छ ।

विद्यार्थीहरुका लागि कक्षाकोठामा बसेर पढ्ने सपना सपनानै हुने हो कि भन्ने चिन्ता सरोकारवालालाई छ । बालबालिकाहरु भन्छन् कक्षाकोठामा डेस्क, बेन्चमा बसेर पढ्न पाए हुन्थ्यो ।

‘हामीलाई पनि कक्षा कोठामा डेस्क, बेन्चमा बसेर पढ्न मन छ’ एक विद्यार्थीले गुनासो गरे, ‘तर के गर्नु हामीलाई पुग्ने डेस्क, बेन्च, कक्षाकोठा छैन् । त्यसैले जाडोमा चौरीमा अनि गर्मीमा रुखमुनी बसेर पढ्छौँ ।’

सडक छेउमा रहेको सो विद्यालयका बालबालिकाहरु वर्षौदेखि भुइँमा बसेर पढिरहेको बाटो हिड्ने सबैले देखेपनि जनप्रतिनिधीहरुले साढे चार वर्षसम्म पनि देखेनन् । विद्यालयमा भवन अभाव भएपछि गत मंसिर २२ गते देवाही गोनाही नगरपालिकाका नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेलले विद्यालय भवनको शिलन्यास गरेको भएपनि भवन निर्माणको काम अगाडी बढन सकेको छैन् ।

साढे चार वर्षसम्म विद्यार्थीको दुःख हेरेर बसेका जनप्रतिनिधीहरुले जाने बेला हतार हतार शिलान्यास गरेको सो भवन कहिले बन्छ त्यो टुंगो नभएको अभिभावक बताउँछन् । तर नगर प्रमुख पटेल भने आफुहरुले नगरपालिकामा शिक्षाको विकासको लागि कुनै कसर बाँकी नराखेको दावी गर्छन् । उक्त विद्यालयमा पनि चाँडै ८ कोठाको भवन निमार्ण सुरु हुने भएकाले केही समय पछि यो समस्य हट्ने उनको भनाइ छ ।

class2 e1641029155792 class e1641029206519

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

खल्तीको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने २ जना पक्राउ, धन्दा यस्तो थियो

जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ परेका दुवै आरोपीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सनसनी पुर्ण खुलासाः ज्ञानेन्द्र नेपालबाट मुर्ती लान्थे, विदेशबाट सुन र हेरोईन ल्याउँथेः पत्रकार ठकुराठी

राजपरिवारका सदस्य निकटका ब्यक्तिले आफुलाई पत्रकारिता छोड्नका लागि १ करोडको प्रलोभन देखाइएको पनि वताएका छन् । उनले भनेका छन् –‘तर मैले पैसा भन्दा पत्रकारिता रोजे ।’

धुर्मुस–सुन्तली फाउण्डेसनविरुद्ध करोडौं रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता

धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अहिलेसम्म पनि लाइसेन्स ट्रायल ननिकालेहरुका लागि खुसीको खबरः ७० अंक ल्याए पास हुने कार्याविधि बल्ल भयो कार्यान्वयन

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक महाकाली यातायात कार्यालयले बुधबारदेखि लागू हुने गरी ट्रायलमा ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन गरेको हो ।

आखिर यस्तो निर्णयमा पाकिस्तान किन पुग्यो ? भारतभर छायो उत्साह, नेपाल पनि भयो खुसी !

उसको यो नीतिले भारतभर उत्साह छाएको छ भने नेपाल लगायत सार्क राष्ट्रहरु समेत खुसी भएका छन् । पाकिस्तानले शुक्रबार नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्दैछ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App