सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

देउवा: महाधिवेशन हारेका र आफूलाई सघाएकाहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरे

महाधिवेशनमा हारेका र महाधिवेशन प्रक्रियाबाट भागेका नेताहरूलाई उहाँ (देउवा) ले केन्द्रीय समितिमा लैजानुभयो

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा ‘मौन’ बसेका र पराजित भएका नेताहरूलाई केन्द्रीय समितिमा समेटेका छन्।

देउवाले समावेशी सिद्धान्तका आधारमा केन्द्रीय समितिमा ३३ जनालाई मनोनीत गर्न पाउँछन्। उनले नेता रामचन्द्र पौडेललाई पनि केन्द्रीय सदस्य मनोनीत गरे। पौडेल मंसिर २४ देखि २७ गतेसम्म भएको महाधिवेशनको प्रक्रियाबाटै अलग रहेका थिए।

- Advertisement -Poco C3

देउवाले पहिलो चरणमा पौडेलसहित १० नेतालाई केन्द्रीय समितिमा लगेका छन्। आफूलाई महाधिवेशनमा सहयोग गरेका नेतालाई प्राथमिकता दिँदै पहिलो चरणमै देउवाले उनीहरूलाई केन्द्रीय सदस्य बनाएका छन्।

पार्टी विधानको धारा २१ को उपधारा १० अनुसार पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन्। पौडेल महाधिवेशनमा कतै पनि खुलेका थिएनन्। अरू ९ जना भने देउवालाई समर्थन गर्ने नेताहरूमा पर्छन्।

पौडेल मौन बसेर देउवालाई सभापतिमा सहयोग गर्न खोजेको आरोप महाधिवेशनका बेला लागेको थियो। पौडेलले नै राखेको चियापानमा कार्यकर्ताले नाराबाजी गर्दै विरोधसमेत गरेका थिए। देउवाले दोस्रो चरणको निर्वाचनबाट सभापति जितेका थिए। उनलाई त्यसबेला सभापतिमा पहिलो चरणमा पराजित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङले समर्थन गरेका थिए। सभापतिमा समर्थन गर्नेमध्ये गुरूङलाई भने देउवाले पहिलो चरणमा केन्द्रीय सदस्य मनोनीत गरेनन्।

महाधिवेशनमा देउवा पक्षबाटै उपसभापति उम्मेदवार बनेका गच्छदार र सिंह पक्षबाट उपसभापति उम्मेदवार बनेकी कोइराला पराजित भएका थिए। गच्छदार र कोइरालालाई पनि देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। सिंहले दोस्रो चरणमा सभापतिमा देउवालाई समर्थन गर्दा आफूनिकट केहीलाई केन्द्रीय सदस्य मनोनीत गर्नुपर्छ भनेका थिए।

यसपालि पूर्वमहामन्त्री सिटौला भने सभापति उठेनन्। सभापतिमा उनले देउवालाई समर्थन गरेका थिए। एक महामन्त्री र एक सहमहामन्त्री लिएर देउवासँग संयुक्त प्यानल बनाएका सिटौलालाई पनि देउवाले पहिलो चरणमै केन्द्रीय सदस्य बनाएका छन्।

सिटौलानिकट तर देउवा पक्षकै महामन्त्री उम्मेदवार बनेर पराजित भएका प्रदीप पौडेल भने पहिलो चरणमा केन्द्रीय सदस्य मनोनीत भएनन्। तर देउवाले महामन्त्रीका अर्का उम्मेदवार प्रकाशशरण महतलाई भने केन्द्रीय सदस्यमा मनोनीत गरिसकेका छन्।

उपसभापतिका आकांक्षी नारायण खड्का केन्द्रीय सदस्य पनि उठेका थिएनन्। परराष्ट्र मन्त्रीसमेत रहेका खड्कालाई देउवाले शनिबार केन्द्रीय सदस्य मनोनीत गरेका छन्। नेपाल महिला संघकी अध्यक्ष एवं महिला, बालबालिका मन्त्री उमा रेग्मी पनि केन्द्रीय सदस्य मनोनीत भएकी छन्।

सभापति देउवाले नेपाल दलित संघका अध्यक्षसमेत रहेका मीनबहादुर विश्वकर्मालाई पनि केन्द्रीय सदस्य मनोनीत गरेका छन्। विश्वकर्माले महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नै नदिएको तर नाम देखिएको भन्दै फिर्ता लिएका थिए। विश्वकर्मा सहमहामन्त्रीको आकांक्षी थिए। त्यसबेला सभापति देउवाले मानबहादुर विश्वकर्मालाई सहमहामन्त्री उम्मेदवार बनाएका थिए।

देउवाले पहिलो चरणमा आफूनिकटलाई मात्रै केन्द्रीय सदस्य मनोनीत गरेकोमा आलोचना पनि भएको छ। ‘महाधिवेशनमा हारेका र महाधिवेशन प्रक्रियाबाट भागेका नेताहरूलाई उहाँ (देउवा) ले केन्द्रीय समितिमा लैजानुभयो,’ एक नेता भन्छन्, ‘अब म साझा सभापति हुँ, मलाई भोट नदिनेहरूको पनि भन्दै भाषण गर्नुहुन्थ्यो। तर निर्णय गर्ने बेला गुटभन्दा माथि उठ्न सक्नुभएन।’

महाधिवेशन प्रक्रियाबाटै अलग रहेको घोषणा गरेका पौडेललाई पनि देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका छन्। तर उनीपक्षकै केही नेताले यो पद अस्वीकार गर्नुपर्ने तर्क राख्छन्।

महाधिवेशन प्रक्रियाबाटै अलग रहेको व्यक्ति कसरी केन्द्रीय सदस्यमा मनोनीत गरियो भन्ने प्रश्न नेता गुरूराज घिमिरेको छ। घिमिरे २ भोट अन्तरले प्रदेश नम्बर १ को सभापतिमा पराजित भएका थिए। पौडेल ‘मौन’ बस्दा उनलाई वर्षौंदेखि नेता मानेकाहरू थोरै मतान्तरले हारेको भन्दै पौडेलको भूमिकामाथि नै महाधिवेशनका बेला प्रश्न उठेका थिए।

‘हाम्रा श्रदय नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनको नेतृत्व छनौट प्रक्रियाबाट अलग रहने निर्णय गर्नुभयो। उहाँ शनिबार केन्द्रीय सदस्य मनोनयनमा पर्नुभयो,’ घिमिरेले भनेका छन्, ‘महाधिवेशन प्रक्रियाबाटै अलगिएको व्यक्ति मनोनीत कसरी हुनुभो?’

राजनीतिमा नैतिकताको प्रश्न उठाउँदै आएका पौडेलले केन्द्रीय सदस्य स्वीकार गर्न नहुने धारणा उनी राख्छन्।

‘राजनीतिमा नैतिकताको प्रश्न उठाउने उहाँ नै हैन?,’ उनले प्रश्न गरेका छन्, ‘अनि साझा सभापति हुन्छु भन्ने नेताको चयन यही हो?’

केन्द्रीय सदस्य मनोनीत गर्दा देउवाले आफू पक्षका र आफूलाई सहयोग गरेकाहरूलाई नै प्राथमिकता दिएका छन्।

उपसभापतिमा पराजित भएका नेता चन्द्र भण्डारीले प्रजातान्त्रिक पार्टीले फरक मत राख्नेहरूलाई नजिकको साथीका रूपमा लिनेसमेत उल्लेख गरेका छन्।

‘प्रजातान्त्रिक संसारमा आफूसँग फरक मत राख्ने व्यक्तिलाई सबैभन्दा नजिकको साथीको रूपमा सम्मान गरिन्छ। प्रजातन्त्र व्यवहार हो भाषण होइन,’ उनले भनेका छन्।

सभापति देउवाले आफू साझा सभापति भएको भाषण गत पुस १० मा पहिलो केन्द्रीय समिति बैठक बस्नुअगाडि गरेका थिए।

तर सभापतिका अर्का उम्मेदवार शेखर कोइराला पक्षका कसैलाई पनि देउवाले केन्द्रीय सदस्यमा पहिलो चरणमा मनोनीत गरेनन्।

कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय हो। शेखर स्वत: केन्द्रीय सदस्य छन्। निर्वाचित १३२ जना केन्द्रीय समिति सदस्यमा भने देउवा पक्षकै बर्चश्व छ।

सभापति देउवाले अब २३ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन्। कोषाध्यक्ष र विभागहरूमा पनि सभापति देउवाले मनोनीत गर्न पाउने व्यवस्था छ।

मनोनीत गर्दा विगतमा पनि पराजित भएका शीर्ष नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गर्ने कांग्रेसमा परम्परा थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App