सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

अर्घाखाँची सिमेन्ट ८ अर्ब बढी लगानीको आइपिओ ल्याउने तयारीमा

६० हजार बोरामा ओपिसी र पिपिसी दुवै पर्छ

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अर्घाखाँची सिमेन्ट उद्योगले यो वर्ष एक करोड २५ लाख मेट्रिक टन सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको छ। योसँगै कम्पनीले चाँडै प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी पनि गरिरहेको छ।

कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाका अनुसार बजारमा माग र खपत बढेसँगै उत्पादन बढाउँदै लगिएको हो। हाल दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गरी अर्घाखाँचीले वार्षिक एक करोड २० लाख मेट्रिक टनसम्म सिमेन्ट बिक्री गरिरहेको छ। यस वर्ष थप पाँच लाख मेट्रिक टन सिमेन्ट बिक्री गर्ने गरी काम भइरहेको उनले जानकारी दिए।

- Advertisement -Poco C3

कम्पनीले ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) गरी दुई प्रकारका सिमेन्ट उत्पादन गर्दै आएको छ। ‘६० हजार बोरामा ओपिसी र पिपिसी दुवै पर्छ,’ थापाले भने, ‘कम्पनीले एउटै कारखाना परिसरभित्र दुइटा छुट्टाछुट्टै उत्पादन लाइनमार्फत दुवै खालका सिमेन्ट उत्पादन गरिरहेको छ।’

२०७१ सालबाट अर्घाखाँचीले बजारमा सिमेन्ट पठाउन थालेको हो। उद्योगमा मुरारका अर्गनाइजेसनसँगै सिद्धार्थ ग्रुप, केडिया अर्गनाइजेसन र भारतको उमा सिमेन्ट इन्टरनेसनलको संयुक्त लगानी छ। कम्पनीमा हालसम्म आठ अर्ब रूपैयाँभन्दा बढी लगानी पुगिसकेको थापाले जानकारी दिए।

सुरूमा ओपिसीमार्फत् कारोबार सुरू गरेको कम्पनी ०७६ सालबाट पिपिसी उत्पादन थालेको हो।अर्घाखाँचीको सुरूआती उत्पादन क्षमता दैनिक २४ हजार बोरा मात्र थियो। बजार र प्रतिस्पर्धा बढ्दै गएपछि उत्पादन पनि बढाउँदै लगेको थापा बताउँछन्।

अर्घाखाँचीले सिमेन्ट बनाउन चाहिने कच्चा पदार्थ, क्लिंकर पनि उत्पादन गरिरहेको छ। थापाका अनुसार उद्योगको आफ्नै चुनढुंगा खानी छ। पहिले त्यसको गुणस्तर परीक्षण हुन्छ। अनि क्लिंकर बनाइन्छ र त्यो पनि परीक्षण गरिन्छ। त्यसबाट बनेको सिमेन्टको पनि गुणस्तर परीक्षण हुन्छ।

उनले भने, ‘जुन उद्योगले आफैं क्लिंकर उत्पादन गर्छन्, अरूको तुलनामा तिनको सिमेन्ट बढी गुणस्तरीय हुन्छ। त्यसकारण अर्घाखाँचीको सिमेन्ट पनि गुणस्तरीय छ।’

अर्घाखाँची ओपिसीले ४३ ग्रेडको उत्पादनका लागि इजाजत पाइसकेको छ। थापाका अनुसार नेपाल गुणस्तर तथा नापतौल विभागले ‘एनएचएस–५७२’ प्रमाणीकरण गरी कम्पनीलाई ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको थियो।

डेढ वर्ष लामो कोरोनाकालमा पनि अर्घाखाँचीको सिमेन्ट खपत राम्रै भएको बताउँदै थापा भन्छन्, ‘भूकम्पपछिको पुनर्निर्माण र लकडाउनकै बेला पनि अर्घाखाँची सिमेन्टको खपतले हामीलाई सन्तुष्ट बनायो।’

सिमेन्टको माग अत्यधिक हुने सिजन जाडोयाम हो। दसैं-तिहार सकिएसँगै हरेक वर्ष माग बढ्छ। तर विगतको तुलनामा यस वर्ष कम भएको उनले बताए।

‘प्रायः धेरैले कर्जा लिएर घर बनाउँछन्। अहिले बैंकहरूसँग पैसा अभाव लगायतका कुरा आइरहेका छन्। त्यसकारण पनि सिमेन्ट माग नआएको हुन सक्छ,’ उनी अनुमान गर्छन्, ‘त्यस्तै घर बनाउन अरू सामान पनि चाहिन्छ। अहिले डन्डीको भाउ तलमाथि भइरहेको छ। घर बनाउनेहरू भाउ स्थिर होला भनेर पर्खेर बसेका पनि छन्।’

त्यसैले यो वर्ष कतिपय कम्पनीले सिमेन्टको भाउ घटाएको पनि उनले जानकारी दिए। अहिले सिमेन्टको मूल्य सय रूपैयाँसम्म घटेको छ। पछिल्ला समय सिमेन्ट बजार प्रतिस्पर्धात्मक छ। तर अर्घाखाँचीलाई प्रतिस्पर्धामा कठिनाइ नभएको उनी बताउँछन्।

कम्पनीका म्यानेजर प्रोजेक्ट सेल्स इञ्जिनियर अभियान जैसवाल भने सिमेन्ट बजारमा दुई मुख्य समस्या भएको बताउँछन्ः माग-आपूर्तिको सन्तुलन र यातायातको।

पहिले सिमेन्टको माग बढी हुँदा आपूर्ति कम थियो। उद्योग बढेसँगै आपूर्ति धेरै भयो। यसको तुलनामा माग कम भयो। ‘२४ हजार बोरा उत्पादन बढेर ६० हजार पुग्यो तर त्योअनुसार माग बढ्न सकेन,’ जैसवालले भने। सिमेन्ट वितरणका गाडी संख्या नबढ्नु अर्को मुख्य समस्या भएको उनी बताउँछन्।

‘उत्पादन बढेअनुसार ढुवानीका लागि सात सय वटा गाडी थपिनुपर्ने माग छ। तर वार्षिक मुश्किलले सय वटा थपिन्छन्। यसले गर्दा भाडा महँगो परेको छ,’ उनले भने। अर्घाखाँचीले सिमेन्ट निर्यात गर्ने सोच पनि बनाएको छ। तर सम्भव हुन सकेको छैन।

‘आगामी पाँच वर्षभित्र भुटान, भारत र बंगलादेशमा निर्यात गर्ने लक्ष्य छ। अर्घाखाँचीको सिमेन्ट अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै गुणस्तरीय छ,’ उनी भन्छन्, ‘दुवै देशका सरकारले स्वीकृत गरेमा पाँच वर्षभित्र ठूलो मात्रामा निर्यात गर्न सकिन्छ।’

स्वदेशमा पनि सिमेन्ट खपतका धेरै ठाउँ छन्। सडकदेखि राष्ट्रिय गौरवका आयोजनासम्म सिमेन्ट धेरै मात्रामा प्रयोग भइरहेको छ। उनका अनुसार बुढिगण्डकी, अरुण, पश्चिम सेती लगायत ठूला परियोजना आउने क्रममा छन्, यिनमा सिमेन्टको खपत धेरै हुन्छ। त्यसैले माग बढ्ने अपेक्षा कम्पनीको छ।

त्यस्तै अर्घाखाँची चाँडै प्राथमिक सेयर (आइपिओ) मा जाने तयारी गरिरहेको पनि जैसवालले जानकारी दिए। ‘आइपिओ जारी गर्ने प्रक्रिया अगाडि बढिरहेको छ,’ उनले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

“काठमाडौंमा तरकारीको खपत घट्यो” कोरोनाको असर

सरकारले गतिविधिमा थप कडाइ थालेसँगै बजारमा असर बढ्न सक्ने उनको अनुमान छ । अहिले हरियो तरकारीमा बन्दा, काउली र आलुको सिजन रहेको र तिनै तरकारीको खपत घट्दै गएको बजार विकास समितिले जनाएको छ ।

नेप्से ५४.१२ अङ्कले बढ्यो, परिसूचक २८५७.७५ विन्दुमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर खरिद बिक्री हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५ सय ६८ रुपैयाँको सेयर कारोबार भएको छ ।

निफ्रासहित दुई कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुनको कति पुग्यो प्रतिकित्ता ?

यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ३४ रुपैयाँ ४० पैसाले वृद्धि भई ३७९ रुपैयाँ २० पैसा कायम भएको छ ।

५ करोडका कारण एमालेका प्रभावशाली नेता जेल चलान

सहकारीको रकम हिनामिना मुद्दामा पूर्वअध्यक्षद्वय किरण भण्डारी र रुक्माङगत ज्ञवाली कारागार चलान भएका हुन् । पूर्वअध्यक्ष भण्डारी एमालेका नेता हुन् ।

नेप्से परिसूचक ३०.५१ अङ्कले घट्यो, ८ अर्ब ३ करोड माथिको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रुपैयाँको सेयर कारोबार भएको छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App