सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

डा. बाबुराम भट्टराई: म फेरि एकपटक परिवर्तनका लागि बौलाएको छु !

परिवर्तन र विकासका लागि जसपा निर्माण गरिएको उनको भनाइ थियो । जसपा पुरानो सोच र सिद्धान्त बोकोको पार्टी नभएर नयाँ सोच, दृष्टिकोण र सिद्धान्त बोकेको पार्टी भएको भट्टराईको दावी छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राष्ट्रपतीय प्रणाली आवश्यक भएको बताएका छन् । पाँचथरको यासोकमा जसपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै भट्टराईले स्थायीत्वका लागि राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने बताएका हुन् ।

‘स्थायीत्वको नारा दिएर तत्कालिन नेकपाले दुई तिहाइको सरकार चलायो,’ भट्टराईले भने, ‘पूरा कार्याकाल सरकार नचलाउँदै सरकार मात्र ढलेन, नेकपा नै टुक्रियो । अस्थितरताको अत्यका लागि पूर्ण समानुपातिक संसदीय व्यवस्था र राष्ट्रपतीय प्रणालीमा जान आवश्यक छ ।’

- Advertisement -Poco C3

आफूले अवसर पाए संविधान संशोधन गरेर उक्त काम गर्ने भट्टराईको तर्क छ । सम्बोधनकै क्रममा भट्टराईले संघीयतालाई वैज्ञानिक ढंगले कार्यान्वयन गर्नुपर्ने बताए । नेपालमा गलत ढगले संघीयता कार्यान्वयन भएकाले देशमा संकट आएको भट्टराईको ठम्याइ छ । ‘नेपालमा गलत ढंगले संघीयताको कार्यान्वयन भइरहेको छ,ुभट्टराईले भने, ‘कार्यान्वयनको शैली परिवर्तन नभए मुलुकमा ठूलो संकट आइलाग्नेछ ।’

उनले वैज्ञानिक ढंगले कार्यान्वयन गरिएको संघीयताले मात्र जनजातीहरुको उत्थान गर्न सक्ने बताए । लिम्बूहरुले लिम्बुवानको मात्र कुरा नगरेर सम्पूर्ण जनजाती र उत्पीडित वर्गहरुका लागि संघर्ष गर्नुपर्ने उनको भनाइ छ ।

‘लिम्बुवानमा उभिएर मैले बोल्नैपछ कि लिम्बूहरुले सम्पूर्ण जनजातीहरुको पक्षमा संघर्ष गर्न जरुरी छ,’ उनले भने । प्रतिगामी शक्तिहरुले आफूलाई बौलाहा भएको प्रसंग निकाल्दै भट्टराईले देशमा सकारात्मक परिवर्तनका लागि सचेत नेपालीहरु बौलाउनुपर्ने उल्लेख गरे ।

‘परिवर्तनका लागि विद्वानहरु बौलाउन जरुरी छ,ु उनले भने, ‘परिवर्तका लागि पहिले पनि बौलाएर क्रान्तिको बिगुल फुकेकै हो, म फेरि एकपटक परिवर्तनका लागि बौलाएको छु।’ परिवर्तन र विकासका लागि जसपा निर्माण गरिएको उनको भनाइ थियो । जसपा पुरानो सोच र सिद्धान्त बोकोको पार्टी नभएर नयाँ सोच, दृष्टिकोण र सिद्धान्त बोकेको पार्टी भएको भट्टराईको दावी छ ।

मुलुकलाई समृद्ध बनाउने अवसर पाएका पार्टी र तिनका नेताहरुले केही गर्न नसकेपछि राष्ट्रियताको हौवा फैलाएको भट्टराईको आरोप छ। ‘तपाईंहरुकै क्षेत्रका एक नेताले दुई तिहाइको सरकार चलाउने

मौका पाए,’ पूर्वप्रधानमन्त्रीसमते रहेका एमाले अध्यक्ष केपी ओलीप्रति इंगित गर्दै भट्टराईले भने, ‘देश बनाउन त परै जाओस्, आफ्नै पार्टीलाई सम्हाल्न नसकेर तहसनहस बनाएका उनैले अहिले राष्ट्रियताको

चर्को कुरा गरिरहेका छन् ।’ आफ्ना बदमासी लुकाउन राष्ट्रियता खतरामा छ भन्दै कराएर जनतालाई भ्रममा पारेको भट्टराईको तर्क छ । कार्यक्रमको अवसरमा भट्टराईले कुम्मायक गाउँपालिका ४ का अध्यक्ष देबेन्द्र लावतीसहित दर्जनौंलाई पार्टी प्रवेश गराएका थिए। उक्त कार्यक्रमलाई जसपाका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ,

राणध्वज कन्दङवा, केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जयराम यादव, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमलगायत आधा दर्जन बढी नेताहरुले सम्बोधन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App