सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

कार्यकर्ताद्वारा देउवाको विरोध: केन्द्रीय सदस्‍य मनोनयनमा गुटबन्दीको गन्ध आएको भन्दै कांग्रेस नेता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालको सुरुवात गुटबन्‍दीबाट गरेको भन्दै नेता-कार्यकर्ताले विरोध जनाएका छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालको सुरुवात गुटबन्‍दीबाट गरेको भन्दै नेता-कार्यकर्ताले विरोध जनाएका छन्। १० जना केन्द्रीय सदस्य मनोनित गर्ने क्रममा देउवाले आफ्नो सहयोगीलाई मात्रै गरेको आरोप कांग्रेस नेता-कार्यकर्ताको रहेको छ।

देउवाले चुनावको समयमा तटस्थ बेसर सघाएका रामचन्द्र पौडेल, सभापतिको दोस्रो चरणको निर्वाचनमा सघाएका प्रकाशमान सिंह, विमलेन्द्र निधिलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। चुनावकै छेकमा देउवा गुटमा मिसिएका कृष्णप्रसाद सिटौला, देउवा प्यानलबाट उपसभापतिमा पराजित विजयकुमार गच्छदार, उपसभापतिमै पराजित सुजाता कोइराला, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत, देउवानिकट मानिने डा नारायण खड्का, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा मनोनित भएका हुन्।

- Advertisement -Poco C3

उनीहरुको मनोनयनलाई लिएर कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले ‘प्रथमग्रासे मक्षिकापात’ अर्थात् पहिलो गासमै झिंगा भन्दै टिप्पणी गरेका छन्। पदाधिकारीमै हारेका अर्को गुटका महेश आचार्य, डा मीनेन्द्र रिजाल र डा.चन्द्र भण्डारी छुटेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सभापति ज्यूले कांग्रेस विधान बमोजिम १० जना प्रत्यक्ष वा परोक्ष रूपमा आफ्ना सहयोगीहरूलाई केन्द्रीय समितिमा मनोनित गर्नुभएको छ। साथीहरुलाई हार्दिक बधाई। १० बाहेक अरु ४ जना महेश आचार्य, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारीलगायत छुट्दा ‘प्रथम ग्रासे मक्षिकापात’ देखियो।’

रामचन्द्र पौडेल मनोनित गरिएको विषयमाथि कांग्रेस नेता गुरुराज घिमिरेले प्रश्न उठाएका छन्। १४ औं महाधिवेशन अघिसम्म पौडेलनिकट रहेका घिमिरेको प्रश्न छ, ‘महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया अलग्गिएको व्यक्ति कसरी मनोनीत हुनुभयो? राजनीतिमा नैतिकताको प्रश्न उठाउने उहाँ नै हैन? अनि साझा सभापति हुन्छु भन्ने नेताको चयन यही हो?’

पार्टीको चौधौं महाधिवेशनको नेतृत्व छनोट प्रक्रियाबाट पौडेलले अलग्गिने निर्णय लिएका थिए। उनी मतदान प्रक्रियामा सहभागी भएनन्। देउवाइतरको प्यानलबाट सभापतिमा उम्मेदवार बनेकाहरुलाई सघाउने अपेक्षा गरिएको थियो। तर ‘विवेक प्रयोग गर्नुहोस्’ भनेर उनले अप्रत्यक्ष रुपमा देउवालाई सघाएका थिए।

शुभचिन्तक र कार्यकर्ताको पनि विरोध
सभापति देउवाको यो निर्णयको नेताहरुले मात्रै होइन, शुभचिन्तक र कार्यकर्ताको तहबाट पनि भइरहेको छ। कांग्रेसका संस्थापक नेता विपी कोइरालालाई ट्विटरको प्रोफाइलमा राखेका कुशल कोइरालाले ‘गुटको गन्ध आएको’ भन्दै प्रश्न गरेका छन्, ‘अझै गुटमै रमाउने हो सभापति ज्यू?’

उनले महामन्त्रीका प्रत्यासी महत मनोनित हुँदा प्रदीप पौडेल र मीनेन्द्र रिजाल, उपसभापतिका प्रत्यासी गच्छदार समेटिदा चन्द्र भण्डारी र महेश आचार्य नपर्नुका विषयमा पनि प्रश्न उठाएका छन्।

अर्का कांग्रेस कार्यकर्ता निराजन खनाले देउवा पार्टीको अस्तित्व नै समाप्त पार्ने खेलमा लागेको भन्दै खबरदारी गर्न आह्वान गरेका छन्। उनले ट्विटरमा सभापति देउवालाई मेन्सन गर्दै लेखेका छन्, ‘नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको अस्तित्व नै समाप्त पार्ने खेलमा लागेका छन् खबरदारी गरौं।’

देउवालाई मात्रै होइन, देउवालाई साथ दिइरहेका नेताहरुलाई समेत खबरदारी गरेकी छिन् कांग्रेस कार्यकर्ता आशा जोशीले। उनी ट्विटरमा लेख्छिन्, ‘पैसा, पद र पावरमा नेतृत्व पनि आफ्नो अस्तित्व बिर्सिदा रहेछन्! देउवाको दम्भ, अराजकतामा पनि देउवाकै साथमा उभिने नेताज्यू स्वयंको स्वाभिमान छ कि छैन?’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App