बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

प्रचण्डले भने “नेतृत्वको रूपमा यो अन्तिम अवसर हुनेछ”

म धेरै लामो समयदेखि पार्टीको नेतृत्वमा छु । यसक्रममा इतिहासका धेरै घटनाक्रमहरूको नेतृत्वगर्ने अवसर मलाई प्राप्त भएको छ

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा (माअ‍ोवादी केन्द्र)को नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना लागि यो अन्तिम अवसर हुने बताएका छन् । ०४६ सालमा नेकपा मसालको महामन्त्री भएर नेतृत्व सुरु गरेका प्रचण्डले माअ‍ोवादी केन्द्रमा पुन: अर्को कार्यकालको नेतृत्व पाएका छन् ।

“आठौँ महाधिवेशनबाट साथीहरूले मलाई महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ । यो ऐतिहासिक जिम्मेवारी देश र जनतामा समर्पित गर्नेछु,” अध्यक्ष प्रचण्डले भने, “यो मेरालाई अन्तिम अवसर हो देश र जनताका लागि काम गर्ने । सम्भवत: यो नै मेरा लागि अन्तिम चुनौती पनि हुने छ ।”

- Advertisement -Poco C3

उनले आफ्ना तर्फबाट अन्तिम अवसर र चुनौती भएको बताउँदै अर्कोपटक आफ्नो इच्छाले अध्यक्षको प्रत्यासी नबन्ने संकेत गरेका छन् । अध्यक्ष प्रचण्डले आफू लामो समय अध्यक्ष भएर फरक भूमिकाको अपेक्षा गरेपनि राजनीतिक परिस्थितिले त्यसो गर्ने छुट नदिएको भन्दै आफ्नो नेतृत्वको आवश्यकता पुष्टि गर्ने प्रयास गरेका छन् ।

“म धेरै लामो समयदेखि पार्टीको नेतृत्वमा छु । यसक्रममा इतिहासका धेरै घटनाक्रमहरूको नेतृत्वगर्ने अवसर मलाई प्राप्त भएको छ,” अध्यक्ष दाहालले भने, “इतिहासका गम्भीर मोडहरूमा साक्षात्कार गर्ने अवसर जनताले पनि दिएको हो । अहिले अध्यक्षको सपथ लिएर जनतालाई सम्बोधन गर्दै गर्दा राष्ट्र र जनताको सेवा गर्ने ठूलो जिम्मेवारी बहन गर्ने जिम्मेवारी आएको महुस गरेको छु ।”

उनले आफ्नो भूमिका बदल्नेबारे सोच आएर पनि त्यसो गर्न नसकेको बताएक छन् । “लामो समय नेतृत्वमा बस्दा अब त भिन्न भूमिकामा जाने बेला आएन र ! भन्ने लाग्छ,” प्रचण्डले भने, “तर, देशको परिस्थिति हेर्दा छोडेर हिँड्ने अवस्था बनेको छैन ।”

उनले प्रचण्ड नहुँदा माओवादी पार्टी रहँदैन भन्नेहरूलाई माओवादी पार्टी नभएर आन्दोलन भएको जवाफ फर्काए ।

“कतिपयले भन्छन्– प्रचण्ड नहुने हो भने यो पार्टी रहँदैन । तर, मैले भनेको छु । यो प्रश्न नै गलत छ । माओवादी पार्टी मात्र होइन । एउटा क्रान्तिकारी आन्दोलन हो । यसल इतिहासमा त्याग र बलिदानको स्तम्भ खडा गरेको छ,” प्रचण्डले भने, “त्यसैले प्रचण्ड नहुँदैमा ओन्दोलन सकिन्छ भन्ने हुँदैन । माओवादी आन्दोलन सधै जीवित रहने छ ।”

माओावदी केन्द्रको महाधिवेशन विचारका हिसाबले अहिले भएका सबै पार्टी भन्दा विशिष्ट रहेको भन्दै उनले यसमा व्यक्तिको आदेश र बुर्जुवा अभ्यास दुवै नभएको दाबी गरे ।

“हाम्रो महाधिवेशनमा अहिले देशमा भएका सबै महाधिवेशन भन्दा विचारको बहस भएको महाधिवेशन हो । कुनै व्यक्तिको आदेशबाट चल्ने पनि हुन दिएनौँ । बुर्जुवा बाटोमा जान पनि दिएनौँ,” उनले भने, “यो महाधिवेशन प्रचण्डको आदेशमा होइन, स्थायी कमिटी र केन्द्रीय कमिटीको सर्वसम्मत निर्णयमा यो केन्द्रीय कमिटी निर्वाचित भएको हो । कसै कसैले प्रचण्डले तालिबजाउ भनेर तालि बजाइयो भनियो । यो हाम्रो आन्तरिक जनवादको अपमान हो । कसैको आदेशमा चल्यो भन्ने टिप्पणी भन्दा विडम्बना केही छैन ।”

उनले पार्टीलाई राष्ट्र र जनताप्रति समर्पित गर्ने संकल्प लिएर आएका बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App