सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

प्रचण्डले ताली बजाउनुस् भने, प्रतिनिधिहरूले बजाए, महाधिवेशन सकियो

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को चाहनाविपरीत कोही केन्द्रीय सदस्य हुन सक्दैन भन्नै धेरैलाई थाहा थियो।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशन क्रममा शनिबार मतदाता नामावली प्रकाशनपछि कार्यकर्ताहरू निकै उत्साही भएका थिए। निर्वाचन कार्यतालिका आएपछि त उनीहरू दंगै परे।

मतदाता नामावली र निर्वाचन कार्यतालिका टाँसिएको बोर्डमा निकैबेरसम्म फोटो खिच्नेको भीड लाग्यो। नलागोस् पनि किन, आखिर माओवादी केन्द्रमा यस्तो घटना पहिलोपटक हुँदै थियो। यसपटक पनि हुन्थेन होला, निर्वाचन आयोगले तोेकेको प्रक्रिया पुर्‍याउनुपर्ने नभइदिएको भए।

- Advertisement -Poco C3

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चाहनाविपरीत कोही केन्द्रीय सदस्य हुन सक्दैन भन्नै धेरैलाई थाहा थियो। तै पनि प्रचण्डले केन्द्रीय सदस्य छनौटका लागि प्रदेश कमिटीलाई जिम्मा दिएका थिए। आफूलाई जबर्जस्ती गर्न खोजेको आरोप नलागोस् भनेर मात्रै उनले प्रदेश कमिटीलाई यस्तो जिम्मेवारी दिएका हुन्। सँगै क्लस्टरअनुसारको नाम छुट्टयाउन सजिलो होस् भनेर उनले अरूलाई पनि नाम छनौटको जिम्मेवारी दिए।

प्रचण्डले लोकतान्त्रिक प्रक्रियाअनुसार नै नेतृत्व चयन गर्न चाहेका थिए भने उम्मेदवारी दर्ता गर्नबाट कसैलाई रोक्ने थिएनन्। यस मामिलामा उनी एमाले अध्यक्ष केपी ओलीभन्दा अनुदार देखिएका छन्।

चितवनमा भएको एमाले महाधिवेशनमा ओलीले पनि प्रचण्डले जसरी नै केन्द्रीय सदस्यको नामावली पढेका थिए।पढिसकेपछि ओलीले चित्त नबुझेकाहरूले उम्मेदवारी दिन सक्ने बताएका थिए। सँगसँगै, आफूले घोषणा गरेको प्यानलविरूद्ध उम्मेदवारी दिनेलाई मतदान नगर्न उर्दी पनि जारी गरेका थिए।

यता प्रचण्डले पनि आइतबार बन्दसत्रमा जसै केन्द्रीय सदस्यको सूची पढे, उनले त्यसलाई ताली बजाएर अनुमोदन गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरे। प्रतिनिधिहरूले ताली बजाए, महाधिवेशन सकियो। यहाँ उनले ओलीले जस्तै चित्त नबुझेकाहरूले उम्मेदवारी दिन पाउनेछन् भनेनन्। बरू सूचीमा नपरेकाहरूलाई यसरी मिलाउँछु र उसरी मिलाउँछु भनेर आश्वासन चाहिँ बाँडे।

बन्दसत्रमा प्रचण्डको सूचीविरूद्ध विरोधको स्वर सुनिएन। केही बेरसम्म केन्द्रीय सदस्यहरूलाई बधाई दिने अनि माओवादीका पक्षमा नारा लगाउने क्रम चल्यो।

खस आर्यको क्लस्टरबाट केन्द्रीय सदस्यहरूको नाम पढ्दा सुरूमै आफ्ना भाइ नारायण दाहालको नाम पढेका प्रचण्डले खुलातर्फका केन्द्रीय सदस्यको सूचीमा २३औं नम्बरमा आफ्नो नाम पढेका थिए। प्रचण्डले छानेका सबै केन्द्रीय सदस्यले उम्मेदवारी दर्ता गराइसकेका छन्। माओवादीको केन्द्रीय निर्वाचन आयोग प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार प्रचण्डले प्रस्ताव गरेकाबाहेक अरूले उम्मेदवारी दिएका छैनन्।

पार्टीको नेतृत्वमा पुगेको साढे तीन दशकदेखि नै प्रचण्डका कमिटीहरू उनकै तजबिजमा यसैगरी चल्दै आएका छन्। भूमिगत हुनुभन्दा अघि र भूमिगत कालको कुरा अलग्गै हुनसक्छ तर खुला राजनीतिमा आएपछि पनि प्रचण्डले पार्टीलाई आफ्नै तालमा चलाइरहे र जहिले पनि अस्थिर बनाइरहे।

उनले पार्टीमा आफ्नो विरोध गर्नेहरूलाई कुनै न कुनै रूपमा निस्किन बाध्य पारे। उनका सबै समकालीन नेताहरू प्रचण्ड नेतृत्वको माओवादीभन्दा बाहिर छन्। अहिले आफ्ना समर्थक मात्रै हुँदा पनि प्रचण्डले पार्टीलाई अस्थिर बनाइरहेका छन्।

यही महाधिवेशनका सन्दर्भमा भएका केही घटनाक्रम मात्र हेर्ने हो भने पनि उनी कति अस्थिर छन् भन्ने प्रस्ट हुन्छ। पहिलो त, उनले तीनदिने सम्मेलन भनेर कार्यकर्तालाई बोलाएका थिए। तर सम्मेलन सुरू हुने अघिल्लो दिन महाधिवेशन भन्दिए। कार्यकर्ताहरू पुसको जाडोमा ८ दिन काठमाडौं बस्न बाध्य भए।

आठौं महाधिवेशन हुने दिन बसेको केन्द्रीय कमिटी बैठकले १५ जना पदाधिकारी राख्ने निर्णय गरेको थियो। अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक महासचिव, दुई जना उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान माओवादीले प्रस्ताव गरेको थियो। तर आफ्नै प्रस्ताव प्रचण्डले खारेज गरिदिए।

पदाधिकारी संख्या र चयन गर्ने जिम्मा हलले केन्द्रीय कमिटीलाई दिएको छ। माओवादीमा महाधिवेशन सकिँदासम्म कति पदाधिकारी रहन्छन् भन्ने टुंगो लागेको छैन।

यसबीच आठ दिनसम्म विचार र नेतृत्वका लागि बहस भएको छ। प्रचण्डको गोजीबाटै निकालिएको नामावली भए पनि केन्द्रीय सदस्य चयन भएका छन्। तर प्रचण्डले यी सबैले पूरा कार्यकाल काम गर्न पाउँदैनन् भन्ने संकेत दिइसकेका छन्। तीनवटै तहको निर्वाचनपछि विशेष महाधिवेशन गर्ने भनेर उनले अस्थिरताको संकेत दिइसकेका छन्। विशेष महाधिवेशनपछि फेरि नयाँ नेतृत्व चयन हुन्छ भन्ने प्रतिनिधिहरूको अनुमान छ।

सोमबार बस्ने माओवादी केन्द्रीय कमिटी बैठकले अरू केही गर्न नसके पनि प्रचण्डलाई अध्यक्ष बनाउनेछ। प्रचण्ड आज एक दिन चाहिँ माओवादी अध्यक्ष छैनन्। आइतबार बेलुकी महाधिवेशन सकिएर सभाहलबाट बाहिर निस्किने क्रममा केही प्रतिनिधिले व्यंग्य गर्दै भनेका थिए, ‘हाम्रो अध्यक्ष एक दिनका लागि केन्द्रीय सदस्य मात्रै हुनुभयो।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App