बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

प्रतिनिधिहरु किन पेट दुख्नेगरी हासे प्रचण्डले ‘आर’ र ‘पि’ भनेर उच्चारण गर्दा ?

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा धेरैजसो पुरानै अनुहार दोहोरिएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा धेरैजसो पुरानै अनुहार दोहोरिएका छन् । महाधिवेशनको अन्तिम दिन हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्ताव गरिएको २३६ जना केन्द्रीय सदस्यको नाम हलले पारित गरेको थियो । जसमा अपवादबाहेक अधिकांश पुरानै नेता दोहोरिएका हुन् ।

माओवादीको विधानमा २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । विधानले मिश्रित निर्वाचन प्रणालीका आधारमा ५० प्रतिशत खुला र ५० प्रतिशत समानुपातिक क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ । सोही अनुसार अध्यक्ष प्रचण्डले २३६ जनाको नाम अनुमोदनका लागि बन्दसत्रमा प्रस्तुत गर्नुभएको थियो । उक्त नाम बन्दसत्रले अनुमोदन गरेपछि अधुरो कमिटी घोषणा गर्दै माओवादीको आठ दिन लामो आठौँ महाधिवेशन सम्पन्न भयो ।

- Advertisement -Poco C3

तर, सर्वसम्मत भनिएको केन्द्रीय सदस्य चयन विवादमुक्त भने हुन् सकेन । कमिटी चयनमा जनयुद्धकालीन पुराना र इमान्दार नेताहरुलाई पाखा पारेर प्रभावशाली नेताका परिवारका सदस्य र उनीहरु वरपरकालाई ठाउँ दिइएको माओवादी नेतृत्वमाथि आरोप लागेको छ । त्यस्तै सर्वसम्मतिका नाममा नेताको गोजीका नाम अनुमोदन गराएर माओवादीले आन्तरिक लोकतन्त्रको धज्जी उडाएको भन्नेहरु पनि छन् ।

यता, प्रदेशका दुई जना उपसभामुखलाई केन्द्रीय सदस्य बनाउने निर्णयको पार्टीभित्र मात्र होइन, बाहिरसमेत आलोचना भएको छ । अरु थुप्रै आकांक्षी हुँदाहुँदै बाग्मती र कर्णाली प्रदेशका उपसभामुखलाई केन्द्रीय सदस्य बनाइएकोमा महाधिवेशन प्रतिनिधिहरु स्वयं आश्चर्यचकित बनेका थिए । उपसभामुख पदमा रहेकाहरुलाई केन्द्रीय सदस्यमा लैजाने प्रचण्डको प्रस्ताव सुनेर आफू अचम्ममा परेको एक प्रतिनिधिले बताए ।

बन्दसत्र हलमा प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम वाचन गर्दा उनीहरुको नाम सांकेतिक रुपमा पढिएको थियो । पी। घर्ती र आर। तामाङ भनेर प्रचण्डले नाम वाचन गर्दा प्रतिनिधिहरु हाँसेका थिए । प्रचण्डले पढेको आर तामाङ बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङ हुन् । कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती विष्टलाई प्रचण्डले पी घर्ती भनेर नाम वाचन गर्नुभयो ।

संसदीय अभ्यासमा सभामुख, उपसभामुख भएको व्यक्ति पार्टीको जिम्मेवारीमा नरहने प्रचलन छ । त्यसै कारण फर्जी नामबाट उनीहरुलाई पार्टीको केन्द्रीय कमिटीमा समावेश गरिएको आरोप माओवादीमाथि लागेको छ ।

त्यसो त, माओवादी केन्द्रका नेताहरुले महाधिवेशनपछि पार्टीमा क्रान्तिकारी रुपान्तरणले फड्को मार्ने उद्घोष गरेका थिए । सोही अनुसार लामै बैचारिक बहस पनि चल्यो । तर, नेतृत्व चयनमा भने माओवादीले दावी गरेजस्तो क्रान्तिकारी रुपान्तरण भएको देखिएन । बर, अपुरो कमिटी घोषणा गरेर महाधिवेशन अन्त्य गरियो ।

अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी पनि हलबाटै निर्वाचित गर्नुपर्ने प्रतिनिधिहरुका सुझाव पनि कार्यान्वयन भएन । विधानमा केन्द्रीय सदस्यले पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । पदाधिकारी चयनका लागि आज केन्द्रीय कमिटीको पहिलो बैठक पनि बोलाइएको छ । तर, ६३ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी नै रहेकाले आजै पधाधिकारी चयन हुने सम्भावना भने न्यून छ । जनआस्थामा खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App