सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

सकसमा प्रचण्ड: न चुनाव गर्न सक्छन् न पेलेरै जान!

माओवादीको विधानअनुसार पदाधिकारी चयनलाई भने केही समय धकेल्न मिल्थ्यो। त्यसैले हुनुपर्दछ, पदाधिकारी चयन गर्न सक्ने अधिकार अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई दिने निर्णय गराएका थिए।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। निर्वाचनसम्बन्धी प्रक्रिया पूरा गर्न पर्दैनथ्यो भने नेकपा माओवादी केन्द्रको महाधिवेशन आठौं दिनसम्म जाने नै थिएन। हलबाटै पुष्पकमल दाहाल प्रचण्डले आफू अध्यक्ष बनेर पदाधिकारी पछि टुंगो लगाउने भनेर महाधिवेशन समापन गरिदिन्थे। तर माओवादीमा विगतमा जस्तो अब सजिलो छैन। महाधिवेशनले निर्वाचन प्रक्रिया पूरा गरेर केन्द्रीय कमिटी चयन गर्नुपर्दछ।

माओवादीको विधानअनुसार पदाधिकारी चयनलाई भने केही समय धकेल्न मिल्थ्यो। त्यसैले हुनुपर्दछ, पदाधिकारी चयन गर्न सक्ने अधिकार अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई दिने निर्णय गराएका थिए। यसअघि १५ पदाधिकारी बनाउने भने पनि अब त्यो अनिश्चित भएको छ। प्रचण्ड के चाहन्छन् भन्ने पदाधिकारी संख्याको अस्थिरतामा प्रष्ट देखिन्छ।

- Advertisement -Poco C3

प्रचण्डले कुनै निर्णय लिए भने महाधिवेशनका प्रतिनिधिहरूले त्यसको विरोध गर्ने साहस त गर्दैनन्। तर प्रचण्डले कार्यकर्ताको चाहनाविपरीत आफैँ कमिटी घोषणा गर्न चाहेका छैनन्। किनकी पार्टीमा प्रचण्डले जबरजस्ती गरेको सन्देश दिन उनी चाहँदैनन्।

त्यसकै लागि केन्द्रीय सदस्यको प्रस्ताव गर्न प्रदेशलाई जिम्मा दिइएको छ। केन्द्रीय सदस्यको आकांक्षी धेरै भएकाले सबै प्रदेशले सजिलै टुंगो लगाउँछन् भन्ने छैन। प्रदेशहरुले नाम प्रस्ताव गर्न नसकेर फेरि प्रचण्डलाई जिम्मा दिए भने नौलो नहुने एक केन्द्रीय सदस्यले बताए।

अर्कोतिर सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने भनेर प्रचण्डले दिएको अभिव्यक्तिले युवाहरु उत्साही बनेका हुन्। त्यही भनाइका आधारमा उनीहरु निर्वाचन हुनसक्छ भन्ने तर्क गर्छन्।

प्रदेश कमिटीको सिफारिसका आधारमा कमिटी चयन भएको हो प्रचण्डले हस्तक्षेप गरेर होइन भन्ने सन्देश दिनलाई पनि यस्तो गरिएको अर्का एक केन्द्रीय सदस्यले बताए।

‘उहाँलाई निर्वाचन गर्न पनि मन छैन। तर पेलेर गयो भन्ने सन्देश नजाओस भन्नेमा सचेत हुनुहुन्छ,’ ती केन्द्रीय सदस्यले भने, ‘प्रचण्डको दोहोरो मानसिकताले महाधिवेशन लम्बिएको छ। सहमति भएन भने अझै लम्बिन सक्छ। किनकी चुनाव होस् भन्ने उहाँको चाहना हुँदै होइन।’

सँगै प्रचण्डले तीन तहको निर्वाचन सकिएपछि विशेष महाधिवेशन गर्ने भनेर अहिलेको कमिटी अस्थायी हो भन्ने सन्देशसमेत दिन खोजेका छन्। यो पनि प्रचण्डले प्रतिनिधीलाई अलमल्याउन बोलेको ती सदस्यको भनाइ छ।

‘एकातिर अहिले यस्तो हतार-हतार गरेर महाधिवेशन गरिएको छ। फेरि विशेष महाधिवेशनको हल्ला फिजाएर यो केही होइन भन्ने पार्न खोज्नुभएको छ। यसले पार्टीलाई थप अस्थिर बनाउछ,’ ती सदस्यले भने, ‘आफ्नो नाम नपरेर विरोध गरेकाहरुलाई मनोनीत गर्ने भनेर आश्वास दिन मिल्छ भनेर त्यो कोटा पनि बढाइको छ।’

यसअघि मनोनLत १० प्रतिशत भनिए पनि शनिबार त्यसलाई बढाइएर १५ प्रतिशत पुर्‍याइएको छ।

शनिबार बेलुकी ८:३० बजेदेखि उमेदवारी दर्ताको लागि समय दिइएको भए पनि त्यसलाई सारेर आइतबार दिउँसो २:३० बजेपछि मात्रै भनिएको छ। त्यो बेलासम्म सहमति हुन नसके फेरि पनि कार्यतालिका प्रभावित हुन्छ। किनकी निर्वाचन गर्नका लागि गर्नुपर्ने अरु थुप्रै तयारीका लागि माओवादी तयार भइसकेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App