सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

कसले के भने ? बजेट खर्चबारे अर्थ समितिमा ६ मन्त्रालयका सचिवमा

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धेरै विकास खर्च गर्ने मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग चालु आर्थिक वर्षमा पुँजीगत खर्चको विषयमा छलफल गरेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धेरै विकास खर्च गर्ने मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग चालु आर्थिक वर्षमा पुँजीगत खर्चको विषयमा छलफल गरेको छ । समितिले सोमबार पुँजीगत खर्चबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवहरुसँग जानकारी लिएको हो ।

मन्त्रालयका प्रायः सबै सचिवहरुले चालु आर्थिक वर्षको चार महिनामा पुँजीगत खर्च सुधार नभएको स्वीकार गरेका छन् । बैठकमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रमान श्रेष्ठले अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा सोचेजस्तो पुँजीगत खर्च गर्न नसकेको बताए ।

- Advertisement -Poco C3

उनले अर्थ मन्त्रालयले भौतिक मन्त्रालयलाई करिब साढे २ अर्ब रुपैयाँ बराबर बजेट भुक्तानी रोकेको बताए । चालु आर्थिक वर्षको सुरुवातमा सरकार परिवर्तन भई बजेट योजनाहरु रोक्दा सोचे अनुसार पुँजीगत खर्च नभएको उनको भनाइ थियो ।

उनले नयाँ सरकारले सबै योजना रोकेर प्रतिस्थापन विधेयक ल्याउनाले पनि तीन महिना योजना कार्यान्वयनमा ढिला भएको बताए । मन्त्रालयले साउन महिनामै व्यवस्थापन गर्नुपर्ने ठेक्का कात्तिक र मंसिरमा मात्रै व्यस्थापन गरिएको उनले बताए ।

सचिव श्रेष्ठले काम भइरहेका र भइसकेका आयोजनाको भुक्तानी समेत अर्थ मन्त्रालयले रोकिदिएका कारण समग्र खर्च कम देखिएको बैठकमा जनाए । उनका अनुसार करिब अढाई अर्ब खर्च भएको भुक्तानी हुन सकेको छैन ।

यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म पुँजीगत खर्च सुधार नभएको बताए । उनले चालु आर्थिकको सुरुवातदेखि हालसम्म ७.३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको जानकारी दिए ।

सचिव शर्माले कृषि मन्त्रालयका ठूला कृषि परियोजनाहरुमा कर्मचारी अभाव भएको कारण विनियोजित वार्षिक बजेट खर्च गर्न नसकिएको बताए ।

सचिव शर्माले भने, ‘चालु आर्थिक वर्षको आजको मितिसम्म ७.३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । विगतमा जस्तो यो वर्ष पुँजीगत खर्चमा खासै सुधार भएको छैन ।’

कृषि मन्त्रालयकै ठूलो कृषि परियोजना ‘प्रधानमन्त्री कृषि आधुनिक परियोजना’मा काम गर्ने जनशक्तिको अभाव रहेका कारण समस्या भएको उनको भनाइ थियो । ‘मन्त्रालयको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको कर्मचारी अभाव हो । अहिले करिव ४५ प्रतिशत कर्मचारी कम छन्,’ उनले भने, ‘मन्त्रालय र मातहतका निकायमा कर्मचारी पर्याप्त नहुँदा नै बजेट खर्चमा समस्या आएको हो ।’

चालु आर्थिक वर्षमा कृषि मन्त्रालयले ६५–७० प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सक्ने अनुमान गरिएको उनको भनाइ छ ।

सहरी विकास मन्त्रालयका सचिव मणिलाल गेलालले नेपालमा आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्ति कायम रहेकाले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म पुँजीगत खर्च हुन नसकेको बताए । उनले सहरी विकास मन्त्रालयले यो अवधिमा जम्मा १३ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको बताए ।

उनले पनि यो वर्ष सरकार परिवर्तन तथा प्रतिस्थापन विधेयकका कारण आयोजना पछाडि सर्दा बजेट खर्च गर्न नसकिएको बताए । अर्थ मन्त्रालयबाट भुक्तानी नहुँदा काम सकिएको परियोजनाको भुक्तानी समेत दिन नसकिएको उनले गुनासो गरे । चालु आर्थिक वर्षमा विगतको दुई वर्षभन्दा पनि कम पुँजीगत खर्च भएको उनले बताए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा.प्रेम नारायण कँडेलले सरकारले विकासको गति अनुसार जनशक्तिको आकलन गर्न नसक्दा पुँजीगत खर्चमा असर परेको बताए । उनले नेपालले विकासको गति मागेको तर बजेटको आकारमा खोजेको बताए । बजेटको आकार र विकासको गति बढाउँदा जनशक्तिको आँकलन गर्न नसकेको उनको भनाइ छ । उनले वन मन्त्रालयलको बजेट खर्च गर्ने विशेषता फरक रहेको बताए ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले ऊर्जा मन्त्रालयको पुँजीगत खर्चमा कुनै समस्या नभएको बताए । उनले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको प्रशस्त लगानी भएकाले पुँजीगत खर्च राम्रो रहेको उल्लेख गरे ।

‘ऊर्जा मन्त्रालयमा विगत तीन वर्षदेखि निरन्तर रुपमा बजेट कम हुँदै गएको छ । गत वर्ष ७२ अर्ब रहेकोमा यो वर्ष ७१ अर्बमात्रै बजेट छ । तर, ऊर्जा क्षेत्रमा निजी क्षेत्रको प्रशस्त लगानी छ,’ उनले भने, ‘निजी क्षेत्रको प्रशस्त लगानी भएकाले पुँजीगत खर्च राम्रै भइरहेको छ । ऊर्जालाई मात्रै छुट्याएर हेर्दा पुँजीगत खर्च खासै नराम्रो छैन ।’

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सञ्चार मन्त्रालय विगतदेखि पुँजीगत खर्च गर्न पछाडि नरहेको बताए । उनले विगतका तीन वर्षमा यो मन्त्रालयले कम्तीमा पनि ७० प्रतिशत बजेट खर्च गरेको दाबी गरे । उनले चालु आर्थिक वर्षमा मन्त्रालयले ९० प्रतिशत पुँजीगत खर्च गर्ने सुनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

नेप्से ५४.१२ अङ्कले बढ्यो, परिसूचक २८५७.७५ विन्दुमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर खरिद बिक्री हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५ सय ६८ रुपैयाँको सेयर कारोबार भएको छ ।

निफ्रासहित दुई कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुनको कति पुग्यो प्रतिकित्ता ?

यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ३४ रुपैयाँ ४० पैसाले वृद्धि भई ३७९ रुपैयाँ २० पैसा कायम भएको छ ।

५ करोडका कारण एमालेका प्रभावशाली नेता जेल चलान

सहकारीको रकम हिनामिना मुद्दामा पूर्वअध्यक्षद्वय किरण भण्डारी र रुक्माङगत ज्ञवाली कारागार चलान भएका हुन् । पूर्वअध्यक्ष भण्डारी एमालेका नेता हुन् ।

नेप्से परिसूचक ३०.५१ अङ्कले घट्यो, ८ अर्ब ३ करोड माथिको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रुपैयाँको सेयर कारोबार भएको छ ।

धुर्मुसले दिउसै रात पारेको खुलासा

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ ।

तरकारी र हिउँदेबाली असिना पानीले नष्ट

बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

दोहोरिदैछ ५४ साल ? गठबन्धनको भयङ्कर भित्री तयारी बाहिरियो, अब एमाले के गर्ला ?

२०७४ मा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आगामी जेठ ५ मा सकिदैँछ । तर २०५४ कै अवस्था दोहोरिनेमा संशय देखिन थालेको छ ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App