बुधबार, माघ १२, २०७८
बुधबार, माघ १२, २०७८
Poco C3

गगन थापा: चुनावसम्म पार्टी प्रवेश गराएर १५ लाख सदस्य बनाउनैपर्छ

कांग्रेस महामन्त्री गगन थापाले १४ औं महाधिवेशनपछि पार्टीभित्र गुट, उपगुटको अन्त्य भएको र अब विधिसम्मत पार्टी सञ्चालन हुने बताएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कांग्रेस महामन्त्री गगन थापाले १४ औं महाधिवेशनपछि पार्टीभित्र गुट, उपगुटको अन्त्य भएको र अब विधिसम्मत पार्टी सञ्चालन हुने बताएका छन् ।

साथै आउँदो तीन तहको चुनावको तयारी थाल्न कार्यकर्तालाई अनुरोध गरेका छन् । कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाँटमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै थापाले दुई तिहाइको बलियो कम्युनिस्ट सरकारलाई केपी ओलीको अहमताले सरकार ढलेको बताए ।

- Advertisement -Poco C3

‘आउँदो चुनावसम्म पार्टी प्रवेश गराएर १५ लाख पार्टी सदस्य बनाउनैपर्छ,’ थापाले भने, ‘चुनावपछि बहुमत सरकार बनाएर ५ वर्ष जनताको जीवनस्तर बदल्ने, विकास गर्ने, देश बदल्ने, अवस्था बदल्ने र जनतालाई ढुक्कसँग आफ्नै सरकार छ भन्ने गराउँछौं ।’

पार्टीभित्रको झगडाकै कारण कम्युनिस्टले जस्तै कांग्रेसले देशलाई बिग्रन नदिने उनको दाबी थियो । पार्टीभित्र वडादेखि निर्वाचन क्षेत्रको चुनाव कसरी जिताउने भनेर पार्टीभित्र बृहत छलफल गर्दै गाउँमा पुगेर चुनावको तयारीमा लाग्न थापाले कार्यकर्तालाई अनुरोध गरे ।

‘अब पार्टीभित्र गुट(सुट केही हुँदैन, विधिसम्मत पार्टी चल्छ, त्यसमा चिन्ता नगर्नुस् केन्द्रमा हामी मिलाउँछौं,’ थापाले भने, ‘जिल्ला र गाउँमा पार्टी प्रवेश गराएर चुनावमा जित्ने कांग्रेस बनाउनुस् । अब आउँदो चुनावबाट ५ वर्ष कांग्रेसले बहुमतको सरकार चलाएर देशलाई बदल्ने हो ।’

कांग्रेसको एकल बहुमतको सरकार भएपछि रोजगारीको लागि कतार लगायत देशमा जाने युवाको संख्या घटाउने, देशको विकास गर्ने पनि उनले बताए । ‘कम्युनिस्ट बिग्रे, अब कांग्रेसलाई भोट दिनुस् भन्ने होइन,’ उनले भने, ‘अब देश बदल्ने, अवस्था बदल्ने, मुलुकको समग्र विकास गर्ने नारा लिएर अहिल्यै गाउँमा पुगेर मत माग्नुस, चुनावी तयारी थाल्नुस् ।’

आमसभामा एमालेबाट निर्वाचित पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित डेढ सयको संख्यामा एमाले र माओवादी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए । थापासहित केन्द्रीय सदस्य पुष्पा भुसाल, सञ्जय गौतम हेलिकप्टर चार्टर गरेर काठमाडौंबाट दुर्गाफाँट पुगेका थिए । थापा भाषण छोट्याएर काठमाडौं फर्के ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

प्रचण्ड: एमसीसी पास गर्न कुन माइकललालको ताकत रैछ हेर्छु

उनले एमसीसीका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सामान्य कुराकानी भएपनि यसको परिमार्जन, संशोधन र ब्याख्या गर्ने विषयमा ठोस कुराकानी नभएको बताए ।

नेपाल ह्वात्तै बड्यो संक्रमण, कति थपियो आज हेर्नुहोस्।

शनिबार २९७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ६ हजार १४० सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ९ हजार ७६२ पीसीआर तथा ३ हजार ५०२ एन्टिजेन परीक्षण भएको छ।

लेखराज भट्ट छानबिन समितिको संयोजक हुँदा अरबौ असुल गरेको पर्दाफाश

स्रोतका अनुसार तत्कालीन उद्योगमन्त्री लेखराज भट्टको निर्देशनमा विभागले नौ सदस्यीय दोस्रो छानबिन समिति गठन गरेको हो । सो समितिले एक–एक लाख जरिवाना मात्रै गर्न सिफारिस गर्‍यो ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App