बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

विद्यार्थी गम्भीर घाइते सुनसरीकाे धरानमा शिक्षिकाको यातनाले

सुनसरीको धरान–१५ स्थित नवज्योति स्कुलकी शिक्षिका सुरक्षा लिम्बूले शारीरिक यातना दिँदा आधारभूत कक्षाकी एक छात्रा गम्भीर घाइते बनेकी छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सुनसरीको धरान–१५ स्थित नवज्योति स्कुलकी शिक्षिका सुरक्षा लिम्बूले शारीरिक यातना दिँदा आधारभूत कक्षाकी एक छात्रा गम्भीर घाइते बनेकी छन् ।

घाइते विद्यार्थीको विजयपुर अस्पतालमा उपचार सम्भव नभएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । कक्षा ४ मा अध्ययनरत ११ वर्षीया विद्यार्थी मानसी चौधरीलाई गृहकार्य नगरेको भन्दै शारीरिक यातना दिएकी थिईन् । गृहकार्य नगरेको भन्दै १ सय ५० पटक उठबस गर्न लगाएको पीडित विद्यार्थीले बताएकी छन् ।

- Advertisement -Poco C3

उनका अनुसार शिक्षिकाले श्वास फेर्न नै गाह्रो हुने गरी यातना दिएको बताइन् । उनले भनिन्, ‘उठबस गर्दागर्दै सास फेर्न गाह्रो भयो । तर, मिसले मलाई गराएको गराई गर्नुभयो ।’ जसका कारणले मेरा खुट्टा चल्न छाडेका छन् ।’ मानसीका बुबा शम्भुराम चौधरीले स्कुलका शिक्षिकाले मरणासन्न हुने यातना दिएको कारणले छोरी गम्भीर घाइते भएको बताए ।

उनले शुक्रबार यातना दिएको विषयमा छलफल गर्दा तत्कालीन समयमा शिक्षिकाले उठबस गराएका स्वीकार्दै माफी मागेको बताए । यातना दिइए पनि सामान्य होला भनी २ दिनसम्म घरमै आराम गराएको भए पनि दिनदिनै समस्या बढ्दैगएपछि उपचारमा लानुपर्ने अवस्था आएको शम्भुरामले बताए । शुक्रबार स्कुलमा गएर छलफल गर्दा ३ हजार रुपैयाँ उपचारका लागि दिएको उनले बताए ।

परिवारले मानसीलाई शुक्रबार विजयपुर अस्पताल भर्ना गरेका थिए । विजयपुर अस्पतालले उपचार सम्भव नहुने बताएपछि बीपी प्रतिष्ठान लगिएको उनले बताए । उनले भने, ‘उपचार गर्नू, बिलहरू स्कुलमा ल्याउनू भनेका छन् ।’ मानसीकी आमाले छोरी झन् साह्रो भएपछि मेडिकलमा गएर औषधि खाँदा पनि ठीक नभएपछि अस्पताल ल्याएको बताइन् ।

शम्भुरामले उपचारमा कति लाग्छ, सबै खर्च स्कुलले व्यहोर्नुपर्ने बताए । उनले भने, ‘स्कुल पढ्न पठाएको थिएँ, यातना दिएर अपाङ्ग बनाउन होइन ।’ उनले छोरीको उपचारमा लाग्ने सम्पुर्ण खर्च स्कुलले व्यहोर्नु पर्ने, यातना दिने शिक्षिकालाई कारबाही गर्नुपर्ने र छोरीलाई ठीक नभएमा त्यसको जिम्मा स्कुलले लिनुपर्ने माग गरेका छन् । उनले भने, ‘छोरीको उपचार गर्नुपर्छ । शिक्षिकालाई कारबाही गरी निष्कासन गर्नुपर्छ । छोरी पूर्ण निको नभए वा केही भएमा जिम्मेवारी लिनुपर्छ ।’

यस विषयमा बुझ्न स्कुलका प्रिन्सिपल सिस्टर ज्योतिलाई पटक–पटक फोन गर्दा फोन लागे पनि उठेन । स्कुलकी कर्मचारी उर्मिला राईले विद्यार्थीलाई शिक्षिकाले दण्ड दिएको स्वीकार गरेको जानकारी दिइन् । उनले एक पटक छलफल पनि भएको बताइन् । यस विषयमा अभिभावक सङ्घ नेपाल धरानका अध्यक्ष विकास भाटीले विद्यार्थीलाई गम्भीर घाइते हुने गरी यातना दिने शिक्षिकालाई कारबाही गर्नुपर्ने बताए ।

उनले कारबाही नगरे स्कुलविरुद्ध कानूनी प्रक्रिया सुरु गर्ने बताए । उनले भने, ‘स्कुल यातना दिने ठाउँ होइन । शिक्षिकालाई निष्कासन गरियोस् । बच्चाको स्वास्थ्य ठीक नभए जिम्मा लिनुपर्छ ।’ सङ्घ धरान सचिव विनोद तिमिल्सिनाले बालबालिकालाई बालमैत्री तरिकाले नपढाई यातना दिने शिक्षिकालाई निष्कासन गर्नुपर्ने बताए ।

यस विषयमा धरान उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख रत्नबहादुर कटुवालले कानूनअनुसार बालबालिकालाई दण्ड दिन नहुने बताए । उनले फौजदारी कसुर अन्तर्गत मुद्दा चल्ने र त्यसको भागीदार शिक्षिका र स्कुल हुनुपर्ने बताए ।

शिक्षिका सुरक्षा लिम्बूले आफूले सामान्य एसान्टमेन्ट गर्छ कि भनेर उठबस गराएको बताइन् । तर, कुनै पनि खाल्को यातना नदिएको प्रष्ट पारिन् । उनले उठबसकै कारणले चिकित्सकीय समस्या हुन्छ कि हुँदैन त्यस विषयमा बुझिदिन आग्रह गरिन् ।

‘हामीलाई विद्यार्थीले राम्रो गरेन भनेर अभिभावकबाट पनि दबाव आउँछ, प्रशासनबाट पनि उत्तिकै आउँछ,’ उनले भनिन्, ‘एसान्टमेन्ट गर्छ कि भनेर उठबस गराएको हो । २०–२५ पटक मात्रै गराएको हुँ । अरूबेला पनि गराउँदै आएको थिएँ, यस्तो होस् भनेर गराएको होइन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयद्वारा परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ ।

एसईई खारेज गर्ने निर्देशन गलत

मन्त्रालयले परीक्षासम्बन्धी राय पेस गर्न बोर्डलाई पत्र पठाएपछि केही दिनअघि बसेको बोर्ड पदाधिकारीको बैठकले शिक्षा ऐनमा उल्लेख भएको विषयलाई हचुवाको भरमा खारेज गर भन्नु गलत भएको निष्कर्षसहित पत्र पठाएको हो ।

शिक्षामन्त्री पाैडैल: माफियाहरूबाट सरकार डराउँदैन

उहाँले कानुनसम्मत काम नगरि विद्यार्थीहरूबाट जथाभाबी शुल्क लिएको पाइए कानुनअनुसार कारबाही गर्ने बताउनुभयो ।

मन्त्री पौडेल: जथाभावी शुल्क लिने माफियाहरुलाई तुरुन्त कारर्वाही गर्छु

मन्त्री पौडेलले शिक्षा मन्त्रालय यी कुरामा मूकदर्शक भएर नबसेको भन्दै मन्त्रालय र आयोग मिलेर सार्वजनिक धारणा बनाइ कारबाही अघि बढाउने प्रतिबद्धता जनाए ।

केएमसी र शिक्षामन्त्रीका प्रिन्सिपलबीच भनाभन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेका छन् ।

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App