बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

दोस्रो जित थ्रीस्टारको

आयुशकै पासमा ऋतिककुमार खड्काले ‘१८ यार्ड लाइन’ बाट आकर्षक गोल गरी २६ औं मिनेटमा थ्रीस्टारको अग्रता दोब्बर बनाए ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। दशरथ रंगशालामा शनिबार जावलाखेलविरुद्ध आयुश घलानले सातौं मिनेटमै गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । कप्तान विक्रम लामाको फ्रि–किकमा क्रोमा गनेफोले हेडद्वारा दिएको बललाई सन्जोक राईले पास दिए । त्यसैमा एक डिफेन्स छक्याउँदै आयुशले गोल गरेर थ्रीस्टारलाई १–० ले अघि बढाएका थिए । यससँगै थ्रीस्टारले गोलरहित यात्रालाई तीन खेलमा पूर्णविराम लगायो ।

आयुशकै पासमा ऋतिककुमार खड्काले ‘१८ यार्ड लाइन’ बाट आकर्षक गोल गरी २६ औं मिनेटमा थ्रीस्टारको अग्रता दोब्बर बनाए । निकोलस फर्नान्डेजले उत्कृष्ट फिनिसिङ प्रदर्शन गर्दै ५५ औं मिनेटमा गोल गरे पनि उनको गोल जावलाखेलको हार टार्न पर्याप्त भएन । उनले पछिल्ला तीनै खेलमा गोल गरेका छन् । ललितपुरका दुई टिमको प्रतिस्पर्धामा दुवैले गोलका कही अवसर गुमाएका थिए ।

- Advertisement -Poco C3

लगातार चार खेलमा फ्रेन्ड्स, एपीएफ, एनआरटी र आर्मीसँग अंक बाँडेपछि थ्रीस्टारले जित हात पारेको हो । दोस्रो जितसँगै थ्रीस्टार १० अंक बनाएर शीर्ष पाँचमा उक्लियो । उति नै अंक भए पनि एनआरटी गोल अन्तरमा पछाडि परेको छ । अघिल्ला तीन खेलमा ७ अंक जोडेको जावलाखेल भने चौथो हारसँगै नवौं स्थानमा यथावत् रह्यो ।

संकटा–च्यासल बराबर

फरवार्ड सन्तोष साहुखलको आगमनसँगै च्यासल युवा क्लबले संकटाविरुद्ध गोलरहित खेल्दै हारको शृृंखलालाई तीन खेलमा रोकेको छ ।

दशरथ रंगशालामा दिनको दोस्रो खेलमा संकटा सुरुमै अग्रता लिन चुकेको थियो । गोलकिपर प्रदीप भण्डारीले फर्काएको बल फोडे फोफनाले खाली पोस्टमा प्रहार गरेका थिए । तर, बल पोलमा लागेर फर्किंदा संकटा अग्रता लिन असफल भयो । त्यस्तै, अर्को अवसरमा संकटाका डिफेन्डर नीरज बस्नेत पनि चुके । उनको प्रहारलाई गोललाइन अघिबाट सागर थापाले क्लियर गर्दै च्यासलको संकट टारेका थिए ।

अपराजित रहेको संकटा तीन जित र चार बराबरीसँगै १३ अंकसहित तेस्रो स्थानमा रहेको छ । रेलिगेसन क्षेत्रमा रहेको च्यासलविरुद्ध अंक बाँड्न बाध्य भएपछि संकटाले १६ अंकसहित शीर्षस्थानमा उक्लिएको मनाङसँगको दूरी छोट्याउने अवसर पनि गुमायो । च्यासल र ब्रिगेड ब्वाइजले समान ५ अंक जोडेका

छन् । राम्रो गोल अन्तरको आधारमा ब्रिगेड ब्वाइज रेलिगेसन क्षेत्रभन्दा एक स्थानमाथि छ । ब्रिगेड शनिबारै पोखरामा मनाङसँग पराजित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।

धुर्मुस-सुन्तली फाउण्डेशन भन्छः रकमको दुरुपयोग सोँच्न पनि सक्दैनौँ

फाउण्डेशनले सोमबार फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कुराको गुन्जायस नरहेको प्रष्ट पारेको हो ।

आयोजक क्यामरुन समूह विजेता: अफ्रिका कप अफ नेशन्स

आयोजक क्यामरुन समूह ए को शीर्ष स्थानमा रहँदै अफ्रिका कप अफ नेशन्सको अन्तिम १६ मा प्रवेश गरेको छ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App