मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

अब आफ्नै सवारीसाधनबाट लाईसेन्सको ट्रायल दिन पाउने तयारी

यसअघि सवारी अनुमतिपत्र (लाईसेन्स) निकाल्न प्रयोगात्मक परीक्षा (ट्रायल) दिदा आफ्नो गाडी (साधन) प्रयोग गर्न नपाउने नीति परिवर्तन गर्न यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले तयारी थालेको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। यसअघि सवारी अनुमतिपत्र (लाईसेन्स) निकाल्न प्रयोगात्मक परीक्षा (ट्रायल) दिदा आफ्नो गाडी (साधन) प्रयोग गर्न नपाउने नीति परिवर्तन गर्न यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले तयारी थालेको छ। अहिलेसम्म ट्रायल सेन्टर सञ्चालन गर्ने नीजि कम्पनीकै साधन चलाएर ट्रायल दिनुपर्ने नियम संशोधन गर्दै कार्यालयले आफ्नै साधन चलाउने व्यवस्था मिलाउन तयारी थालेको हो।

आफ्नाे गाडी हुँदाहुँदै ठेकदार कम्पनीकै गाडी चलाउनु पर्ने नियमप्रति चौतर्फी बिरोध भएपछि प्रदेश भौतिक तथा पूर्वाधार यातायात मन्त्रालयले नियम संशोधन गर्न मिल्ने भए सच्याउने निर्देशन दिएको थियो। सिराहाको लाहानलगायत अन्य ठाउँबाट ट्रायल दिदा आफ्नै साधन प्रयोग गर्न दिने गरेको भए पनि उदयपुरमा ठेकदारकै साधन चलाउनुपर्ने बाध्यताले परीक्षार्थी अनुत्तिर्ण हुने गरेको भन्दै आफ्नै साधन प्रयोग गर्न दिने मन्त्रालयको निर्देशन थियो।

- Advertisement -Poco C3

मन्त्रालयको निर्देशनपछि आफ्नै साधन प्रयोग गर्न दिने विषयमा तयारी गर्न आन्तरिक छलफल भईरहेको बताए। परीक्षार्थीको दबाब र मन्त्रालयको निर्देशन अनुसार गर्न सकिने नसकिने भन्ने विषयमा छलफल गर्दै आन्तरिक तयारी थालिएको कार्यालय प्रमुख सुभाषजङ कार्कीले बताए। उनका अनुसार ट्रायलमा प्रयोग हुने सवारी साधनको बिमा (इन्स्योरेन्स), ब्लुबुक अनिवार्य नवीकरण भएको हुनुपर्ने, साधनको अवस्था प्राविधिकले जाँच गरेर प्रमाणित गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ।

निर्देशिकाले गरेको व्यवस्था अनुसार गर्नुपर्ने भएकाले मन्त्रालयले निर्देशन दिए पनि तत्काल कार्यान्वयनमा ल्याईहाल्न केही झन्झट रहेको कार्कीको भनाई छ। परीक्षार्थीको दबाब र प्रदेश सरकारको बैठक निर्णय अनुसार पुस दोस्रो सातादेखि नीति परिवर्तन गरेर आफ्नै साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन गृहकार्य सुरु भएको कार्कीको भनाई छ। परीक्षार्थीले आफ्नै साधान प्रयोग गर्न पाउने व्यवस्थाले ट्रायल सेन्टरमा सवारी चाप हुने हुँदा पार्किङको समस्या अर्को जटिलता थपिने सम्भावना रहेको पनि उनले बताए।

प्रदेश सरकारले ट्रायल सेन्टरले लिदै आएको शुल्क पनि घटाउन निर्देशन दिएको जनाइएको छ। मन्त्रालयले ट्रायल सेन्टर सञ्चालकलाई विद्यमान शूल्क घटाउन पनि निर्देशन दिएको छ। जस अनुसार यसअघि दुई पाङ्ग्रेको परीक्षार्थीलाई मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक २ सय ४० र चार पाङ्ग्रेका लागि ५ सय ४० रुपैया शूल्क लिदै आएको थियो। जसमा भ्याट थप्दा दुई पाङ्ग्रे परीक्षार्थीले २ सय ७२ र चार पाङ्ग्रेले ६ सय ११ तिर्नुपथ्र्यो। संशोधित नियम अनुसार दुई पाङ्ग्रेलाई भ्याटसहित २ सय २० रुपैँया ३५ पैसा र चार पाङ्ग्रेलाई ५ सय पुगेको छ।

प्रदेश मन्त्रालयले हाल त्रियुगा नगरपालिका ८ गहिरुनस्थित नीजि जग्गामा रहेको ट्रायल सेन्टर हटाएर सरकारी जग्गामा सार्न पनि निर्देशन दिएका छन्। जस अनुसार त्रियुगा नगरपालिका ६ जलजलेस्थित सरकारी जमिनमा ट्रायल सेन्ट बनाउने तयारी थालिएको छ। ट्रायल सेन्टर बनाउन त्रियुगा नगरपालिकाले जलजलेस्थित २ बिगाहा १० कठ्ठा ऐलानी जमिन यातायात व्यवस्था सेवा कार्यालयलाई उपलब्ध गराएको छ।

त्यहाँ ट्रायल सेन्टर बनाउन प्रदेश भौतिक पूर्वाधार तथा यातायातमन्त्री हिमाल कार्कीले भर्खरै स्थलगत अनुगमनसमेत गरिसकेको कार्कीले बताए। जमिनको अनुगमन गर्दै मन्त्री कार्कीले यातायात सेवा कार्यालयको फाइल अध्ययन गरी अगाडि बढाईहाल्ने प्रतिबद्धता ज नाएएका छन्। उनका अनुसार जतिसक्दो चाँडो सरकारी जमिनमा ट्राइल सेन्टर बनाउने कार्य सुरु हुनेछ।

त्यसका लागि आन्तरिक तयारी थालिहाल्न यातायात व्यवस्था सेवा कार्यालय गाईघाटलाई निर्देशन दिइसकेको पनि उनले बताए। कार्यालय प्रमुख कार्कीले आवश्यक कर्मचारी अभावका कारण सरकारी जमिनमा ट्रायल सेन्टर बनाउन तत्काल संभव नभए पनि आन्तरिक तयारी भने थालिहाल्ने बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

खल्तीको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने २ जना पक्राउ, धन्दा यस्तो थियो

जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ परेका दुवै आरोपीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सनसनी पुर्ण खुलासाः ज्ञानेन्द्र नेपालबाट मुर्ती लान्थे, विदेशबाट सुन र हेरोईन ल्याउँथेः पत्रकार ठकुराठी

राजपरिवारका सदस्य निकटका ब्यक्तिले आफुलाई पत्रकारिता छोड्नका लागि १ करोडको प्रलोभन देखाइएको पनि वताएका छन् । उनले भनेका छन् –‘तर मैले पैसा भन्दा पत्रकारिता रोजे ।’

धुर्मुस–सुन्तली फाउण्डेसनविरुद्ध करोडौं रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता

धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

भर्चुअल माध्यमबाट चेतना जगाइँदै: भूकम्प सुरक्षा दिवस

विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज (आइतबार) देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।

अहिलेसम्म पनि लाइसेन्स ट्रायल ननिकालेहरुका लागि खुसीको खबरः ७० अंक ल्याए पास हुने कार्याविधि बल्ल भयो कार्यान्वयन

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक महाकाली यातायात कार्यालयले बुधबारदेखि लागू हुने गरी ट्रायलमा ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन गरेको हो ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App