सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

के अब फेरी लकडाउन हुन्छ?

केहि समय यता सङ्क्रमण बढ्दै गएको छ । तर हाम्रो देशमा भने यसको बारेमा आज सम्म कुनै निकाएले ध्यान दिएको देखिन्न।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। केहि समय यता ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको छ । जसका कारण विभिन्न देशको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह गरेको छ । पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने सङ्क्रमितहरुको सङ्ख्या पनि बढ्दो देखिएको छ ।

तर हाम्रो देशमा भने यसको बारेमा आज सम्म कुनै निकाएले ध्यान दिएको देखिन्न। पछिलो समय नेपालमा पनि ओमिक्रोनको सङ्क्रिमत फेला परि सकेको छ। हामी नेपालीले जहिले पनि अन्तिम समयमा आएर काम बानिले र राजनिति खिचा-तानिले गर्दा ओमिक्रोन भेरियन्ट हामीले सामान्य रुपमा लिएका छौ।

- Advertisement -Poco C3

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले मंगलबार गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय नेपालीमा २० मंसीरमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको थियो। दुवै जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए। उनीहरू नेपाल आउँदा पनि पीसीआर नेगेटिभ रिपोर्ट बुझाएका थिए।

यसअघि देखिएका भेरियन्ट भन्दा छिटो फैलिएको ओमिक्रोनले दिनहुँ रेकर्ड तोड्दै गएको छ । जसले अबको केही समयपछि नेपालमा समेत संक्रमण बढ्ने आँकलन गरिएको छ । करिब एक महिनाअघि देखिएको ओमिक्रोन नेपालसहित एकसय भन्दा बढी देशमा फैलिसकेको छ । दक्षिण अफ्रिकाबाट देखिएको यो भेरियन्ट बेलायत, इटाली र फ्रान्समा निकै उच्च गतिमा फैलिएको छ ।

ती देशमा दिनहुँ रेकर्ड तोड्दै ओमिक्रोन संक्रामक रूपमा फैलिएको छ । अमेरिका, चीन, बेल्जियम, अफ्रिकालगायका देशमा संक्रमण बढ्दो क्रममा छ । छिमेकी देश भारत र चीनमा समेत संक्रमितको संख्या बढिरहेको छ ।

भारतमा १ सातामा १० गुणा बढी संक्रमण फैलिसकेको छ । जसका कारण भारतले रात्रीकालिन कर्फ्यू लगाइसकेको छ । नेपालमा समेत हालसम्म तीन जनामा संक्रमण पुष्टि भएको छ । भारतमा संक्रमण बढ्न थालेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ ।

संक्रामक रोग तथा क्रिटिकल केयरका चिकित्सक डा. प्रभात अधिकारी भारतमा संक्रमण बढिरहेको समयमा नेपालले कुनै सावधानीको उपाय नअपनाए विभिन्न माध्यमबाट नेपालमा संक्रमण फैलन सक्ने देखिएको बताउनुहुन्छ । हालसम्म फैलिरहेको डेल्टा भेरियन्टभन्दा कम खतरनाक मानिएको ओमिक्रोन भेरियन्ट जति सक्दो छिटो संक्रमण फैलिन्छ, त्यति नै छिटो संक्रमण देखिएमा लक्षण देखिन्छ ।

सजिलैसँग संक्रमण फैलनसक्ने क्षमता राख्ने ओमिक्रोनले पुनः संक्रमण गराउने क्षमता पनि उच्च रहेकाे छ । खोप लगाए पनि संक्रमण फेरि हुनसक्ने डा. अधिकारी बताउनुहुन्छ ।

युर्निभर्सिटी अफ हङकङको एक अध्ययनले समेत डेल्टाभन्दा ओमिक्रोन ७० गुणा तीव्र गतिमा फैलिने देखाएको थियो । सामान्य रुघाखोकी र ज्वरो समेत नदेखिँदै संक्रमण देखिने र फोक्सोमा कम असर गर्ने जनाइए पनि अस्पताल भर्ना गर्नुपर्ने बिरामीमा अक्सिजन र भेन्टिलेटर चाहिने चिकित्सकहरू बताउँछन् ।

ओमिक्रोनका कारण मृत्यु हुनेको संख्या निरन्तर बढिरहेकाले कम घातक हो वा होइन भन्ने पुष्टि भइनसकेको संक्राकम रोग विशेषज्ञ डा. अधिकारी‍काे‍ भनाइ छ । नेपालमा ओमिक्रोन कत्तिकाे घातक रूपमा फैलिन्छ अहिले नै भन्न सकिने अवस्था छैन । विज्ञहरूले रोग फैलिएको देशमा हवाई सेवा नखोल्न र नाकामा कडाई गर्न सुझाव दिएका छन् ।

पछिल्लो २४ घण्टामा ३८२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ५ हजार ७ जनामा पीसीआर परीक्षण गरिएकोमा २२४ जनामा र १५ हजार ९५२ जनामा एन्टीजेन परीक्षण गर्दा ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २५२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९४ पुगेको छ । यसैगरी देशमा हालसम्म ४ हजार ९६९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतमा गत साता कोभिड भएका मानिसको सङ्ख्यामा ठूलो वृद्धि भएको देखिएकाले त्यहाँ ओमिक्रोनका कारण कोरोनाभाइरस महामारीको तेस्रो लहर आउने त्रास फैलिएको छ। शनिवार बिहान प्रकाशित तथ्याङ्कका अनुसार विगत २४ घण्टामा देशभरि २२,७७५ सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा ४०६ जनाको कोभिडका कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यो अक्टोबरयता एकैदिन भएको सर्वाधिक वृद्धि हो। त्यस्तो वृद्धि राजधानी दिल्ली, आर्थिक केन्द्र मुम्बई र कोलकाताजस्ता उच्च जनघनत्व भएका सहरमा देखिन्छ। यसअघि शुक्रवार बिहान सरकारले २४ घण्टाको अवधिमा १६,७६४ जनामा सङ्क्रमण पुष्टि भएको तथा २२० जनाको मृत्यु भएको जनाएको थियो।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी छ। गत एप्रिल र मे महिनामा भारतमा कहालीलाग्दो दोस्रो लहर उत्कर्षमा पुग्दा दैनिक सरदर चार लाख मानिसमा कोभिड पुष्टि भएको थियो। त्यसयता सङ्क्रमितको सङ्ख्या उल्लेख्य घटेको थियो। कैयौँ महिना दैनिक १० हजारभन्दा कम सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका थिए।

तर अधिकारी र विज्ञहरूले निकै सङ्क्रामक ओमिक्रोन भेरिअन्टले तेस्रो लहर सिर्जना गर्न लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन्। भारतमा ओमिक्रोनबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या १,४०० नाघेको छ। मुम्बई रहेको महाराष्ट्र राज्यमा अहिलेसम्म सबैभन्दा धेरै ४५४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ। दिल्लीमा ३५१, तामिलनाडुमा ११८, गुजरातमा ११५ र केरलामा १०९ जनामा पनि ओमिक्रोन देखिएको छ।

नेपालसँग सीमा जोडिएकामध्ये तीन राज्यमा – पश्चिम बङ्गाल (१७), उत्तर प्रदेश (८) र उत्तराखण्ड (४) – पनि ओमिक्रोनबाट सङ्क्रमण थपिएका छन्। सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि अहिले भारतमा दैनिक सङ्क्रमण पुष्टि दर २.०५ प्रतिशत पुगेको छ। साप्ताहिक पुष्टि दर १.१० प्रतिशत छ। नेपालमा सरकारले अहिलेसम्म केवल तीन जनामा ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण भएको पुष्टि गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

रविन्द्र मिश्रलाई कोरोना संक्रमण

उनले बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस ! भन्दै अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रूपमा बसेको र अहिले सबै सामान्य रहेको उल्लेख गरेका छन् ।

भर्चुअल माध्यमबाट चेतना जगाइँदै: भूकम्प सुरक्षा दिवस

विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज (आइतबार) देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।

अनलाइन आवेदन ई-पासपोर्टका लागि यसरी दिनुहोस्

राहदानी विभागले गत मङ्गसिर १ देखि ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी वितरण गर्न थालेको छ ।

श्रममन्त्रि पुनको चमत्कार श्रम स्वीकृति लिन घण्टौं लाइन बस्नु नपर्ने अब

वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ ।

नेपालमा ‘नाकाबन्दी’ बारे बोल्यो चीन, यस्तो अभिव्यक्ती उल्टै दिएपछि नेपालीहरु बने झनै आक्रोशित !

चीनले चाहेमा जेसुकै लाने र पठाउने गर्न सक्छ । तर, नेपालले चाहेमा सीमाबाट मूसा छिर्न पनि मुश्किलको अवस्था छ । जसका कारण नेपालले ठूलो आर्थिक नोक्शानी भोगिरहेको छ ।

कोरोना पुष्टि एमाले महासचिव शंकर पोखरेललाई

उनले भनेका छन् ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो।’

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App