सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

प्रचण्डको राजनीतिमा ठूलो छलाङ, उत्तराधिकारी रेनु दाहाल

पाकिस्तानमा जुल्फीकर अलि भुट्टोले आफ्ना चार सन्तानमध्ये बेनजिर भुट्टोलाई राजनीतिमा अगाडि बढाएका थिए ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पाकिस्तानमा जुल्फीकर अलि भुट्टोले आफ्ना चार सन्तानमध्ये बेनजिर भुट्टोलाई राजनीतिमा अगाडि बढाएका थिए । जुल्फिकरले भुट्टोले छोरी बेनजिरलाई अमेरिका र बेलायतको शिक्षा दिलाए ।

प्रधानमन्त्री बनेपछि महत्वपूर्ण जिम्मेवारी दिए । वास्तवमा जुल्फिकरले बेनजिरमा त्यो क्षमता देखेका थिए जुन उनका अन्य तीन सन्तानमा थिएन । जुल्फिकर सही ठहरिए । बेनजिर पाकिस्तानको राजनीतिमा भुट्टो परिवारको विरासत धान्न सफल भइन् । उनी पाकिस्तानको राजनीतिमा छाइन् । प्रधानमन्त्री सम्म बनिन् ।

- Advertisement -Poco C3

नेपालमा पनि नेताहरुले आफ्ना सन्तानलाई राजनीतिमा बढाउन खोजेको इतिहास धेरै छ । तर, कतिपयका लागि त्यो प्रत्युत्पादक बनेको छ । कतिपयले सन्तानलाई राजनीतिमा स्थापित गराउन खोज्दा खोज्दै सकेका छैनन् ।

नेताका सन्तान राजनीतिमा सक्रिय भएको धेरै घटना छन् । तर, रोचक पक्ष यो छ कि २००७ सालयता कुनैपनि प्रधानमन्त्रीका छोराछोरी प्रधानमन्त्री बन्न सकेका छैनन् । गिरिजा्रसाद कोइरालाले छोरी सुजाता कोइरालालाई राजनीतिमा अगाडि बढाए । सुजाता उपप्रधानमन्त्री सम्म बनिन् । तर, पछि उनी विविध कारणले पछि परिन् ।

वीपी कोइरालाका छोराहरु प्रकाश कोइराला र सशाक कोइराला दुवै राजनीतिमा छन् । प्रकाश पछाडि परिसकेका छन् । सशांक कोइराला अगाडि बढ्न खोज्दै गर्दा फेरि पछि परेको देखिएको छ । नेकपा एमालेको राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीलाई राजनीतिमा बढाउन खोजिएको देखिदैछ । तर, भण्डारीले अगाडि बढ्दै गर्दा ठूलो चुनौतीको सामना गरिरहेकी छिन् ।

नेकपा माओवादी केन्द्रमा पुष्पकमल दाहाल प्रचण्डले आफ्नो उत्तराधिकारी देखाएका छैनन् । तर, उनले परिवारभित्रैबाट राजनीतिक विरासत विकास गरिरहेको बुझ्न सकिन्छ । प्रचण्डको परिवारमा छोरीहरु रेनु दाहाल र गंगा दाहालका अलावा बुहारी विना मगर राजनीतिमा सक्रिय छन् । प्रचण्डले तीनैजनाको परीक्षण गरिरहेको देख्न सकिन्छ ।

गंगा दाहाल प्रचण्डको सचिवालय हेर्छिन् । उनी राजनीतिमा धेरै अगाडि बढ्ने संकेत गरिरहेकी छैनन् । विना मगर खानेपानी मन्त्री भइसकेकी छिन् । विना प्रत्यक्ष निर्वाचन समेत जित्न सकिन् । उनले महत्वपूर्ण जिम्मेवारीहरु पाइरहेकी छिन् ।

प्रचण्डले परिवारबाट सबैभन्दा बढी ध्यान रेनु दाहालमा दिइरहेका छन् । रेनु भरतपुर महानगरपालिकाकी मेयर हुन् । उनले मेयरका रुपमा महत्वपूर्ण कामहरु पनि गर्न सकिन् ।

स्वयं प्रचण्डले रेनुको प्रशंशा गर्दै आएका छन् । देशभित्र मात्र नभएर देशबाहिर पनि रेनुको क्षमताको प्रशंशा भइरहेको बताउन पुगे । यसबाट पनि प्रचण्डले रेनुलाई अगाडि बढाउन खोजेको बुझ्न सकिन्छ ।

रेनु बाल्यकालदेखि टाठी थिइन् । पढाईमा पनि अगाडि बढिन् । राजनीतिमा पनि रेनुले क्षमता देखाउन सकेबाट प्रचण्डले उनीबाट धेरै आशा राखेको बुझिएको छ ।

यसपटक माओवादीको नयाँ कमिटिीमा रेनु दाहालले पनि स्थान बनाउने बुझिएको छ । उनले ठूलै छलाङ मार्नसक्ने चर्चा छ । प्रचण्ड परिवारबाट रेनु नै अगाडि बढ्ने संकेतहरु देखिन थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App