मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

‘राष्ट्रिय एकता दिवस’ मा कमल थापा एकातिर, राप्रपा अर्कातिर

‘पृथ्वी जयन्ती’ का रुपमा मनाइने ‘राष्ट्रिय एकता दिवस’ लोकतान्त्रिक आन्दोलन (२०६२-०६३) को सफलतापछि राज्यले मनाउन छाड्यो।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। ‘पृथ्वी जयन्ती’ का रुपमा मनाइने ‘राष्ट्रिय एकता दिवस’ लोकतान्त्रिक आन्दोलन (२०६२-०६३) को सफलतापछि राज्यले मनाउन छाड्यो। राज्यले भुलेको यो कार्यक्रम राजतन्त्र पुनर्स्थापनाको एजेण्डा बोकेको कमल थापा नेतृत्वको ‘राप्रपा नेपाल’ (पछि राप्रपा) ले गणतन्त्र स्थापनापछि चियापान लगायत कार्यक्रम आयोजना गरेर यो कार्यक्रम मनाउन थाल्यो।

पृथ्वीनारायण शाह नेपाल एकिकरण अभियानको प्रारम्भकर्ता भएकाले ‘पृथ्वी जयन्ती’लाई ‘राष्ट्रिय एकता दिवस’ का रुपमा मनाउन थालिएको हो। तर, राज्यले नमनाएपछि राप्रपाले मनाउँदै आएको ‘राष्ट्रिय एकता दिवस’ का प्रारम्भकर्ता राप्रपा पूर्व अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाले फरक-फरक कार्यक्रम आयोजना गरी मनाउँदै छन्।

- Advertisement -Poco C3

पृथ्वी जयन्तीको अवसर पारेर राप्रपाका पूर्व अध्यक्ष थापाले काठमाडौँबाट नयाँ अभियानको घोषणा गर्दैछन्। ‘अभियान घोषणाका लागि पूर्व अध्यक्षज्यूले काठमाडौँको थापागाउँस्थित अर्पण पार्टी ब्याङ्क्वेटमा कार्यक्रमको आयोजना गर्नुभएको छ’, राप्रपामा थापानिकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने, ‘अभियानको विषय र स्वरुप उहाँले त्यसै दिन त्यहीँ खुलाउनु हुनेछ।’

१५-१७ मंसिरमा भएको राप्रपा महाधिवेशनमा पराजित थापाले आफ्नो त्यसको दोष निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र शाह) लाई लगाउँदै आएका छन्। पार्टीको आन्तरिक निर्वाचनमा निर्मल निवासको हस्तक्षेपका कारण राजतन्त्रसम्बन्धी आफ्नो विश्वास र मान्यतामाथि नै प्रश्न उठ्न पुगेको पनि थापाले बताइरहेका छन्।

राप्रपा अध्यक्षमा हारेपछि गृहजिल्ला मकवानपुर पुगेर थापाले २७ मंसिरमा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई तीन पेज लामो पत्र लेखेका थिए। त्यो पत्रमा राप्रपा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको दाबीसहित त्यस हस्तक्षेपबारे पार्टीले छानविन गनुपर्ने माग गरिएको थियो।

त्यसअघि २२ पुसमा भएको केन्द्रीय समिति बैठकमा पनि थापा निकट केन्द्रीय सदस्यहरुले निर्मल निवासको हस्तक्षेपबारे छानविनको माग गरेका थिए। थापापक्षीय केन्द्रीय सदस्यहरु राजाराम बर्तौला (मकवानपुर), विजय खड्का (दोलखा), जमुना थापा (भक्तपुर) ले यस्तो माग गरेपछि अध्यक्ष लिङ्देनले ‘राजा (ज्ञानेन्द्र शाह) को छवि नकरात्मक बनाउने गरी राप्रपा बैठकमा छलफल नहुने’ जवाफ दिएका थिए।

पार्टी बैठकमै यस्तो जवाफ दिएपछि गृहनगर हेटौँडा पुगेका थापाले २७ मंसिरमा अध्यक्ष लिङ्देनलाई ३ पृष्ठ लामो पत्र पठाएका हुन्। निर्मल निवासप्रति थप आक्रामक बनेका थापाको मागको सुनुवाइ हुने सम्भावना नदेखिएपछि राजनीतिमा आफ्नो स्पेस कायम राखिरहन ‘पृथ्वी जयन्ती’ को दिन पारेर छुट्टै अभियान घोषणा गर्न लागेका हुन्।

राप्रपाले पनि त्यही दिन बिदा राष्ट्रिय नदिए आन्दोलनको घोषणा गर्ने चेतावनीसहितको ज्ञापनपत्र आइतबार (१८ पुष) मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइसकेको छ। ‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती’ अर्थात २७ पुषकै सन्दर्भमा राप्रपाले काठमाडौँ फरक कार्यक्रम पनि आयोजना गरेको छ।

१६ पुसमा बसेको केन्द्रीय पदाधिकारी बैठकको निर्णयअनुसार पुस २७ मा शीर्ष नेता, सदस्य, समर्थक र शुभचिन्तकहरु साढे ११ बजे भृकुटीमण्डपमा जम्मा भई सिंहदरबार अगाडि पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नेछन्। राप्रपाको कार्यक्रममा पूर्व अध्यक्ष थापा सहभागी हुन्छन्, हुन्नन्, त्यो एकीन छैन। ‘पूर्व अध्यक्ष थापा राप्रपाको २७ पुसको कार्यक्रममा सहभागी हुने-नहुनेबारे जानकारी छैन’, बर्तौलाले भने, ‘फेरि त्यसैदिन उहाँले पनि कार्यक्रम आयोजना गर्नुभएको छ। त्यसैले, के हुन्छ, यसै भन्न सकिने स्थिति छैन।’

लिङ्देन पक्षीय केन्द्रीय सदस्य श्रेष्ठ पनि थापाको कार्यक्रममा उनी (लिङ्देन) सहभागी हुने-नहुनेबारे अहिल्यै भन्न नसकिने बताउँछन्। ‘थापाले जुन कार्यक्रम आयोजना गर्नुभएको छ, त्यो व्यक्तिगत तवरमा आयोजना गर्नुभएको कार्यक्रम हो। त्यसैदिन पार्टीको कार्यक्रम छ’ श्रेष्ठले भने, ‘अध्यक्ष लिङ्देनलाई उहाँ (थापा) ले निम्तो गर्नु भए-नभएको जानकारीपनि छैन। त्यसैले, त्यो कार्यक्रममा अध्यक्ष लिङ्देन सहभागी हुने-नहुनेबारे यसै भन्न सकिन्न।’

छुट्टै अभियान घोषणाका लागि थापाले आयोजना गर्ने कार्यक्रममा अध्यक्ष लिङ्देन सहभागी हुने सम्भावना झन् झिनो छ। किनभने, महाधिवेशनयता लिङ्देन र थापाबीचको सम्बन्ध चिसिएको छ। निर्मल निवासप्रति आक्रामक बन्दै गएका थापाको कार्यक्रममा सहभागी भएर पूर्वराजालाई आफूप्रति पनि सशंकित बनाउने पक्षमा लिङ्देन छैनन्।

यदि राप्रपाको कार्यक्रममा थापा र थापाको कार्यक्रम लिङ्देनले ‘बहिष्कार’ गरे ‘राष्ट्रिय एकता दिवस’ राजतन्त्र पक्षधरहरुबीच मानसिक विभाजनको सुरुवातको दिन बन्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App