बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

भारतले सार्क शिखर सम्मेलनमा अवरोध नगरोस्: पाकिस्तान

पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औँ शिखर सम्मेलन अवरोध नगर्न भारतलाई आग्रह गरेको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औँ शिखर सम्मेलन अवरोध नगर्न भारतलाई आग्रह गरेको छ। भारत भौतिक रुपमा सम्मेलनमा सहभागी हुन नचाहे भर्चुअल माध्यमबाट भए पनि सहभागी हुन पाकिस्तानले आग्रह गरेको छ।

भारत—पाकिस्तानबीचको टकरावले सार्क मृतप्रायः बनेका बेला पाकिस्तानले यस्तो बताएको हो। ‘हामी १९ औँ शिखर सम्मेलन आयोजना गर्न तयार छौँ र यसमा सहभागी हुन भारतलाई निम्तो छ। यदि भारतीय नेतृत्वलाई भौतिक रुपमा शिखर सम्मेलनमा भाग लिन इस्लामावाद आउने इच्छा छैन भने ऊ भर्चुअल माध्यमबाट भए पनि शिखर सम्मेलनमा सहभागी हुनसक्छ। तर, भारतले अरु सदस्यलाई सम्मेलनमा भाग लिन रोक्न भएन,’ इस्लामावादस्थित विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीले भने।

- Advertisement -Poco C3

विदेशमन्त्री कुरेसीले सार्क निष्क्रिय हुनुमा इस्लामावादमा सार्क शिखर सम्मेलनमा भाग नलिने भारतको हठ जिम्मेवार रहेको आरोप लगाए। सन् २०२१ भित्र पाकिस्तानले वैदेशिक सम्बन्धमा हासिल गरेको उपलब्धि सुनाउन आयोजित पत्रकार सम्मेलनमा कुरेसीले भारतसँगको सम्बन्धमा कुनै बदलाव नआएको बताए।

दुई साताअघि पाकिस्तान भ्रमणमा गएका सार्क महासचिव एसला विराकुनसँग पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सार्कमा देखिएका ‘कृत्रिम अवरोध’ हटे १९ औँ सार्क शिखर सम्मेलन आयोजना गर्न आफू तयार रहेको बताएका थिए। खानको संकेत सार्कको अर्को सदस्य मुलुक भारततर्फ थियो।

सीमापार आतंकवादलाई पाकिस्तानले बढावा दिएको आरोप लगाउँदै इस्लामावादमा हुने सार्क शिखर सम्मेलनमा आफू सहभागी हुन नसक्ने भारतको अडान कायमै छ। उसले अन्य सार्क सदस्य देशलाई पनि इस्लामावादमा हुने सार्क शिखर सम्मेलनमा भाग नलिन सुझाउँदै आएको छ।

२०१६ यता ‘सार्क प्रोसेस’ अवरुद्ध भारत र पाकिस्तानबीचको टकरावले ‘सार्क प्रोसेस’ ठप्प भएको चार वर्ष भइसकेको छ। सन् २०२१ अगस्टमा सार्क सदस्य मुलुक अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएपछि सार्कको भविष्य थप संकटमा परेको छ। तालिबान शासनले अन्तर्राष्ट्रिय वैधता नपाएका कारण सार्कका सदस्य देशले समेत अफगानिस्तानलाई सार्कको कुनै पनि गतिविधि सहभागी गराउन चाहेका छैनन्। जसकारण गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघ महासभाको साइडलाइनमा हरेक वर्ष हुँदै आएको सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक समेत रद्द भयो।

‘यसै पनि सार्क प्रोसेस ठप्प छ। त्यसमाथि तालिबान शासनले वैधता नपाएसम्म सार्कमा अफगानिस्तानलाई सहभागी गराउने पक्षमा कुनै पनि सार्क सदस्य मुलुक छैनन्। पाकिस्तानले आग्रह गरे पनि भारत तत्काल शिखर सम्मेलनमा सहभागी हुने संकेत देखिँदैन,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नेपालखबरसँग भने।

सार्क प्रोसेस ठप्प रहे पनि सार्क महासचिव विराकुनले सार्क शिखर सम्मेलन गरेर यसलाई गति दिन आफ्नो तर्फबाट प्रयास जारी राखेका छन्। श्रीलंकाका पूर्व विदेश सचिव विराकुन गत मार्चयता सार्क महासचिव छन्। उनी सार्कका १४ औँ महासचिव हुन्।

त्यसयता उनले भारत र पाकिस्तानको पहिलो पटक भ्रमण गरेका हुन्। गत अगस्टमा उनले भारत भ्रमण गरी भारतका विदेशराज्यमन्त्री रञ्जन सिंह, विदेशसचिव हर्ष श्रृङ्गला लगायत उच्च अधिकारीसँग भेटेर अवरुद्ध सार्क प्रक्रियाबारे छलफल गरेका थिए। सार्कमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका सदस्य छन्।

नेपालले सन् २०१४ मा १८ औँ सार्क शिखर सम्मेलन आयोजना गरेको थियो। सार्कका शीर्ष नेताबीच १९ औँ शिखर सम्मेलन सन् २०१६ को नोभेम्बरमा पाकिस्तानमा आयोजना गर्ने सहमति भयो। शिखर सम्मेलनका लागि सबै सदस्य मुलुक तयार भए पनि उरीस्थित भारतीय सैनिक अड्डामा आतंकवादी हमला भएपछि भारतले त्यसको दोष पाकिस्तानलाई लगायो।

त्यसयता भारतले सार्क शिखर सम्मेलन आयोजना हुन नसक्नुमा पाकिस्तानलाई दोष दिँदै आएको छ। पाकिस्तानले चाहिँ भारतको गैरजिम्मेवारीपनले सार्क मृतप्रायः रहेको बताउँदै आएको छ। भारत–पाकिस्तान दुस्मनी, कस्मिर विवाद र सीमापार आतंकवादबारे मतभेदका कारण विगतमा पनि सार्क शिखर सम्मेलन प्रभावित भएका थिए। छिटफुटबाहेक सार्कका विभिन्न संयन्त्रका बैठक हुन सकेका छैनन्।

पाकिस्तानमा सार्क शिखर सम्मेलन हुन नसके अब रोलक्रम अनुसार श्रीलंकाको पालो आउँछ। क्षेत्रीय मामिला विज्ञहरु पाकिस्तानमा सम्मेलन हुन नसके श्रीलंकामा आयोजना गरेर भए पनि सार्कलाई गति दिन पहल गर्नुपर्ने बताउँछन्। यसका लागि सार्कको वर्तमान अध्यक्ष मुलुक हुनुका नाताले नेपालले विशेष पहलकदमी लिनसक्नुपर्ने उनीहरुको बुझाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

एमसीसी रोक्न चीनद्वारा नेपालमाथि अघोषित ‘नाकाबन्दी’

एमसीसी रोक्न चीन लागेको देखिदैछ । अमेरिका भने एमसीसी कुनै हालतमा पारित गराउन सक्रिय छ । एमसीसी रोक्ने र बढाउने खेलले सत्ता राजनीतिमा समेत असर परेको खुलिसकेको छ ।

तेल किनेको पैसा तिर्न निगमलाई सरकारले १ अर्ब ८० करोड दिने

निगमले भारतीय आयल कर्पोरेसनलाई यहि जनवरी २३ मा १३ अर्ब रुपैयाँ तिर्न पर्ने बताएको छ ।

अमेरिकाको रिस नेपालमाथि पोख्दै चीनः नेपालमा एमसीसी कुनै हालतमा पास हुन नदिन लाग्यो हात धोएरै, नेपाल र नेपालीमाथि यतिठूलो घात गर्न थाल्यो !

अमेरिकाले एमसीसी अगाडि बढाउन खोज्दैछ । एमसीसी सम्झौता भएको ५ वर्ष पुग्न लाग्दा पनि संसदबाट पारित नभएकाले कार्यान्वयन हुन सकेको छैन । एमसीसी रोक्न चीन लागेको देखिदैछ ।

जापानी महिलाले वीर्यदातासँग २८ लाख डलर क्षतिपूर्ति मागिन्

परिचय नखुलाइएकी तथा राजधानी टोक्यो निवासी ३० वर्षीया ती महिलाले भनेकी छन्, ‘म र मेरो पति दोस्रो बच्चा जन्माउन चाहन्थ्यौँ ।

पाकिस्तानी प्रधानमन्त्री खान र रूसी राष्ट्रपति पुटिन बीच टेलिफोनवार्ता

उहाँ (पुटिन) को पहिलो पश्चिमी नेता हुनुहुन्छ जसले आफ्नो प्यारो पैगम्बरप्रति मुस्लिम भावनाप्रति सहानुभूति र संवेदनशीलता देखाउँनुहुन्छ।’

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App